ठेक्का सम्झौता रद्दभएपछि आठ करोडभन्दा बढी रकम असुली

  • जेठ १४, २०८३
  • समृद्धिपथ
alt

जीवछ उदासी
लहान,जेठ १३ गते

दुई वर्षमा कार्य सम्पन्न गर्नुपर्ने सम्झौता गरेर लिएको ठेक्का चार वर्ष भैसक्दा पनि वीस प्रतिशत भन्दा बढी काम गर्न नसकको पाँच वटा ठेकका सम्झौता रद्द गरिएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।

यस्तो पाँचवटा ठेक्का सम्झौता अन्तय गर्दा आठ करोड करोड ४९ लाख ९६हजार ७०० रकम कार्य सम्पादन जमानत रकम असुल हुने सडक डिभिजन कार्यालय लहानका सूचना अधिकारी इन्जिनियर शिव नारायण प्रसाद साहले जानकारी गराउनुभयो ।

उहाँको अनुसार साह इन्जिनियरिङग निर्माण प्राइभेट लिमिटेड शम्भुनाथ सप्तरीले तीनवटा ठेक्कहरु क्रमशः दुई लेन सडक ,फुटपाथ सडक सुरक्षा राजविराज हनुमाननगर भारदहसडक सुरक्षा ठेक्का अन्तय गर्दा कार्य सम्पादन जमानत रकम दुईकरोड ४८ लाख, रुपनी राजविराज छिन्नमस्ता चार लेन सडक स्तरोन्नति ठेक्काको कार्य सम्पादन जमानत रकम दुई करोड ४७ लाख ६५ हजार,सडक स्तरोन्नति ड्रेन निर्माण फुटपाथ सडक सुरक्षा राजविराज छिन्नमस्ता ठेक्काको दुईकरोड ३९ लाख ३७ हजार, वाइपि विकास एण्ड ब्रदर्स निर्माण जेभी जनकपुरले कोसोभा खोला उदयपुरमा पुल निर्माण ठेक्काको कार्य सम्पदन जमानत रकम एक करोड ४५ लाख ९१हजार ७०० र याक्थुम्बा विपि निर्माण जेभी लहान –७ ले भलवाही लालपटि पुल फाउन्डेशन ठेक्का अन्य गरी १६लाख ५५ हजार असुल गरिने प्रक्रिया अघि बडि सकेको छ ।

२०७९ असार २३ गते भएको ठेक्का सम्झौता २०८१ असार २३ गते दुई वर्षमा सम्पन्न गर्र्नु पर्नेमा कार्य प्रगति अहिलेसम्म वीस प्रतिशत मात्रै भएकोले निर्माण व्यवसायीहरुबाट सन्तोषजनक पहल नभएकोले सम्झौतामा उल्लेखित प्रावधान तथा सार्वजानिक खरीद ऐन ३०६३ (संशोधन ) समेत को दफा ५९(२)को खण्ड(क) दफा ५९(७) दफा ५९ (८) अनुसार लहान सडक डिभिजन कार्यालय लहानको २०८३ जेठ ७ गते नै रद्द गरिएको सडक डिभिजन कार्यालय प्रमुख ध्रुव कुमार झाले बताउनुभयो । उहाँले थप्नुभयो,‘‘ठेकका लिएर काम नगर्ने प्रवृतिको अन्तय भएको छ । अन्तय गरिएको ठेकका फेरि सूचना प्रकासित गरेर निकाल्ने छ । ठेक्का तोडने झन्झटिलो प्रक्रिया अब ऐन संशोधन भएपछि सहज भएको छ । अब कामले गति लिइने समयमै काम सम्पन्न गर्नुपर्नेछ । नगरेमा ठेक्का रद्दगरी ठेक्काको कार्य सम्पादन रकम असुल उपरगरिनेछ ।’’

प्रविधियुक्त र जस्ता ...

    जीवछ उदासी लहान,भदौ ३० गते  सिरह ...

शिक्षामन्त्री सस्मित ...

सिरहा । विद्यार्थीको सिकाइ र शिक्षाको गुणस्तर सुधारका ल ...

रसुवाका बाढीपीडितका ...

फिरोज सिद्दिकी धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिका&n ...

राहत अभियानमा मस्जिद ...

सुनसरी । बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, रा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A