जीवछ उदासी
लहान असार ३२ गते
सिरहा जिल्लाको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सरकारी प्रदत्त निकायहरुले सुशासनको महसुस दिउाने गरी कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ । सेवाग्राहीहरुको तर्फबाट उठाइको गुनासा, सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्न मातहतका कार्यालय प्रमुखहरुलाई सुशासनको प्रत्याभुति दिलाउन सुशासन पारदर्शिता र जवाफदेहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न उहाँले जोड दिनु भएको छ ।
सेवा प्रवाह,शन्ति सुरक्षा तथा अपराध नियणत्रण उपभोक्ता हित विकास निर्माण समन्वय तथा सहजीकरण विषहरुमा जिल्ला प्रशासन कार्यालय सिरहत तथा इलाका प्रशासन कार्यालय लहानले हिजो बुधवार। आयोजना गरिएको सार्वजानिक सुनवाइ कार्यक्रमको छलफलमा उठेका विषयहरुको जवाफ दिँदै उहाँले यस्तो बताउनु भयो ।
मानव अधिकार संगठन मधेश प्रदेश एवं उपभोक्ता मञ्चका अध्यक्ष विमल ठाकुरले पूर्व पश्चिम चार लेन सडक निर्माण कार्य ढिलाइ भइरहँदा हिलो धुलो खानुको साथै कतिपय ज्यानै जाने सडक दुर्घटना निम्तिन, सीमा क्षेत्रबाट लागुऔषधको कारोवार नियणञण नहुनु र बजार अनुगमन नियमित नहुनु, डिजे बाजाबाट उच्पन्न भएको ध्वनि प्रदुषण लगायतका समस्याहरु समाधान नहुँदा आम नागरिकले सुशासनको महसुस गर्न नसकिरहेको जिज्ञासा राख्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी लहान नगर समितिका अध्यक्ष लभ कुमार मण्डलले बैंकहरुले थपिएको चर्को व्याजको कारण व्यापारीहरु निकै तनावमा रहेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान नजानु,परीक्षाकेन्द्रहरुमा परीक्षालाई अमर्यादित बनाउन मोवाइलको प्रयोग रोक्न नसक्नु र भारतीय बजारबाट कुखुरा राती राती नेपाली बजारमा कुखुरा भित्रयाएपछि नेपाली कुखुरा व्यवसायीहरु समस्यामा परेको गुनासो गर्नु भएको थियो ।
अझैपनि समाजमा अन्धविश्वासले जडा गारेको कारण रोग लागेको व्यक्तिहरु चिकित्सकसँग उपचार गराउनुको सट्टा धामी झाक्रीमा गइरहेको तर्फ सम्बन्धित निकायबाट शिक्षा चेतना र जागरको कार्यक्रम नभइरहेको विधार्थी शङकरदेव नायकले सुनाउनुभयो ।
लहान नगरपालिकामा पूर्व पश्चिम दुईवटा बस बिसौनी (स्टेशन) निर्माण भएको भएपनि सुचारु नहुनु र मुख्य चोकमा सार्वजानिक शौचालय नभएको ठाउँमा अव्यस्थित बस रोकिनु लहानको बजार धारासायी भइरहनु जस्ता समस्या जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका महासचिव रबिन्द्र श्रेष्ठले राख्नु भएको थियो ।
लहान वरिपरि विद्युत झ्यापझया जानु र सरकारी कार्यालयहरुमा सुशासनको महसुस नहुनु लागु औषध नियणत्रण बाहिर रहेको गुनासो सार्वजानिक सुनवाइ कार्यक्रममा उठेको थियो ।
सिरहामा लागु औषध नियणत्रणको कार्य प्रहरीबाट मात्रै संभव नदेखिएकोले यसको लागि स्थानीयतहहरु समेत प्रमुख भूमिका खेल्नुपर्ने सिरहा प्रहरी प्रमुख उपरीक्षक बासुदेव पाठकले बताउनुभयो । उहाँले भन्नुभयो,‘‘वर्तमान सरकारबाट काम गर्न अनावश्यक दबाब नरहेकोले प्रहरीलाई स्वतन्त्र भएर काम गर्ने वातावरण मिलेकोले शान्ति सुरक्षा र अपराध नियणत्रण कार्यमा परिणम दिइने गरी कार्य भइरहेको जानकारी गराउनुभयो ।
सम्बन्धित जिज्ञासाहरुको जवाफ दिइने क्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले जनस्तरबाट उठेका गुनासोहरु अब नआउने गरी सुशासनको प्रत्याभुति हुने गरी काम गर्न उपस्थित मातहतका सबै कार्याललयका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
सार्वजानि सुनवाइ कार्यक्रममा सिरहाका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुलाई समेत आमन्त्रित गरिएपनि कुनै पालिकाका नगरप्रमुख र गाउँपालिका अध्यक्षको उपस्थित नभएकोले सहभागीहरुले गुनासो गरिएको थियो । कार्यक्रममा सिरहा जिल्लाका सबै कार्यालय प्रमुखहरुको उपस्थितिमा लहान नगरपालिका स्थित प्राविधिक शिक्षालयको सभा हलमा सम्पन्न भएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A