कमला पुलको पुर्न निर्माणको लागि दबाब दिन बरियारपटिमा वहुभाषिक राष्ट्रिय कवि सम्मेलन सम्पन्न

  • साउन ३, २०८३
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान,साउन २ गते 

हुलाकी सडक संघर्ष समितिका अभियानी वरिष्ट लेखक रामरिझन यादवको अगुवाइमा सिरहाको बरियारपटिमा हुलाकी बहुभाषिक राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । हिजो शनिवार एक दिवससीय कवि सम्मेलनमा पूर्व झापा देखि पश्चिम नेपालगञ्ज सम्मका कवि कवयित्रीहरुको सहभागिता रहेको थियो । 

नेपाली मैथिली भोजपुरी उर्दु र हिन्दी भाषामा वाचन गरिएको पाँच दर्जनभन्दा बढी कवि कवयित्रीहरुले कविता वाचन गरिएको थियो । मधेशको जीवन रेखाको रुपमा रहेको हुलाकी सडकमा सिरहा र धनुषा जोडने कमला नदीमा २०७८ साल असार महिनामा उद्घाटनको मितिभन्दा अघि नै पुलको पाया भासिएको थियो । 

भासिएको पुलको पाया पुर्न निर्माणको लागि नेपाल सरकारका संघीय मन्त्री प्रधानमन्त्री मधेश प्रदेशका मुख्यमन्त्री लगायत सरोकारवालाहरुको घुइचो लागेपनि पुलको पुर्न निर्माण अलपत्र रहेकोले सरकारलाई दबाब दिन बरियारपटिमा राष्टिय कवि सम्मेलनको आयोजना गरिएको अभियानी रामरिझन यादवले बताउनु भयो । 

IMG_20260719_064857

वाचन गरिएको हरेक कवितामा मधेशको जीवन रेखा रहेको हुलाकी सडक ८१ वर्ष आठ दशकदेखि अलपत्र रहेको छ । यसप्रति नेपाल सरकारको ध्यान नजानु मधेश प्रतिको उपेक्षा रहेको कवितामा भावहरु प्रस्तुत गरिएको थियो । कवि कवियत्रीहरुले अभियानी राम रिझन यादवले गरिरहेको प्रयासमा बल पुरयाउन स्रष्टाहरु साथ दिन कवि सम्मेलनमा सहभागिता जनाएको विश्वास व्यक्त गरिएको थियो ।

कवि सम्मेलनमा मधेश प्रदेशका माननीयहरु राजेन्द्र प्रसाद चौधरी जिवछी यादव ,सन्जिला यादव ललिता दास विद्रोही मधेश प्रदेशको पूर्व मन्त्री सन्जय यादवको उपस्थिति रहेको थियो । सम्मेलनमा सहभागीवकवि कवियत्रीहरुलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

जेनजी आन्दोलनपछि कमला पुलको पुर्न निर्माणको कार्य अघि बढेपनि भरोसायोग गति लिन नसकेको गुनासो पनि कविताहरुमा झल्किएको थियो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A