जीवछ उदासी
लहान,साउन १६ गते
गृहमन्त्री सुधन गुरुङग र साउन १४ गते बुधवार सिरहाको गोलवजार झडपमा गोली लागेर मृत्यु भएको गणेश यादवको पिता रामवृक्ष यादवबीच शुक्रवार राति साँतबुँदे सम्झौता भएको छ । सम्झौता भएपछि शनिवारदेखि सिरहाको जनजीवन सहज हन थालेको छ ।
मृतकलाई नेपाल सरकारबाट सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने र मृतकका परिवारलाई दसलाख उपलब्ध गराउने ,२०८३ साउन १४ गते गोलवजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषी उपर कानुनी प्रक्रिया अघि बढाउने,मृतकको परिवारमा योग्य एक जनालाई रोजगारी उपलब्ध गराउने,घटनाको अध्धययनको लागि गठित छानविन समितिले पेश गर्ने प्रतिवेदनको सुझाव तथा सिफरिस प्रचलित कानुन बमोजिम कार्यान्वया गर्ने,मृतकको सम्झनामा गाउँपालिकासँग समन्वय गरी स्मृति पार्क निर्माण गर्ने र मृतक गणेश यादवको भाइ र वहिनीलाई निशुल्क शिक्षा आमा बुबालाई निशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने मृतक गणेश यादवको साउन १६ गते १० बजे दाह संस्कार गर्ने लिखित सम्झौता भएको छ ।
सुनसरीबाट सिरहा आउनु भएको गृहमन्त्री गुरुङगले मधेशमा शान्ति कायम गरेर मात्रै काठमाण्डौ फर्किने बताउनुभयो । उहाँले भन्नुभयो,‘सामाजिक सदभाव र धार्मिक सहिष्णुता खलबलाउनेहरुलाई पहिचान गरी निर्मम कारवाही गर्न सरकार पछि हट्दैन । देशको विकासको लागि मधेशमा शान्ति आवश्यक छ । यसैको लागि मधेशमा अहिले केन्द्रित भएका छौं ।’’
गृहमन्त्रीसँग सिरहा –१,२ ३ का सांसदहरु क्रमशः बब्लु गुप्ता,शिव यादव र समानुपातिक सांसद पुरुषेतम यादव पीडित परिवारसाग सम्झौता गर्दा हुनुहुन्थ्यो । सिरहाबाट गृहमन्त्री धनुषा जिल्लातर्फ लाग्नु भएको छ । शुक्रबार बेलुका सिरहाको लहान आएर जिल्लाको शान्ति सुरक्षा र पीडित परिवारको बारेमा जानकारी लिनु भएको थियो ।
गृहमन्त्रीसँग गरिएको सम्झौताको पालना गर्दै मृतक गणेश यादवको दाह संस्कार गरिएको छ । लहान क्षेत्रबाट विहान दस बजेदेखि कफ्र्यु हटाएको छ । गोलबजार। क्षेत्रमा पनि तीन बजेदेखि पाँच बजेसम्म कफ्र्यु खुकुलो पारेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो । लहानमा आजै निकाल्निे सदभाव रैली भोली साउन १७ गते निकाल्ने लहान नगरपालिका उपप्रमुख राम चलितर महतोले जानकारी दिनुभयो । यसैगरी सखुवानन्कारकटि गाउँपालिकामा समेत सदभाव रैली निकाल्ने निर्णय सर्वदलीय बैठकबाट भएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A