समाचार

    Showing १-१० of १,३४१ items.
  • पत्रकारमाथिको धरपकडविरुद्ध सिरहामा पत्रकार महासंघको धर्ना

    फिरोज सिद्दिकी  सिरहा । पत्रकारहरूमाथि भएको सामूहिक गिरफ्तारी तथा धरपकडको विरोधमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहामा धर्ना दिएका छन् । बुधबार महासंघको देशव्यापी विरोध कार्यक्रमअन्तर्गत सिरहाका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारसँग माग गरेका हुन् । पत्रकारहरूले प्रेस स्वतन्त्रताको सम्मान गर, पत्रकारमाथिको धरपकड बन्द गर तथा गिरफ्तार पत्रकारहरूलाई रिहा गर भन्ने मागसहित विरोध जनाएका थिए । महासंघले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रे

    • प्रकाशित मितिः मंसिर ९, २०८३
    • ५४ पटक पढिएको
    • समृद्धिपथ
  • जनकपुरधाम–अयोध्या सीधा रेल सेवा उद्घाटन, नेपाल–भारत धार्मिक पर्यटनलाई नयाँ जोड

    नयाँदिल्ली । नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम–अयोध्या सीधा रेल सेवा औपचारिक रूपमा उद्घाटन गरिएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट संयुक्त रूपमा हरियो झन्डा देखाएर ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवाको उद्घाटन गरेका हुन्। रामायण सर्किटअन्तर्गत सीताको जन्मभूमि जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने यो रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अप

    • प्रकाशित मितिः मंसिर ७, २०८३
    • ५६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय वार्ता

    काठमाडौं। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भेटवार्ता भएको छ। दुई देशका प्रधानमन्त्रीबीच नेपाल–भारत सम्बन्ध तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भइरहेको छ। यसअघि भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिएको थियो। स्वागत समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत उपस्थित थिए। सो अवसरमा प्रधानमन्त्री शाहलाई भारतीय सुरक्षाकर्मीले गार्ड अफ अनर प्रदान गरेका थिए। राष्ट्रपति भवनमा दुवै देशका प्रधानमन्त्रीले नेपाल र भारतका प्रतिनिधिमण्डलका सदस्यहरूसँग पनि भेटघा

    • प्रकाशित मितिः मंसिर ७, २०८३
    • ५० पटक पढिएको
    • समृद्धिपथ
  • एनप्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमाल ठकुरी एमालेमा प्रवेश, स्थानीय नेतृत्वमा अघि बढ्ने संकेत

    लहान। निजी विद्यालयहरूको छाता संगठन एनप्याब्सनका निवर्तमान राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरी औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेका छन्। शिक्षा तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका हमालको एमाले प्रवेशलाई सिरहाको स्थानीय राजनीतिमा नयाँ शक्ति समीकरण र नेतृत्वको सम्भावनासँग जोडेर हेरिएको छ। नेकपा एमालेको राष्ट्रिय भेलाका अवसरमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र माला लगाएर हमाललाई पार्टीमा स्वागत गरेका हुन्। लामो समय शिक्षा क्षेत्रको संस्थागत नेतृत्वमा रहेर काम गरेका हमालको राजनीतिक प्रवेशलाई उनको सार्वजनिक जीवनको नयाँ अध्यायका रूपमा लिइएको छ। सिरह

    • प्रकाशित मितिः मंसिर ६, २०८३
    • ८४ पटक पढिएको
    • समृद्धिपथ
  • गोलबजार उद्योग व्यापार संघको अध्यक्षमा महेश साह निर्वाचित, प्यानलसहित विजयी

    गोलबजार । गोलबजार उद्योग व्यापार संघको निर्वाचनमा महेश साह (कोक्वा) आफ्नो प्यानलसहित विजयी भएका छन्। शुक्रबार सम्पन्न निर्वाचनमा साहले प्रतिस्पर्धी राकेश कुमार गुप्तालाई फराकिलो मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार अध्यक्ष पदका विजेता साहले ७९४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी गुप्ताले ५४४ मत मात्रै प्राप्त गरे। साह २५० मतको अन्तरले विजयी भएका हुन्। साह नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रमोद यादव ७६८ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी आनन्दकुमार यादवले ६०६ मत प्राप्त गरेका छन्। त्यसैगरी, उपाध्यक्ष पदमा मो

    • प्रकाशित मितिः मंसिर ५, २०८३
    • ८५ पटक पढिएको
    • समृद्धिपथ
  • मधेशको मुख्यमन्त्रीमा जसपा नेपालका सरोजकुमार यादव नियुक्त

    सिरहा । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको जनाएको हो । यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा तोकिएको थियो । तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दा

    • प्रकाशित मितिः मंसिर ५, २०८३
    • ११५ पटक पढिएको
    • समृद्धिपथ
  • लहान प्रादेशिक अस्पतालमा बाहिरबाट औषधि र ल्याब परीक्षण गराउन दबाब दिने व्यक्तिको प्रवेश निषेध

    लहान । रामकुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल, लहानले अस्पताल परिसरभित्र अनधिकृत रूपमा प्रवेश गरी बिरामीलाई बाहिरका औषधि पसल तथा प्रयोगशालाबाट सेवा लिन प्रेरित गर्ने व्यक्तिहरूको प्रवेश निषेध गरेको छ। अस्पताल प्रशासनले बिहीबार सूचना जारी गर्दै अस्पतालमा उपचारका लागि आउने बिरामीको पुर्जा जबर्जस्ती खोस्ने, विभिन्न छुट (डिस्काउन्ट) को प्रलोभन देखाउने र बाहिरका औषधि पसलबाट औषधि खरिद गर्न तथा प्रयोगशालामा परीक्षण गराउन दबाब दिने गतिविधि बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको हो। अस्पतालका अनुसार ओपिडी, आकस्मिक, शल्यक्रिया तथा अन्तरङ्ग सेवा लिइरहेका बिरामीलाई लक्षित गरी अस्पताल वरपर सञ

    • प्रकाशित मितिः मंसिर ४, २०८३
    • १६३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान–९ गोठ टोलमा तुलसी उद्यापन एवं आकाशदीप प्रज्वलन कार्यक्रम हुँदै, कलश यात्रा निकालियो

    फिरोज सिद्दिकी  लहान, ३० कार्तिक । सिरहाको लहान नगरपालिका–९ गोठ टोलस्थित राजदेवी स्थानमा तुलसी उद्यापन एवं आकाशदीप प्रज्वलन (पोखरी निस्तार) कार्यक्रम अहिले भइरहेको छ। आज सोमबार धार्मिक विधिअनुसार कलश यात्रा निकालिएको छ। कलश यात्रामा उल्लेख्य स्थानीय श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको छ। लहान न.पा.-९, गोठ टोल निवासी बाबा रामानन्द चौधरीले आयोजना गरिएको उक्त धार्मिक कार्यक्रममा रातिको समयमा पोखरी निस्तार तथा आकाशदीप प्रज्वलन गरिने आयोजकले जनाएको छ। धार्मिक परम्परा र संस्कृतिको संरक्षण तथा धार्मिक आस्था अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक बाबा रामानन्द चौ

    • प्रकाशित मितिः कार्तिक ३०, २०८३
    • १२२ पटक पढिएको
    • समृद्धिपथ
  • देशभर छठको उल्लास : अस्ताउँदो सूर्यलाई अर्घ्य, नेतादेखि सर्वसाधारणसम्म पूजामा सहभागी

    फिरोज सिद्दिकी  सिरहा । सूर्य उपासनाको महापर्व छठअन्तर्गत आइतबार देशभरका विभिन्न नदी, पोखरी तथा जलाशयमा श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्। तराई–मधेशसहित देशका विभिन्न स्थानमा छठ पर्वको रौनक छाएको छ। छठ घाटहरूमा व्रतालु तथा श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ। सिरहा सदरमुकाममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले विभिन्न छठ घाटको अवलोकन गर्नुका साथै पूजाआजा गरेका छन्। उनले सलहेश मन्दिरअगाडिको पोखरीसहित विभिन्न छठ घाटको स्थलगत अवलोकन गर्दै व्रतालुहरूसँग प्रत्यक्ष भेटघाट र भलाकुसारीसमेत गरेका थिए। पूजाआजा तथा अर्घ अर्पणपछि सञ्चारकर्मीसँग कुराकानी

    • प्रकाशित मितिः कार्तिक २९, २०८३
    • ३८८ पटक पढिएको
    • समृद्धिपथ
  • लागूऔषधविरुद्ध सिरहामा ‘सिरहा रन’, २२ वटै वडाका युवायुवती सहभागी

    फिरोज सिद्दिकी  सिरहा । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले सिरहामा शनिबार बिहान ‘सिरहा रन’ कार्यक्रम आयोजना गरिएको छ। नेपाली कांग्रेस नगर समिति सिरहाको आयोजनामा ‘Say No to Drugs’ अर्थात् ‘लागूऔषधलाई नाइँ भनौँ’ भन्ने नारासहित जनचेतनामूलक दौड कार्यक्रम सम्पन्न भएको हो। शनिबार बिहान ६ बजे सिरहास्थित महावीर चोकबाट सुरु भएको दौडमा सिरहा नगरपालिकाका २२ वटै वडाका करिब ५०० भन्दा बढी युवायुवतीको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा युवायुवतीसँगै सर्वसाधारणको समेत उत्साहजनक सहभागिता रहेको थियो। पछिल्लो समय युवा पुस्तामा लागूऔषध दुर्व्य

    • प्रकाशित मितिः कार्तिक २८, २०८३
    • ८४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A