राजनीति

    Showing ९१-१०० of ४९१ items.
  • वार्ताको आव्हान केवल कर्मकाण्डी प्रक्रिया मात्र : संघर्ष समिति

    फिरोज सिद्दिकी  लहान, माघ १३ गते। लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीद्वारा पुनः वार्ता र संवादको आव्हान केवल कर्मकाण्डी प्रक्रिया मात्र भएको संघर्ष समितिले आरोप लगाएको छ। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी खोला सिँचाइ नहर संघर्ष समितिले नगर प्रमुखको वार्ता गर्ने शैलीप्रति गम्भीर असहमति जनाउँदै यस्तो बताएको हो। संघर्ष समितिका अध्यक्ष धर्मराज चौधरीद्वारा जारी प्रेस विज्ञप्तिमा नगर प्रमुखले वार्तालाई कर्मकाण्डी रूपमा प्रयोग गर्दै बारम्बार सहमति तोड्ने गरेको आरोप लगाइएको छ।   विज्ञप्तिमा उल्लेख गरिएअनुसार, पछिल्ला सात महिनामा आठौँ पटक वार्ताको प्रस्ताव आएको छ। तर

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • ७१२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाका मेयर महेश चौधरीमाथि अख्तियारको छानविन: ६ घण्टासम्म बयान

    लहान, माघ १२ गते । लहान नगरपालिकाका मेयर महेश चौधरीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगातार ६ घण्टासम्म बयान लिएको छ।  आज बिहान १० बजे आयोगको बर्दिवासस्थित कार्यालयमा हाजिर भएका मेयर चौधरीसँग आयोगले इन्धन खर्चमा देखिएको अनियमितताका विषयमा विस्तृत बयान लिएको हो। सूत्रका अनुसार आर्थिक वर्ष २०७९/८० मा २ करोड रुपैयाँ र २०८०/८१ मा ३ करोड रुपैयाँ इन्धन खर्च भएको विवरण देखिएपछि अख्तियारले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। पहिलो चरणमा अख्तियारले नगरपालिकाले इन्धन वापत दिएको भुक्तानी र सम्बन्धित कागजात झिकाएर अध्ययन गरेको थियो। प्रारम्भिक अध्ययनपछि अनियमितता देखिएपछि विस्तृत छानविन अगाड

    • प्रकाशित मितिः फागुन १२, २०८१
    • ८५८ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको वार्ता आह्वान ‘नाटक’ मात्र भएको संघर्ष समितिको आरोप

    फिरोज सिद्दिकी  लहान, माघ १० गते । लहान नगरपालिकाद्वारा वार्ताका लागि गरिएको आह्वान एक नाटक मात्र रहेको खुट्टी नहर संघर्ष समितिका संयोजक धर्मराज चौधरीले बताएका छन्।  शनिबार प्रेस विज्ञप्ति मार्फत नगरपालिकाले वार्ताका लागि आह्वान गरिरहेको भए पनि वास्तविक रूपमा वार्ताको वातावरण नबनाएको आरोप संघर्ष समितिले लगाएका हुन्। मेयर महेश चौधरीले हालै प्रेस विज्ञप्ति जारी गर्दै संघर्षरत पक्षलाई वार्ताका लागि आग्रह गरेका थिए। तर, संयोजक धर्मराज चौधरीले उक्त आह्वानलाई ‘झुटो आश्वासन’ भन्दै नगरपालिकामाथि गम्भीर आरोप लगाए। उनका अनुसार, मेयर चौधरी पटकपटक वार्ताका नाममा केवल आश्वासन बाँड्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • ५६० पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका विरुद्ध सात दलद्वारा संयुक्त आन्दोलनको घोषणा

    फिरोज सिद्दिकी  लहान, माघ ८ गते । लहान नगरपालिकाले खु‌ट्टी नहरलाई ढलमा परिणत गर्ने ठेक्का दिएको विरोधमा सात राजनैतिक दल र विभिन्न किसान संघ संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन्। विगत केही महिनादेखि स्थानीय किसान र विभिन्न दलले पटकपटक विरोध जनाउँदै ज्ञापनपत्र बुझाए पनि नगरपालिकाले मागको बेवास्ता गरेको आरोप संयुक्त पत्रकार सम्मेलन मार्फत लगाइएका हुन्। खुट्टी नहर सिचाइ उपभोक्ता किसान संघर्ष समितिले दुई चरणको आन्दोलन र जनजागरण अभियान चलाइरहेको भए पनि नगरप्रमुख महेश प्रसाद चौधरीले सहमति उल्लङ्घन गर्दै प्रहरी प्रशासनको बलमा केही भागमा होम पाइप राखेर नहर पुर्न थालेको कि

    • प्रकाशित मितिः फागुन ८, २०८१
    • ६०९ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहानका मेयर महेश चौधरीको प्राइभेट लिमिटेड कम्पनीजस्तै छ नगरपालिका'

    फिरोज सिद्दिकी  लहान, माघ ७ गते। लहान नगर उपप्रमुख राम चलितर महतोले नगर प्रमुख महेश चौधरीमाथि गम्भीर आरोप लगाएका छन्। उनले लहान नगरपालिकालाई महेश चौधरीको "प्राइभेट लिमिटेड कम्पनी" जस्तै चलाइएको दाबी गर्दै प्रमुख चौधरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। बुधबार लहानस्थित एभरेस्ट कलेजको २५औँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै यस्तो बताएका हुन्।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महतोले भने, "लहान नगरपालिका प्रणाली, कानुन, विधि र विधानको आधारमा होइन, नगर प्रमुख चौधरीको व्यक्तिगत स्वार्थअनुसार सञ्चालन भइरहेको छ। नगर प्रमुखले आफूलाई चाकडी गर्ने शिक्षकलाई मात्

    • प्रकाशित मितिः फागुन ७, २०८१
    • १,०६१ पटक पढिएको
    • समृद्धिपथ
  • सबै कम्युनिष्टहरू एमालेमा एकीकृत हुन उपमहासचिव प्रदीप ज्ञवालीको आह्वान

    फिरोज सिद्दिकी  सिरहा । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको स्थायित्व र समृद्धिको लागि सम्पूर्ण कम्युनिष्ट नेता तथा कार्यकर्ताहरूलाई एमालेमा एकीकृत हुन आह्वान गरेका छन्।  बुधबार नेकपा एमाले जिल्ला कमिटी सिराहाद्वारा आयोजित वडा केन्द्रित ३ महिने अभियान अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले विभाजनले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको बताएका हुन्। ज्ञवालीले राजनीतिक असमझदारीलाई पछाडि पारेर एकताबद्ध शक्ति निर्माण गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एकताको मार्ग रोज्नुपर्नेमा जोड दिए। "देशलाई समाजवादको मार्गमा लैजाने उद्देश्य प्राप्तिका

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ५७६ पटक पढिएको
    • समृद्धिपथ
  • एकताको सन्देस दिएर मनाइयो जनयुद्ध दिवस लहानमा

      जीवछ उदासी  लहान,फागुन १ गते  नेकपा माओवादी केन्द्र लहानले पार्टीमा एकता कायम गरेर जाने सन्देस दिएको छ ।  विगत वर्षमा दुई ठाउँमा मानाउँदै आएको जनयुद्ध दिवस यस वर्ष ३० औ जनयुद्ध दिवस एकै ठाउँमा मनाएर यो सन्देस दिएको हो ।  लहान नगरपालिकाको २४ वटै वडाका नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पशुपति माविको खेल मैदानमा सयौको संख्यामा भेला भएर बजार परिक्रमा गरी कोण सभागरी सम्पन्न भएको थियो ।  कोणसभालाई नेकपा माओवादीका नेताहरु क्रमश: केस सुनिता सिंह ,जिकस तथा हान -२० का वडाध्यक्ष गणेश थारु, जिकस विजय गुप्ता र लहान नगर अध्यक्ष हेमन्त कुमार यादव, भगवानपुर गापा

    • प्रकाशित मितिः फागुन १, २०८१
    • ४७६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगर प्रमुखको दमनकारी कार्यशैलीको विरोध गर्दै सर्वदलीय प्रेस विज्ञप्ति जारी

    फिरोज सिद्दिकी  लहान । लहान नगरपालिकाका प्रमुख महेश चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्।  लहान नगरपालिकाको ऐतिहासिक खुट्टिखोला नहरलाई ढल बनाउने कार्य नगर प्रमुखको एकलौटी निर्णयमा भइरहेको आरोप लगाउँदै कडा आपत्ति जनाइएका हुन्।  नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एस), राप्रपा लगायतका दलहरूले पटकपटक ज्ञापनपत्र बुझाए पनि नगर प्रमुखले बेवास्ता गरेको विज्ञप्तिमा उल्लेख छ। नेताहरूले नगर प्रमुख चौधरीलाई "अराजक, दम्भी र गैरजिम्मेवार" भन्दै आरोप ल

    • प्रकाशित मितिः माघ २२, २०८१
    • ८०० पटक पढिएको
    • समृद्धिपथ
  • आगो ताप्ने चिया पसलको ‘घुरा’ साझा वहसको थलो बन्दै

    जीवछ उदासी माघ १० गते शितलहर चलेपछि तराई मधेशको ग्रामीण भेग होस् चाहे सहरी क्षेत्र होस् न्यानो लुगा लगाएर मात्रै पुग्दैन । आगो ताप्न ‘घुरा’को महत्व पनि त्यतिकै हुने गर्दछ । लहानको मुख्य चोकमा रहेको रघुबीर चिया पसलको घुराको चर्चा यत्रतत्र हुन थालेको छ । यसलाई सामुहिक घुरा र वहस केन्द्रको रुपमा लिएर विहान वेलुका यहाँ विभिन्न क्षेत्रका अगुवाहरु घुरा ताप्न आउने गरेका छन् । लहान–२ का वडा सदस्य लाल मोहम्मद भन्नुहुन्छ,‘गाउँमा परालको घुरा सहरी क्षेत्रमा दाउराको घुरा शितलहर चलेपछि अति नै प्यारो हुने गर्दछ । जति न्यायनो ल्ुगा लगाएपनि केहिबेर विहान बेलुका घुरा तापेर सामाजिक परिव

    • प्रकाशित मितिः माघ १०, २०८१
    • ६५४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगर प्रमुख महेश चौधरीको कार्यशैलीप्रति एमालेद्वारा विरोध

    फिरोज सिद्दिकी  लहान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) लहान नगर कमिटीले एक प्रेस विज्ञप्ति जारी गर्दै लहान नगरपालिकाका प्रमुख महेश चौधरीको कार्यशैलीप्रति कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा नगर प्रमुख चौधरीले किसान, मजदुर तथा जनताको हितविपरीत कार्य गर्दै जनघाति निर्णयहरू लिइरहेको आरोप लगाइएको हो।   प्रेस विज्ञप्ति अनुसार, नगर प्रमुख चौधरीले शिक्षा, पर्यटन, पूर्वाधार, सेवा प्रवाहजस्ता क्षेत्रमा जनविरोधी गतिविधिहरूलाई प्राथमिकता दिँदै जनतामा निराशा र असन्तुष्टि फैलाउने कार्य गरिरहेको उल्लेख छ। साथै, भुमाफियाको पक्षपोषण गर्दै राणाकालदेखि कायम रहेका खुट्टी नहरलाई हटाएर जग्गा हत्याउने

    • प्रकाशित मितिः माघ २, २०८१
    • ८७२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A