लहान, फागुन ३ गते । जे.एस. मुरारका बहुमुखी क्याम्पस लहानको स्ववियु चुनावको सन्दर्भमा अनेरास्ववियुका उमेदवार सभापति मनिस चौधरी, सचिव सन्तोष यादव, कोषाध्यक्ष कलमा अन्सारी लगायत सम्पूर्ण प्यानलका पदाधिकारी सदस्यहरूलाई आफ्नो अमुल्य मत दिई विजय गराउन विद्यार्थी ाइबहिनीहरूलाई हार्दिक अपिल गरिएको छ। वामपन्थी राजनीतिमा लोकतान्त्रिक गणतन्त्र र संघियताको रक्षा गर्नका लागि नेकपा एमाले मधेश प्रदेश कमिटीका सदस्य रामनारायण मेहता, सुमेश यादव, मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य अशोक यादव, कमल यादव, पूर्व क्याम्पस सभापति दीपेन्द्र चौधरी र विद्यार्थी नेता लक्ष्मीनारायण यादवले अनेरास्ववियुको प्यानललाई विजय गर
लहान, चैत २ गते । लहान स्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) तथा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा (एस) सम्मिलित संयुक्त मोर्चाले आ-आफ्ना उम्मेदवार टुंगो लगाएका हुन्। सभापतिका लागि नेविसंघबाट रोहित राउत, अनेरास्ववियुबाट मनिष चौधरी, र संयुक्त मोर्चाबाट ललित यादव उम्मेदवार बन
सिरहा । सिरहाको धनगढीमाई नगरपालिका–१३, ढुंगाना टोलका २७ वर्षीय हेम खड्काको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार, खड्काको घर अगाडि रहेको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाका प्रत्यक्षदर्शी स्थानीय बिनोद मण्डलले भने, "खड्का चिच्याउँदै लडे पनि नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकटेकाले तत्काल उद्दार हुन सकेन। यदि समयमै लाइन काटिएको भए उनलाई बचाउन सकिन्थ्यो।" मृतक खड्का ट्यांकर चालक थिए। केही वर्षअघि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनी पाँच वर्षीया
फिरोज सिद्दिकी सिरहा, फागुन २७ गते । नजिकिँदै गरेको फागु पूर्णिमा (होली) पर्वलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा मनाउन सिरहा जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय, सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालद्वारा जारी सूचनामा सबै जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै होली पर्वलाई सभ्य, भव्य तथा सौहार्दपूर्ण रूपमा मनाउन अनुरोध गरिएको हो। सूचनामा उल्लेख गरिएअनुसार, होली पर्वको बहानामा जबरजस्ती रंग हाल्ने, प्लास्टिकजन्य लोला प्रहार गर्ने, फोहोर छ्याप्ने, यात्रुहरूलाई दुःख दिने, बाटो अवरुद्ध गर्ने, सवारीसाधनबाट रकम असुल्ने,
फिरोज सिद्दिकी सिरहा । ‘समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारी नेपालको मुल मर्म’ भन्ने नाराका साथ प्रेस चौतारी नेपाल मधेश प्रदेश समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ। रौतहटको चन्द्रपुरमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा वरिष्ठ पत्रकार लालबाबु शेख सर्वसम्मत निर्वाचित भएका छन्। नयाँ कार्यसमितिमा उपाध्यक्षमा गौतम श्रेष्ठ, महिला उपाध्यक्षमा भवानी सुवेदी, महासचिवमा दिवाकर भण्डारी, कोषाध्यक्षमा जितेन्द्र साह चयन भएका छन्। यसैगरी, सचिव पदमा ग्यासु मिया देवान, अनिरुद्ध ठाकुर, धनवीर महतो, राकेश यादव, जिवनारायण झा, श्याम कुशवाहा निर्वाचित भएका छन्। सदस्यहरूमा गणेश प्रसाद खरेल, शेखर छतकुल
जीवछ उदासी लहान,फागुन २७ गते बहुप्रतिक्षित थाना चोकदेखि कटहा चोकसम्मको कालोपत्रे (अल्फास्ट ) सडक निर्माण कार्यको सुरु भएको छ । लहान नपा १,२,३ र १९ नम्बर वडालाई जोड्ने सडक निर्माण नहुँदा स्थानीवासीहरुबाट व्यक्त भइरहेको व्यापक जन गुनासोलाई ध्यानमा राखेर चार करोड पाँच लाख १३ हजार ९१८. ६० मा ठेक्का टेण्डर भइ कार्य शुभारम्भ भएको हो । सडक निर्माण बोर्ड पढेर लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरी नेपाल पत्रकार महासंघ सिरहा अध्यक्ष मनोज बनैता वडा नम्बर १ र २ का वडाध्यक्षहरु क्रमश: युगल किशोर चौधरी र सियाराम यादव लगायत स्थानीहरुको उपस्थिति रहेको थियो ।
जीवछ उदासी लहान,फागुन २७ गते सिरहाको मिर्चैया,कर्जन्हा र कल्याणपुर नगरपालिकाको राष्ट्रिय परिचय पत्र चेत ३ गतेबाट वितरण हुने मिर्चैया नगरपालिकाले जनाएको छ । फागुन २१ गते बुधबार राष्ट्रिय परिचय पत्र विभाग र मिर्चैया नगरपालिकाबीच सहमति भएर परिचय पत्र बनाउने कार्य हुन लागेको मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले जानकारी दिनुभयो । सम्झौतामा राष्ट्रिय परिचय पत्र तथा पंजिकरण विभागको महानिर्देशक युवराज कटेल र नगरप्रमुख यादवले हस्ताक्षर गरेपछि चैत ३ गतेदेखि सुरु गर्न थालिएको हो । आठ महिनादेखि रोकिएको परिचय पत्र बनाउन आवश्यक कर्मचारी र प्रविधि व्यवस्थापनमा देखिएको समस
जीवछ उदासी लहान,फागुन २६ गते लहान नगरपालिका -४ मा हृदय रोग निवारण संघद्वारा कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आएको छ । सेन्टरको उद्घाटन लहान नगरप्रमुख महेश प्रसाद चौधरी र मुटु रोग चिकित्सक डा.कुमुद धितालले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् । ठूलो अस्पताल खोल्ने सोचले कार्य अघि बढेको चिकित्सक धितालले वताउनुभयो । लहान नगरपालिका कार्डियो र डाइवेटिक सेन्टर सञ्चालनमा आउनु लहानको लागि एउटा गौरवको योजना आएको नगरप्रमुख चौधरीले भन्दै नगरपालिकाले आवश्यक सहयोग तयार रहेको दृढता व्यक्त गर्नुभयो । फागुन २६ र २७ गते दुई दिन नि:शुल्क शिविर आयोजना गरिएको छ । शिविर
फिरोज सिद्दिकी, लहान, फागुन २५ गते । "कृषि श्रमिकको एकता, रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता" भन्ने मूल नाराका साथ नेपाल कृषि तथा बागवान क्षेत्र श्रमिक संघ (फापुन)को छैठौँ राष्ट्रिय अधिवेशन सिरहाको लहानमा सुरु भएको छ। आइतबार अधिवेशनको उद्घाटन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले श्रम बजारमा ठूलो परिवर्तन आएको बताउँदै संगठन स्वतन्त्रता, न्यूनतम ज्याला मात्र नभई जीवनचक्रमा आधारित सामाजिक सुरक्षाको अधिकार प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे। उनले जबसम्म कृषि मजदुरहरूको जीवनस्तर उकासिँदैन, तबसम्म देश समृद्ध बन्न नस
जीवछ उदासी नवराजपुर गाउँपालिका –१ भगवतीपुरका रिङकु सदायको बलात्कृत भइ मृत्यु भएको घट्नामा पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजानिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा पत्रकार सम्मेलन गरी सिरहा प्रहरी प्रमुख रमेश पण्डितले आफ्नै कार्यकक्षमा सार्वजानिक गर्नु भएको हो । फरार भएका मुख्य आरोपी प्रहरीले रुपेश् मण्डल नियणत्रणमा लिई जिल्ला अदालतमा म्याद थप लिइ अनुसन्धान भइरहेको,फरार रहेका अन्य प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा वडा सदस्य नथुनी साह,राम कृपाल मण्डल,बिन्देश्वर साह र राजेन्द्र मण्डल गरी आठ जना पक्राउ परेको छन् । आठै जनालाई पक्राउ गर्न प्रहरीले अहोरात्र
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A