समाज

    Showing २६१-२७० of ८५३ items.
  • मधेश प्रज्ञा प्रतिष्ठानको अन्तरसंवाद कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाहलमा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राख्नु भयो

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • २,१३१ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

        जीवछ उदासी  लहान,बैशाख २८ गते ।  लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।  क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो ।   बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो ।  बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनु

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ९४२ पटक पढिएको
    • समृद्धिपथ
  • अज्ञात समूहद्वारा लुटपाट गरिएको प्रति लहान सुनचाँदी व्यवसाय संघको गम्भिर ध्यानाकणर्

    फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यवसाय संघका कार्य समिति सदस्य तथा रिंकू ज्वेलर्सका प्रोप्राईटर दिनेश कुमार साहको घरमा केही अज्ञात समुहको झुण्डले लुटपाट गरिएको घटनाप्रति लहान सुनचाँदी व्यवसाय संघले ध्यानाकर्षण भएको जनाएको छ । गत बैशाख ६ गते बिहीबार घरमा कोही नभएको बेला डाका सैलीमा घर भित्र रहेका गर गहना तथा सर समान लटपाट गरेको लहान सुनचाँदी व्यवसाय संघले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । लहान सुनचाँदी व्यवसाय संघका अध्यक्ष नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- यस्ता निन्दनीय कार्यको घोर भर्तसना गर्दै दोसीलाई अविलम्ब कानूनको दा

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • ९३९ पटक पढिएको
    • समृद्धिपथ
  • पुस्तकालयको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने माग

    जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् । जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • ७४२ पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

    जीवछ उदासी  लहान,बैशाख १४ गते ।   मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको मिटरब्याज पीडित संघर्ष समितिका संयोजक मनोज कुमार पासवानले बताउनुभयो । उहाँले भन्नुभयो, 'मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, यातना दिने काम गरिरहेको छ ।' प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितका समस्या दबाउन षड्यन्त्रपूर्वक लागिपरेको परेको

    • प्रकाशित मितिः वैशाख १४, २०८१
    • ९२९ पटक पढिएको
    • समृद्धिपथ
  • होटलमा महिला र पुरुष मृत फेला

    जनकपुर, ११ वैशाख : जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिनुभयो । महिलाको अढाइ वर्षीया छोरी कोठा

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ५२६ पटक पढिएको
    • समृद्धिपथ
  • औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

    मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज विहान आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो ।  केमिकलहरु एकापसमा ठोक्किए आगो सल्किएको हुनसक्ने चालक सुशील बिकले बताउनुभयो ।    गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवैतर्फको सवारी आवागमन रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकाले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुग्नुभएका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • ६४३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा बानो गाउँ थारु सामुदायिक होमस्टे संचालन

    फिरोज सिद्दिकी लहान । सिरहाको लहान- १५ स्थित बानो टोलमा ‘बानो गाउँ थारु सामुदायिक होमस्टे’ सञ्चालनमा आएको छ । थारु खानपान, कला-संस्कृति, वेशभूषाको संरक्षण एवं सम्वर्द्धन गर्न होमस्टे संचालनमा ल्याइएको जनाइएको हो । होमस्टेको शनिबार एक कार्यक्रमका बीच लहान नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका थिए । उहाँले होमस्टे मधेश प्रदेश कै पहिलो लहानमा राम्रो सम्भावना भएको क्षेत्रमा स्थापना भएको बताउनु भयो । उहाँले होमस्टेमा थारु कला संस्कृती संगै खानाका परिकारको पनि प्रचार प्रसार गरिनुपर्ने बताउनु भयो । लहान नगरपालिकाको आर्थिक सहयोगमा संचालनमा आएको होमस्टे उद्घाटन कार्यक्रमा लहान १५

    • प्रकाशित मितिः वैशाख १०, २०८१
    • १,६४६ पटक पढिएको
    • समृद्धिपथ
  • लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको नाममा विकृति तथा लुट भइरहेको छ

    फिरोज सिद्दिकी लहान । सिरहाको लहानमा चैत ३० गतेदेखि सुरु भएको लहान एक्स्पो मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने जस्तै भएको छ । समृद्धिको आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नाराका साथ संचालन भएको एक्स्पोमा स्थानीय भाषा, संस्कृति, नृत्य र परम्परागत परिकार, कृषि उपज सामग्रीहरु, सुलभ दर रेटको समग्रीहरूको प्रर्दशन गरि यहाँको मौलिक कला, संस्कृति र व्यापारको उजागर हुने आशा गरेका स्थानीय वुदिजीविहरुले यो महोत्सव विसंगतिलाई प्रस्तुत गरिएको टिप्पणी गरेका छन्। नाम मधेश प्रदेश अतर्राष्ट्रिय महोत्सव राखेर आर्थिक लाभको अभिप्रायले स्थानीय सर्वसाधारण ठग्न

    • प्रकाशित मितिः वैशाख ८, २०८१
    • १,६११ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश विकास नहुनुको प्रमुख कारण अपसी अन्तर विरोध : उपप्रधानमन्त्री महासेठ

    फिरोज सिद्दिकी लहान, चैत ३० गते । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले तराई मेधशको विकास आपसी अन्तर विरोधका कारण हुन नसकेको बताउनुभएको छ । लहानमा शुक्रबार लहान एक्सपो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले विकास निर्माणको काममा कुनै पनि राजनीति नगरी पार्टीगत स्वार्थबाट अघि उठ्नु पर्ने धारणा राख्नु भएको हो । उहाँले आफू मधेशबाट प्रतिनिधित्व गर्ने भएकोले बजेट र सडक पूर्वाधारमा सिरहा जिल्लालाई विशेष प्राथमिकतामा राखि आगामी बजेट विनियोजन गर्ने बतानु भयो । उपप्रधानमन्त्री महासेठले मधेश प्रदेशमा धार्मिक पर्यटनको प्रचुर सम्भ

    • प्रकाशित मितिः वैशाख १, २०८१
    • १,१८४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A