जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

  • वैशाख २८, २०८१
  • समृद्धिपथ
alt

 

 

जीवछ उदासी 

लहान,बैशाख २८ गते । 

लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ । 

क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो । 

 बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो । 

बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनुसारको विषय पढाइको लागि थप पहल थाल्न आग्रह गर्नुभयो । उहाँले थप्नुभयो,' भौतिक विकासको लागि दाता परिवारले कहिलेपनि ढोका बन्द गर्ने छैन । शैक्षिक विकासको लागि गुणस्तरीय शिक्षा दिन क्यामपस प्रमुख सहायक क्यामपस प्रमुख र विभिन्न विभागीय प्रमुखहरु थप जिम्मेबार भएर अघि बढौ । यस क्याम्पसलाई मधेशकै नमूना क्याम्पस बनाउने हाम्रो ध्येय पुरा गर्न लागौ । 

समितिका पदेन सदस्य प्रदेशसभा माननीय राजेन्द्र प्रसाद चौधरीले शैक्षिक प्रणालीमा सुधार गर्न शिक्षण विधि र परीक्षा प्रणालीमा व्यापक सुधार हुन जरुरी रहेको तर्क गर्नुभयो । 

सबैको धारणा सुनेर क्याम्पसका अध्यक्ष समेत रहनु भएको नगरप्रमुख महेश प्रसाद चौधरीले ' शैक्षिक अवस्था सुधार गर्न गठित अनुगमन समितिले आफ्नो कार्य अघि बढाएर दिएको प्रतिवेदन लागु गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,'प्रध्यापक कर्मचारीहरुको सबै माग पुरा गरि सकेको अवस्थामा शिक्षण कार्यमा हुने कुनैपनि लापरवाही सह्य हुनेछैन ।'

बैठक सकेपछि व्यवस्थापन समितिका सदस्य जीबछ उदासी हेमन्त कुमार यादव र सुदिप कुशवाहाले विज्ञान प्रयोगशालाको निरिक्षण गरी सुधार गर्नुपर्ने पक्षमा निर्देशन सहितको सुझाव दिनु भएको थियो । अनुगमन समितिले एक चाँडै कार्य थालेर समितिमा प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेकोछ । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A