लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले लहानको नापी कार्यालयमा छापामारी गरि अमिनलाइ घुसको रकम सहित रङ्गेहात पक्राउ गरेको छ । अख्तियारको टोलीले नापी कार्यालयका अमिन दिपरन्जन यादवलाई १० हजार घुसको रकम सहित पक्राउ गरेको हो । बर्दिवासबाट आएका अख्तियारका टोलीले लहान १ मटियर्वास्थित नापी कार्यालय लहान अन्तर्गत २ नम्बर नापी टोलीको कार्यालयमा छापामारी गरेको थियो । अमिन यादवले साविक गा.वि.स.तरेगना गोविन्दपुरको गाउँब्लकका जग्गा कित्ता काट गर्न सेवाग्राही सग १० हजार घुसको रकम लिइ रहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । पक्राउ परेका
जीवछ उदासी लहान,साउन ८ गते । लहान-३ स्थित प्रदेशिक अस्पताल लहानमा उपचार गराउन आउने विरामीहरुको चाप ह्वातै बढेका छन् । प्रादेशिक अस्पताल नामाकरण भएपछि चिकित्सक उपकरण र कर्मचारीहरुको संख्यामा वृद्धि भएपछि विरामीका चाप बढेका हुन् । अस्पतालको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाका अनुसार ओपिडीमा प्रत्येकदिन डेढ सयदेखि दुइसयसम्म विरामीहरुको उपचार हुनेगर्दछ । ओपिडीमा आठजना चिकित्सक दर्जनौ प्रकारका जाँच सुविधासम्पन्न प्रयोगशाला आधुनिक एक्सरे भिडियो एक्सरे र थाइरेडको समेत जाँच हुने यस अस्पतालमा अहिले चिकित्सकहरुको सन्तुलित टिमले उपचार गराउन आउने विरामीहरु उपचार पाएर खु
जीवछ उदासी लहान साउन ६ गते । नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा नेपली काँग्रेस लहान नगरकमिटि र विधार्थी संघले वृक्षारोपण गरेको छ । लहान नगर समितिको कार्यवाहक सभापति शितल प्रसाद चौधरीको नेतृत्वमा प्रदेशिक अस्पताल लहानमा र नेपाल विधार्थी संघको नेता सरोज कुमार यादवको अगुवाइमा लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको प्राङगनमा बृक्षारोपण गरिएको हो । वृक्षा रोपण गर्दै युवा नेताहरुले नेपाली काँग्रेस विपिको आदर्श विचार र प्रजातान्त्रिक समाजवादकोबाटो विर्सन नहुने र पार्टीको उच्च नेतृत्वलाई
सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद
मुहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो। यसैबीच, यस पवित्र महिनाको पहिलो दिनलाई इस्लामिक नयाँ वर्ष, अल हिजरी वा अरबी नयाँ वर्ष भनिन्छ। आजबाट इस्लामिक नयाँ वर्ष सुरु भएको छ । इस्लामी चन्द्र पात्रोको सुरुवात आज कै दिनबाट भएको हो जसलाई मुहर्रम पनि भनिन्छ । पैगम्बर मुहम्मदले मक्काबाट मदिनामा बसाइँ सरेका हुनाले विश्वभरका मुस्लिमहरूका लागि यो महिनाको ठूलो महत्त्व छ। सुन्नी र शिया मुस्लिम दुवैका लागि यसको ऐतिहासिक महत्त्व पनि छ। इस्लामिक क्यालेन्डर चन्द्र चक्रमा आधारित छ, त्यसैले ग्रेगोरियन क्यालेन्डरमा मुहर्रमको मितिहरू प्रत्येक वर्ष भिन्न हुन्छन्। नेपाल, भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, इन
फिरोज सिद्दिकी, लहान । सिरहाको लहान नगरपालिकासंग सूचनाको हक प्रयोग गरेर सूचना माग गरिएको छ । लहान ७ का पूर्व वडाध्यक्ष राकेश कुमार गुप्ताले लहान नगरपालिकाले एक वर्षमा गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी विभिन्न विषयमा सूचना माग गरेको हो । मागिएका सूचनामा २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित नगर सरसफाई शीर्षकको रकम ५० लाखको सम्पूणर् विवरण जसमा दैनिक ज्यालादारीमा खट्ने कर्मचारीहरुको नामसहित भुक्तानी विवरण तथा बाँकी रकमको छुट्टाछुट्टै शीर्षक अनुसारको खर्च विवरणको माग गरिएको छ । यसैगरी, आव २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित लहान वडा नम्बर ७ को सिलिङ्ग रकम रु. ५० ला
पशु सेवा विभागले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खानयोग्य रहेको प्रस्ट गरेको छ । ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला विभागले सो प्रस्ट पारेको हो । ‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले करिब १० देखि १५ प्रतिशत उपभोक्ताले दुध खान छाडेको बताए । जसको घरमा “लम्पी स्किन रोग लागेका पशुले दुध दिइरहेका छन, ती घरका प्रायःले दुध खान छाडेका छन् र ती सबै दुध बजारमा
महेन्द्रनगर। महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन । कसरी व्यक्त गरुँ ?”, साहले भने। उनका अनुसार २१ वर्षअघि जयनगरदेखि भङ्गाह विजलपुरासम्म रेल चलिरहेको थियो । त्यही रेलमा सो क्ष
सिरहा । सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि बर्दिवास मेडिकल कलेज निर्माणको काम सुरु हुने भएको छ । बर्दिवासमा आयोजित सञ्चार समनवय तथा प्रेस भेटघाट कार्यक्रममा बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक देवीप्रसाद सुवेदीले २०८० जेठ २९ गते सर्वोच्च अदालतले मेडिकल कलेज निर्माण रोक्न नहुने फैसला गरेपछि निर्माणको काम सुरु हुने जनाएको हो । मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाले कलेज निर्माण गर्न लागेको स्थानमा वन क्षेत्र पर्छ। उक्त वन विनाश गर्न नहुने भन्दै वन अभियान्ताहरूले २०७८ फागुनमा सर्वोच्चमा मुद्दा दायर गरेका थिए। पटक-पटक फैसला मिति सर्दै जे
सिरहा । नेकपा (एमाले)ले देशैभरि फैलिएको लम्पी स्किन रोगबाट धेरै पशु मरिसकेको भन्दै लम्पी स्किन रोगको रोकथाम गर्न प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले जनावरमा लाग्ने लम्पी स्किन रोगबाट पशु पालक किसान मार्कामा परेकोले किसानलाई बीमा रकम भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानलाई राहत दिन माग गरेको हो । यसैगरी बैठकले प्राकृतिक विपत्तिसँग जुझ्ने सरकारको प्रतिकार्यको तयारी असाध्यै फितलो, निष्प्रभावी र सुस्त देखिएको भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई प्राकृतिक विपत्तिका बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A