समाज

    Showing ४८१-४९० of ८५३ items.
  • आगलागीबाट घरबारविहिन हुन नपाउँदै पत्नी शोकमा रहेका अतिबिपन्न एक परिवारलाई सहयोगको खाँचो

    लहान। लहान नगरपालिका वडा नं. १६, तरेगाना निवासी अति बिपन्न अन्दाजी ४२/४३ वर्षका भुवन महतोले आफ्नो बस्ने थलोको रूपमा गाउँकै एकान्त ऐलानी पर्तिमा रहेको एउटा सानो झुप्रो घर करिव तीन महिनाअघि आगलागीमा परेर गुमाउनु परयो । खोल्सीको छेउमा रहेको झुप्रो घर गुमाउनु परेपछि गाउँलेको सहयोग र रातदिनको मेहनतले खोल्सीको डिलमा अर्को सानो झुप्रो बनाएर बस्न थाले । खरले छाएको पानी चुहिने झुप्रो घरमा आफू, पत्नी र चार लालाबाला सहित हाँसी खुशी बस्दै आएका महतोका पत्नीले मुटुको समस्याका कारण गतहप्ता मृत्युवरण गर्न बाध्य भईन् । एकातिर पत्नीको शोक अर्कोतिर चार बालकको रेखदेखको जिम्मेवारीले सताईरहेको महतोलाई एकान्तमा रह

    • प्रकाशित मितिः साउन १, २०७९
    • ७३४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ

    फिरोज सिद्दिकी, लहान । सिरहाको भगवानपुर स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा शुभारम्भ भएको छ । भगवानपुर वडा नं १ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट इमरजेन्सी सेवा शुभारम्भ भएको हो । एक कार्यक्रमकाबीच भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव लगायत प्रमुखत अतिथि, अतिथिहरुले पानशमा बत्ती बालेर इमर्जेन्सी सेवा शुभारम्भ गरेको हो । भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य रामशंकर यादव रहेका थिए । प्रमुख अतिथि यादवले बोल्दै स्वास्थ्य एकदमै महत्वपूणर् विषय रहेको बताउनु भयो । प्राथमिक स्वास्थ्य क

    • प्रकाशित मितिः साउन १, २०७९
    • १,६०५ पटक पढिएको
    • समृद्धिपथ
  • पर्याप्त पानी नपरेपछि मधेशका जिल्लामा धान रोपाइँमा समस्या

    फिरोज सिद्दिकी, सिरहा । अन्नभण्डारको रुपमा मानिएको मधेश प्रदेशमा सबै भन्दा बढी धान उत्पादन हन्छ । तर धान रोपाइँका लागि समयमा प्रयाप्त पानी नपरेपछि धान रोपाईमा समस्या भएका छन् । प्रयाप्त सिंचाईको अभावका कारण अकाशे पानीको भरमा रोपाइँ हुने गरेको हो । असारको पहिलो साता पानी परेका बेला केही ठाउँमा रोपाइँ भए पनि अहिले अत्यधिक गर्मी र पानी अभावका कारण लागाएको बाली पनि सुक्न थाले पछि किसान चिन्तित बनेको छ । लहान ९ का किसान संजय कुमार साहका अनुसार असार अन्तिम हुन लाग्दासम्म धान रोपाइँले गति लिन नसकेपछि किसान यसपालि अन्नको संकट पर्ने चिन्ताले पिरोलिएका छन् । मुख्य बाली धान नै रोप्न नसकिएपछि परिवार कस

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ४११ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षामा सुधार गर्न प्रतिवद्ध छौ: नगरप्रमुख यादव

      जीवछ उदासी  असार ३२ गते ।  सिरहा नगरपालिकामा सामुदायिक विद्यालयको सुधार गरेर समृद्ध सिरहाको अभियान सफल बनाउने सिरहा नगरप्रमुख डा नविन कुमार यादवले बताउनु भएको छ । सिरहा नगरपालिकाको ग्रमीण भेगका सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन थालेको उहाँले बताउनुभयो ।   संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउन गृहकार्य भइरहेको नगरप्रमुख यादवले बताउनुभयो ।  नगरप्रमुख यादवले थप्नुभयो,'सिरहाको मुटुमा रहेको चन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर गरेको शैक्षिक सुधारले अहिले मेयरमा निर्वाचित भएँ। समग्र सिरहाको सामुदायिक विद्यालयम

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ९५८ पटक पढिएको
    • समृद्धिपथ
  • हजयात्रालाई सहज र सुलभ बनाउन नेपाल मुस्लिम इत्तेहाद संगठनको माग, माग पूरा नभए आन्दोलनको चेतावनी

    सिरहा । साउदी अरेवियाको मक्का मदिना हजगर्न जाने नेपाली हजयात्रीका लागि सरकारले निर्धारण गरेको शुल्क अव्यावहारिक भएको भन्दै सिरहाका मुस्लिम समुदायको ध्यानाकर्षण भएको जनाएका छन् । इस्लाम धर्मावलम्बीको पवित्र धार्मिक स्थल मक्कामदिनामा हज गर्न जाने नेपालीका लागि नेपाल हज कमिटीले तोकेको चर्को शुल्कप्रति आपत्ति जनाउँदै नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले तत्काल सच्याउन सरकारसँग माग गरेका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाले जिल्ला प्रशासन कार्यालय सिरहा मार्फत गृह मन्त्रालयलाई पठाइएको ज्ञापन पत्रमा तोकिएको चर्को शुल्कसम्बन्धी निणर्यको घोर निन्दा एवं भर्तसना गर्दै विगतको भन्दा दोब्बर शुल्क ब

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • ६०३ पटक पढिएको
    • समृद्धिपथ
  • नेपालगञ्जमा राजा वीरेन्द्रको शालिक राख्ने क्रममा झडप, प्रहरीले गर्‍यो हवाइ फायर

    काठमाडौं। बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ। दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो। बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो। प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो। तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ। झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन्। धम्बोजी चोकलाई २०६२/६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • ४४४ पटक पढिएको
    • समृद्धिपथ
  • तराई मधेशमा ‘बटसावित्री’ पर्व मनाइदै

    लहान । पतिको दीर्घायुको कामना गर्दै तराई मधेशका जिल्लाहरुमा बटसावित्री ’बरसाइत’ पर्व मनाएका छन्। पतिको लामो आयु तथा दीर्घायु जीवनको कामना गर्दै सोमबार सिरहाको लहानमा पनि विवाहित महिलाले बटसावित्री पर्व मनाएका हुन्। आफ्ना पतिको दिर्घायु र सु-स्वास्थ्यको कामना गर्दै यस क्षेत्रका महिलाले यो पर्व मनाउने गर्छन् । वरको बृक्षमा धागो बाँधेर विधीपूर्वक पूजापाठ गर्दै यो पर्व मनाइन्छ । महिलाले बटवृक्षको नजिक पूजा गर्दा पतिको आयु लामो र स्वास्थ्य राम्रो हुने धार्मिक जनविश्वास रहि आएको छ। बटसावित्री पूजालाई मिथिला भाषामा ’बरसाइत’ पनि भन्ने चलन रहेको लहान ९ का व्रतालु लक्ष्मी साह

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • १,१८५ पटक पढिएको
    • समृद्धिपथ
  • जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन, जहाजको खोजीमा हेलिकोप्टर परिचालन

    काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर जहाज सम्पर्कविहीन भएको छ । जहाजमा १९ यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार थिए ।जहाज बिहान ९ बजेर ५५ मिनेटमा २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए। जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए।यात्रुहरुमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजीना श्रेष्ठ थिए । यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामा

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • ४३६ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका मेयर यादव आफैं झारु लिएर सफाई गर्न निस्केपछि

      जीवछ उदासी  लहान,जेठ १४ गते ।  सिरहा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएको केहि दिनपछि डा नविन यादव आफै झारु लिएर सरसफाईको लागि निस्कनु भएको छ ।  सुन्दर विकसित सिरहा नगरपालिका बनाउने प्रतिवद्धता गरेर मेयरमा सिरहा नगरवासीले जिताएकोले परिवर्तन र विकासको लागि सधैं अगुवाई गरिरहने उहाँले बताउनु भएको छ ।  मेयर नहुँदा सिरहा स्थित चन्द्र माध्यमिक विद्यालयलाई भौतिक र शैक्षिक परिवर्तनको लागि योगदान गरेकोले सिरहा नगरपालिकाको विकास र समृद्धिको लागि नगरवासीले सुम्पेको जिम्मेबारी पुरा गरि छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नगरप्रमुख यादवले भन्नुभयो,'शिक्षा स्वास्थ्य र कृष

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • ६२४ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा बाबु-छोराको धारीलो हतियार प्रहार गरी हत्या

    सिरहा, ८ जेष्ठ। सिरहामा बाबु छोराको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका १ महनौरका करिव ६० वर्षिय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षिय छोरा सन्तकुमार पालको गएराती हत्या भएको हो । सन्तकुमारको यहि जेष्ठ ११ गते विवाह हुने भएकाले गाउँले महिलाहरु विवाह गीत गाएर करिव १२ बजे सुतेका बाबु छोराको करिव २ बजे राति हत्या भएको स्थानीयले जानकारी दिए । स्थानीयका अनुसार राती करिव १२ बजेसम्म गीत बजि रहेको थियो, विहान पख करिव ३ बजे हत्याको घटना गाउँ भरी फैलि सकेको हुनाले २ बजेको आसपासमा घटना भएको हुनसक्ने बताए । घरको छुट्टाछुट्टै घरमा बुबा र छोरा सुते

    • प्रकाशित मितिः जेठ ८, २०७९
    • ९१३ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A