समाज

    Showing ५९१-६०० of ८५३ items.
  • सिरहामा बलात्कारका घटनामा बृद्धि

    समृद्धिपथ समाचारदाता, सिरहा । सिरहामा पछिल्लो समय बलात्कारका घटनामा बृद्धि हुुन थालेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सिरहाकोे तथ्याकंअनुसार पछिल्लो छ महिनाको अवधिमा २५ वटा बलात्कारका घटना दर्ता भएको हो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको छ । प्रस्तुत प्रतिवेदनमा जिल्लामा ५२ वटा मानवअधिकार हननका घटनाहरु संकलन गरीएको थियो । जसमा राज्य पक्षबाट १ र ५१ वटा घटना गैर राज्य पक्षब

    • प्रकाशित मितिः असार ३१, २०७८
    • ६६६ पटक पढिएको
    • समृद्धिपथ
  • नयाँ बजार निर्माण कार्यमा सहयोग गर्न नगरप्रमुख साहको आग्रह

    जिवछ उदासी लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान समृद्ध लहान’को नारा कार्यान्वयनको क्रममा नयाँ बजराको आधुनिकीकरण निर्माण कार्यमा सहयो गर्न सबैसँग आग्रह गर्नु भएको छ । लहान नगरपालिका–५ नम्बर वडा कार्यालयको नव निर्मित भवनलाई बाख्रा बजारमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो । चुनावमा गरेको प्रतिवद्धतामध्ये ९० प्रतिशत पुरा गरि सकेको दाबी गर्दै उहाँले गौरवको योजनाहरुमध्ये नयाँ बजारको नयाँ स्वरुप दिन निर्माण कार्य अघि बढाउने तयारी भइरहेकोले बाधा उत्पन्न नगरी सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख साहले भन्नुभयो,‘सहमति सहकार्य र एकताको माध्यमबाट लहानको

    • प्रकाशित मितिः असार २७, २०७८
    • ८६३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान थानाको हिरासतमा रहेका थुनुवा ग्रिल काटेर फरार

    लहान । इलाका प्रहरी कार्यालय लहानको हिरासतमा रहेका एक थुनुवा आज फरार भएका छन् । लागुऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहाको नवराजपुर गाउँपालिका-१ निवासी ३५ वर्षीय पशुपति यादव बिहान २ः ०० बजेतिर हिरासतको ग्रिल काटेर फरार भएका हुन् । प्रहरीको आँखा छलेर हिरासतको ग्रिल काटेर फरार भएका यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । यसैबीच सिराहा प्रहरीले विगत दुई साताको अवधिमा कर्तव्य ज्यानसहित विभिन्न मुद्दाका नौ फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ । कैद र जरिवानाको फैसला सुनाएका फ

    • प्रकाशित मितिः असार २६, २०७८
    • ७०७ पटक पढिएको
    • समृद्धिपथ
  • ललकुमावि लहान–३ रघुनाथपुर प्रगतिपथमा

    जिवछ उदासी लहान नगरपालिकाले हाम्रो लहान, समृद्ध लहानको नारा तय गरेर अघि बढिरहेको छ । लहानको सम्पन्नताको लागि मात्रै नभएर कुनै पनि ठाँउको विकासमा शिक्षाको महत्पूर्ण भूमिका हुन्छ । सामुदायिक विद्यालय पछि परेको अवस्थामा केहि केहि विद्यालयहरु प्रगतिपथमा रहेको छ । यस्तो विद्यालयको श्रेणीमा लहान –३ स्थित लक्षमण ललिता क्ुशवाहा माध्यमिक विद्यालयलाई लिन सकिन्छ । दुई दशकदेखि मावि सञ्चालन रेहेको यस विद्यालयले प्रगति गर्नुको प्रमुख कारण विद्यालय व्यवस्थापन समितिको सक्रियता, शिक्षकहरुको लगनशीलता र समाजको सहयोगी भावना नै हुन् । लहान नगरपालिकाभित्र रहेको पशुपति आदर्श माध्यमिक विद्यालय र बस्तीपुर माध्यम

    • प्रकाशित मितिः असार २५, २०७८
    • १,४१४ पटक पढिएको
    • समृद्धिपथ
  • बालबालिकाहरुलाई पाठ्य पुस्तक एवं दिवा खाजा रकम वितरण

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिका ४ स्थित रहेको लक्षमण ललिता कुशवाहा माध्यमिक विद्यालय, रघुनाथपुरमा विद्यार्थीहरुलाई पाठ्य पुस्तक र दिवा खाजाको रकम वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत बाल विकासदेखि कक्षा-५ सम्मका तीन सय जना विद्यार्थीहरुलाई दैनिक पन्द्र रुपैयाको दरले दलित विद्यार्थीलाई २ हजार ३०५ रुपैया, गैर दलितलाई एक हजार ९०५ रुपैया र महिला विद्यार्थीलाई २ हजार ३३५ रुपैयाका दरले दिवा खाजा कार्यक्रम बापतको रकम वितरण गरिएको विद्यालयका प्रधानाध्यापक शिवशंकर महतोले जानकारी दिनुभएको हो । उक्त अबसरमा एक कक्षा देखि पाँच कक्षासम्मका विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालय व्यवस्थ

    • प्रकाशित मितिः असार २४, २०७८
    • ९६० पटक पढिएको
    • समृद्धिपथ
  • ‘अप्रयाप्त बजेटका कारण शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र प्रभावित’

    दुर्गा परियार, लहान । विष्णुपुर गाउँपालिकाले शिक्षा, स्वास्थय र कृषि क्षेत्रमा बजेट कम बिनियोजन गरेकोले चाहेर पनि शिक्षा र कृषीमा सुधार गर्न नसकेको वडा नं १ का वडा अध्यक्ष गोपि यादवले जानकारी दिनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मंगलवार विष्णुपुर गाउपालिकामा खाद्य अधिकार विषयमा अभिभावक, शिक्षक र बिद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो । स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्र्तगत संचालित कार्यक्रममा वडा कार्यालयले अगामी वर्षको कार्य योजनामा कृषीमा आत्म निर्भर गराउन सिचाइमा आत्म निर्भर बनाउने र कृषी मिटरक

    • प्रकाशित मितिः असार २३, २०७८
    • ५५२ पटक पढिएको
    • समृद्धिपथ
  • मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण

    एलिना हिङ्गमाङ्ग चौधरी, लहान । सानिमा लाईफ ईन्सोरेन्स लिमिटेड लहान शाखाले एक मृतकका परिवारलाई जिवन विमा वापतको रकम हस्तान्तरण गरेको छ । लहानमा एक कार्यक्रमको आयोजना गरि मृतक ५५ वर्षीय जोगी ठाकुरकी श्रीमती सागर देवी ठाकुरलाई जीवन वीमा वापतको रकम एकमुष्ट चार लाख चौरासी हजार ८ सय ६ रुपैयाको चेक शाखाका म्यानेजर जितेनद्र चौधरी र अभिकर्ता विरेन्द्र शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको हो । सिरहाको साविक रामपुर विर्ता गाविस ५ हाल मिर्चैया नगरपालिका वार्ड नं १ वस्ने कृषि पेशा गर्दै आएका जोगीको यही जेठ १६ गते आप्नै कालगतिले मृत्यु भएको थियो । विमित ठाकुरले विमांङ्क २ लाख ४० हजारको शुम लक्ष्मी

    • प्रकाशित मितिः असार २२, २०७८
    • ७८९ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न

    दुर्गा परियार, लहान । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आइतवार सिरहाको सखुवानन्कारकट्टी गाउपालिकामा स्थानीय समुदायलाई सचेत बनाउदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यका साथ सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सखुवानन्कारकट्टी गाउपालिकाका अध्यक्ष केदारनाथ यादवले सार्वजनिक सुनुवाइ कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताउदै उहाँले गाउँपालिकाको नीति निमार्ण तथा कार्ययोजना कार्यान्वयनमा गाउपालिकालाई सचेत हुन तथा मानवअधिकार मैत्री योजना बनाउन सघाउ पुग्ने बता

    • प्रकाशित मितिः असार २२, २०७८
    • ४३९ पटक पढिएको
    • समृद्धिपथ
  • हुलाकी राजमार्ग अन्तर्गत सिरहा–धनुषा जोड्ने निर्माणाधीन कमला पुल भासियो

    लहान । सिरहा–लहानको सिमावर्ती क्षेत्रस्थित हुलाकी राजमार्गमा निर्माणाधीन कमला पुल भासिएको छ । ०७८ साल असार १३ गते हस्तान्तर गरी सञ्चालनमा ल्याउने भन्दै सम्झौता भएको उक्त पुल सञ्चालनमा नआउँदै भासिएको हो । सिरहाको बसपिट्टा घाटस्थित निर्माणाधीन उक्त पुलको स्पान भासिएपछि तत्काल सञ्चालन हुने सम्भावना टरेको छ । धनुषा र सिरहा जिल्लालाई जोड्ने पुलको १२ वटा स्पानमध्ये पूर्व–पश्चिमतर्फको दोस्रो स्पान भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिनु भयो । प्रजिअ कँडेलले भन्नुभयो– ‘पुलमा १२ वटा स्पान बनाइएको छ, जसमध्ये सिरहा तर्फबाट दोस्रो स्पान करिब एक फिट तल

    • प्रकाशित मितिः असार १७, २०७८
    • ६०९ पटक पढिएको
    • समृद्धिपथ
  • धान दिवसको अवसरमा अगुवा किसानलाई सम्मान र कृषि सडक निर्माण

    जिवछ उदासी १८ औ धान दिवसको अवसरमा लहान नगरपालिकाले ‘धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षामा आत्मनिर्भरता र समृद्धि’मूल नाराको साथ लहान नगरपालिकाका अगुवा कृषक समूहलाई नगद पुरस्कार ससहित गम्छा ओढाएर सम्मान गरेको छ भने लहान–१३ मा कृषि सडक निर्माण सम्पन्न गरेको छ । लहान नगरसभा हलमा अगुवा कृषक समूहहरु मध्ये १० वटा समूहलाई प्रति समूह दस हजार नगद सहित समूहका अगुवा कृषकलाई गम्छा ओढाएर प्रमाण पत्र सहित वितरण गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो,‘कृषकहरु आत्मनिर्भर नहुञ्जेलसम्म नगर समृद्ध नहुने, हाम्रो लहान समृद्ध लहानको सपना पनि सकार नहुने भएकोले कृषकहरुलाई आत्म निर्भर बनाउन कृषि

    • प्रकाशित मितिः असार १५, २०७८
    • ८२४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A