जिवछ उदासी ÷ फिरोज सिद्धिकी बर्षिकी नीति तथा बजेट सार्वजनिकीकरण कार्ययक्रमको लागि आयोजि पत्रकार सम्मेलनमा लहान नगरप्रमुख मुनि साहले चुनावमा नगरवासीसँग गरेको हवाई मैदान निर्माण र चिडियाखाना संचालन बाहेक सवै प्रतिवद्धता पूरा गर्ने गरी बजेट ल्याएको बताउनु भएको छ । लहान नगरपालिकाका वेलुकी पाँच बजे आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख साहले सविस्तार भन्नुभन्नुभयो,पूर्वाधार एवं शहरी विकास अन्तर्गत स्वच्छ सफा हरित सुन्दर लहान,हाम्रो राजमार्ग विकसित राजमार्ग ,नगर यातायात गुरुयोजना,‘पक्की नहर रमणीय नहर’ स्मार्ट सिटी,पूरानो बजारलाई कलर सिटी,दलित र घर विहिनलाई व्यवस्थित बसोवास लगायत १८
जिवछ उदासी लहान, असार १२ गते । देशामा प्रदेशमा र स्थानीय तहमा जहाँ हेरयो त्यहि नेकपाको सरकार । जुन दलको तीनै तहमा वर्चश्व त्यो दल शक्तिशाली हुनु स्वभाविक पनि हो । दल बाहिर र भित्र दुबैतिर बलियो हुनु पर्दथ्यो तर सरकामा सहभागी भएपछि सरकारी दल बनेपछि एकले अर्कालाई सहयोग साथ र समर्थन गरेर कम्युनिष्ट सत्तालाई पटक पटक चुनावबाट अनुमोदन गराउन लाग्नुपर्नेमा पाँच वर्ष सरकार सफल रुपमा चल्छ कि चल्दैन भनेतर्फ गतिविधिहरु उन्मुख भइरहेको छ । एउटा प्रकरण सकिएपछि अर्को प्रकरणमा शीर्ष नेताहरु लगेर पाटीका अन्य गतिविधिहरु प्राय शुन्य हुँदै गएको छ । केहि दशकमै कम्युनिष्ट पार्टीहरु नेपालमा जिरोबाट हिरो बन्न सफल भएक
जिवछ उदासी /फिरोज सिद्धिकी सुखीपूर नगरपालिकाको चौथो नगरसभाले प्राथमिकतामा चार क्षेत्रलाई राख्दै ६४ करोडभन्दा बढीको बजेट पारित गरेको छ । विहिबार सार्वजानिक गर्दै नगरप्रमुख यादवले भन्नुभयो,सुखीपूरको जनतालाई सुखी बनाउने उद्येश्यका साथ शिक्षा,सडक, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नगरपालिकाले विगतदेखि काम गर्दै आइरहेको छ । यस वर्षको बजेटबाट अधुरा योजाहरुलाई पूरा गर्दै सुखीपूर नगरपालिकालाई नगरको स्वरुप दिन पक्की सडक, व्यस्थित अस्पताल, सुविधा सम्पन्न विद्यालय र कृषिलार्ई आधुनिकीकरण र आत्मनिर्भर बनाउन बजेट लक्षित रहेको प्रष्टयाउनुभयो । अगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ६४ करोड २२ लाख
जिवछ उदासी लहान नगरपालिकाले नीति नीयम सहित ६ वटा कानुन सहित छैठौ नगरसभाबाट दुई अर्वभन्दा बढीको बजेट अगामी आर्थिक वर्ष २०७७÷७८ को लागि बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको छ । असार १० गते नियमित रुपमा छैठौ नगरसभामा पेस गरेका भूमि व्यवस्था सम्बन्धी ऐन २०७७,विद्यापति भानुभक्त वचनालय ऐन,२०७७,फोहोर तथा लेदो व्यवस्थापन नीति २०७७, कर्मचारी व्यवस्थापन ऐन २०७७ र लहान नगरपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा ऐन२०७५(चौथो संशोधन) पारित गरिएको लहान नगरपालिका प्रशासकीय प्रमूख खेमनन्दन भूषालले जानकारी दिनुभयो । यसैगरी आगामी आर्थिक वर्षका लागि प्रस्ताविक बजेट चालुतर्फ खर्च रु ८७ करोड ढलाख अर्थात ३७.४
जिवछ उदासी सिरहाको भगवानपूर गाँउपालिकमा यस वर्ष समयमा गाँउ सभा समपन्न गर्न र विकासको लागि भगवानपूर गाँउपालिकाका प्रमुख दुई दल एकै ठाँउमा उभिएका छन् । त्यस गाँउपालिकामा नव गठित जनता समाजवादी पाटीका गापा अध्यक्ष, उपाध्यक्ष सहित दुई वडा र तत्कालिन नेकपा एमाले अहिले नेकपाका तीन वडा र मनोनित सहित बहुमत सदस्यहरु निर्वाचित रहेका छन् । चारवटा गाँउसभा कहिलेपनि समयमा सम्पन्न भएन । समयमा गाँउसभा सम्पन्न नहुँदा समयमा विकास नहुने सास्ती त्यस गाँउपालिकाका स्थानीय र सेवा लिने लाग्राहीहरु समस्या खेप्दै आइरहेको जनगुनासो बढ्दै गइरहेको समस्यालाई ध्यानमा राखेर जनता समाजवादी र नेकपा विकासको लागि सहमति गरेर यस वर
जिवछ उदासी लहान,९ गते । सामुदायिक विद्यालयभन्दा निजि विद्यालयहरुमा पाठ्यपूस्तक स्तरीय र रङिगन भएकोले पनि सामुदायिकभन्दा निजिमा विधार्थीहरुको आकर्षण बढिरहेको थियो । यस वर्ष सामुदायिक विद्यालयमा पनि रङिगन र स्तरीय पाठ्यपुस्तक वितरण गरिएकोले शिक्षकहरु पनि खुसी र विधार्थीहरु पनि हुरुककै भएका छन् । लहान १० श्री जनता आधारभूत विद्यालदयका शिक्षिकाहरु यदुमाया त्रिताल लक्ष्मी थापा र कञ्चना साह भन्नुहुन्छ,पाठ्यपूस्तमा समेत निजि र सामुदायिकमा अकाश पतालको फरक थियो । नर्सरी र कक्षा १ को निजि बोर्डिङग र सामुदायिक विद्यालयको पाठ्यपूस्तकमा देखिएको भिन्ताले हामीले चाहेर पनि विधार्थी भर्नाको लागि सामुदायिक भन्
काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ९९ पुगेको छ। मंगलबार पाँच सय ३८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। जसमध्ये ९० जना महिला र चार सय ४८ जना पुरुष रहेका छन्। यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मृतक दैलेख, दुल्लुनगर नगरपालिका३ का ४५ वर्षिय पुरूष हुन्। ती पुरुषको असार ८ गते साढे ९ बजे सुर्खेत प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा निधन भएको हो र उनमा क्षयरोग तथा दमको सवास्थ्य समस्या थियो । उनलाई असार ३ गते दुल्लु अस्पताल दैलेखबाट उपचारकालागि प्रादेशि
जिवछ उदासी लहान, असार ८ गते । सत्ताधारी दलले विदेशी नागरिकले विवाह भएको सात वर्षपछि नागरिकता पाउनुपर्ने निर्णय गरे लगतै तराई मधेशमा फेरि असन्तुष्टि व्यक्त हुन थालेको छ । मधेशको असन्तुष्टिलाई एकमुष्ट सामाधान गर्न सरकारको प्रयास हुनु आवश्यक छ । सात वर्षसम्म अंगिकृत नागरिकताको लागि पर्खिनुले नेपाल भारतबीच रहेको बेटी रोटीको सांस्कृतिक सम्बन्धमा दरार पैदा हुने भएकोले यसले हित गर्दैन भने मत राखेर मधेशवादी दलहरु र नेपाली काँग्रेसले समेत फरक मत मात्रै होइन आन्दोलनको लागि साइत हेर्न थालेको छ । नागरिकातको लागि संसदीय समितिमा छलफलको लागि दुई वर्षसम्म अनिर्णय रहेको विषयलाई सबैको सहमतिका सट्ट नेकपाले बहुम
जिवछ उदासी लहान, असार ७ गते । सप्तरी सुरङाा नगरपालिका –४ कदमाहाका२९ वर्षिय ओम प्रकाश मण्डललाई गएको विहिबार ४ गते राती त्यहि गाँउका स्थानीय सात जना युवाहरुले अपहरणको शैलीमा राती ११ बजेतिर गाँउको पश्चिमपटिको खेतमा लगेर ज्यान मार्न प्रयास गरेका थिए । घट्नामा संलग्न सातै जना अहिले फरार भएका छन् । आइतबार ओम प्रकाशका पिता लक्ष्मी मण्डलले आफनै घरमा पत्रकार सम्मेलन गरी ज्यान मार्ने प्रयास गरेका सातै जना युवाहरुलाई प्रहरीले पक्राउ गरी कारवाही गर्नुपर्ने माग गर्नु भएको हो । उहाँको अनुसार विहिबार राती ११ बजेतिर त्यहि गाँउका २१ वर्षिय ऋषि सिंहले ओम प्रकाशलाई बोलाइर गाँउको दक्षिणपटि बोलाएर दाई मसँग
जिवछ उदासी लहान, असार ६ गते । लहान १५ शोभापुरका दलित मुशहर समुदाय दलितलाई माया गर्ने मेयर मुनि साह पटक पटक यस बस्तीमा गरीवका पीडा बुझ्ने गर्नु भएको भन्दै चुनावको वेला गरेको प्रतिवद्धता पुरा गर्न लाग्नु भएको मेयर साहको कार्यशैली प्रशंसनीय रहेको खुसी व्यक्त गरेका छन् । शनिबार नगरपालिका क्षेत्रमा नियमित भ्रमण अवलोकन नियमित गर्नुहुने लहान नगरपालिकाका मेयर साह शोभापुरका दलित वस्तीमा पुगेर दुख सुखका कुरा गर्ने क्रममा त्यस वस्तीका दलति समुदायहरुले यस्तो भाव पोखेका हुन् । ७० वर्षिय सकली देवी सदाय बस्तीमा मेयर साहलाई देख्ने वित्तिकै भन्नुभयो, यस वस्तीका दलितहरु मुतनी खोलाको फोहोर पानी खाएर जनावर जस्तो
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A