फिरोज सिद्दिकी सिरहा । सिरहा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ मा अवस्थित ऐतिहासिक पतारी पोखरीमा नव वर्षको दोस्रो दिन वैशाख २ गते प्रत्येक वर्ष झैं यसपटक पनि भव्य मेला सम्पन्न भएको छ। नेपाल, भारत लगायत विभिन्न देशका लाखौं श्रद्धालु भक्तजनको उपस्थितिमा मेला विशेष धार्मिक वातावरणमा सम्पन्न भएको हो। विशेषगरी निःसन्तान दम्पतीहरू सन्तान प्राप्तिको कामनासहित आउने यस मेलामा भक्तजनहरूको अपार भीड लाग्ने गरेको छ। सन्तान प्राप्तिको विश्वासका साथ पोखरीमा स्नान गरी पहिलो डुबुल्कीमै भेटिएको कुनै पनि जीवलाई मुठ्ठीमा राखी गाउँको सीमा नाघेपछि मात्र कपडा फेर्ने परम्परा वर्षौंदेखि चलिआएको छ। लक्ष्म
जीवछ उदासी नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सर्वसम्मत रुपमा युवा नेता अशोक कुमार यादव चयन भएकोले नेतृत्व युवा पुस्तामा हस्तान्तरण भएको अर्थमा लिन सकिन्छ । नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुनु समयको माग हो । किसानको भाषामा उत्पादन बढाउन 'हाइब्रिड' प्रजातिको बीउ प्रयोग हुनु राजनीतिमा कम्प्युटर जस्तै अपडेइट भएको पुस्ता नयाँ आउनुलाई परिवर्तन भएको नै मान्न सकिन्छ । चैत २६ गते जिल्ला अधिवेशन उद्घाटन नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको थियो । उहाँले नेतृत्व सर्वसम्मत रुपमा चयन गर्न दिनु भएको निर्देशनलाई नै समय ल
महोत्तरी । वैशाख लागिसक्दा पनि महोत्तरीका धेरै गाउँ तथा नगर बस्तीमा स्वच्छ र पर्याप्त पानीको आपूर्ति अभावका कारण स्थानीयवासीको दैनिकी गाह्रो बन्दै गएको छ। खानेपानीको मुख्य स्रोत रहेका जरुवा, इनार, चापाकल, नदी र खोल्साखोल्सीका मुहानहरू सुक्दै जाँदा जिल्लाभरि गम्भीर खडेरीको संकट देखिएको छ। गत फागुन अन्त्यदेखि नै सुरु भएको पानीको अभाव अहिले वैशाख लाग्दा झनै तीव्र बन्दै गएको छ। बर्दिबास नगरपालिका–१४ का भीमबहादुर आले भन्छन्, 'अहिले नै धारामा पानी आउन छाडेको छ भने जेठ–असारको घाम कति कडा होला भन्ने चिन्ताले सताएको छ।' बर्दिबास, भङ्गाहा, गौशालालगायतका नगर क्षेत्रमा सयभन्दा बढी टोलमा खाने
राजविराज । मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सले दमदार प्रदर्शन गर्दै कोशी दुहबी क्यापिटललाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मंगलबार राजविराजमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको कोशी दुहबीले छिन्मस्तालाई ब्याटिङको निम्तो दिएको थियो। छिन्मस्ताले १८ ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। छिन्मस्ताका लागि शंकर राणाले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६५ रनको योगदान दिनुभयो। सन्तोष कार्कीले ३१ रन र रोहन विकले २२ रन बनाउँदै टिमको स्कोर मजबुत बनाउन साथ दिएका थिए। कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले समान
सिराहा, वैशाख २ गते । सोमबार राति आएको भीषण हावाहुरीले मिर्चैया नगरपालिका–१, महदेवास्थित सार्वजनिक पोखरीको डिलमा रहेको एक झुपडीको छाना उडाएपछि त्यहाँ बसोबास गर्दै आएकी एकल महिला फुदुरदेवी सदा बिचल्लीमा परेकी छन्। झुपडीको छाना उडेर घर खुलेको आकाशजस्तो भएपछि उनी छोरीसहित छिमेकीको घरमा शरण लिन बाध्य भएकी छन्। झन्डै दुई वर्षअघि श्रीमान् मगनिया सदाको निधन भएपछि करिब ४३ वर्षीया फुदुरदेवी आफ्ना दुई छोराहरू विदेशिएका र छोरीसँग गाउँमै मजदुरी गर्दै गुजारा चलाइरहेकी थिइन्। अत्यन्तै विपन्न अवस्था र अभावमा बस्दै आएकी सदा परिवारले दुःखसुख गरेर बनाएको टिनको छानासमेत हावाहुरीले उडाएपछि अहिले खुला आकासम
काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक घटनाको १५ दिनपछि पूर्वराजा ज्ञानेन्द्र शाहले मौनता तोडेका छन्। नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै उनले उक्त घटनाप्रति दुःख प्रकट गरेका छन्। भिडिओ सन्देशमार्फत शाहले भनेका छन्, "समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो।" तर, त्यही अभिव्यक्तिका क्रममा हिंसा, आगजनी र तोडफोडजस्ता गतिविधि हुनु दुःखद रहेको उनले बताएका छन्। "केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट भएको मानवीय तथा भौतिक क्षतिले हामीलाई दुःख लाग्यो," शाहको भनाइ छ। पूर्वराजाल
पर्सा । वीरगन्जमा जारी कर्फ्यू आदेशको अवधि आइतवार राति १२ बजेसम्म थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले आइतवार एक सूचना जारी गर्दै सुरक्षा संवेदनशीलता र सर्वपक्षीय निर्णयका आधारमा कर्फ्यू समयावधि थपिएको जनाएको हो। प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, आइतवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले वर्तमान परिस्थितिको मूल्यांकन गर्दै राति १२ बजेसम्म कर्फ्यू जारी राख्ने निर्णय गरेको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधिहरू, नागरिक समाज, जनप्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो। प्रशासनले पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्ष
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित गम्भीर आपराधिक गतिविधिमा संलग्न रहेका दुर्गा प्रसाद प्रसाई र दिपक खड्का पक्राउ परेका छन्। झापा जिल्लाको भद्रपुरबाट पक्राउ गरिएका यी दुई व्यक्तिमाथि काठमाडौं जिल्ला अदालतबाट १२ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ। २०७८ सालको चैत १५ गते 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महा अभियान नेपाल'ले दुर्गा प्रसाद प्रसाईको नेतृत्वमा आयोजना गरेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधि भएको थियो। प्रहरीले जनाए अनुसार, सो प्रदर्शनमा सहभागी समर्थकहरुलाई उत्तेजित पार्दै निष
जीवछ उदासी नेकपा एमालेको ११ औ जिल्ला अधिवेशनको बन्द सत्र सिरहा सदरमुकाम सिरहामा चलि रहेको छ । सर्वसम्मत नेतृत्व चयनको लागि अध्यक्ष मण्डल लागि परेको छ । अध्यक्ष मण्डलको संयोजक एमाले सिरहा इन्चार्ज केन्द्रिय सदस्य सर्बसम्मत नेतृत्व चयनको लागि सारा तागत झोक्नु भएको छ । उद्घाटन सत्रमा पार्टीमा गुट उपगुटको जन्म हुन नदिन सर्वसम्मत नेतृत्व चयनको लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले निर्देशन दिनु भएको थियो । अध्यक्ष ओलीको निर्देशनलाई आधार बनाएर नै मधेश प्रदेशको इन्चार्ज समेत रहनु भएको लिलानाथ श्रेष्ठ सर्वसम्मत नेतृत्व चयनको लागि पार्टीको पुरानो पुस्ताबाट नेतृत्व छान जोड घटाउ
फिरोज सिद्दिकी सिरहा, चैत २६ गते । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुको हिंसात्मक गतिविधिप्रति जनतामा गहिरो घृणा उत्पन्न भएको बताएका छन्। गत चैत १५ गते काठमाडौंमा भएको तोडफोड, आगजनी, औषधि कारखानामा आगो लगाउने र पत्रकारको हत्या गर्ने घटनालाई उद्धृत गर्दै उनले यस्तो घृणित कार्यले राजावादीको वास्तविक रूप जनसमक्ष उजागर भएको बताएका हुन्। मंगलबार सिराहाको सदरमुकाममा रहेको सत्यनारायण सूर्यनारायण मोरबैता क्याम्पसको प्रांगणमा आयोजित नेकपा एमाले सिराहाको ११औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ओलीले सरकार विकास, समृद्धि र स्थायित्वको एजेन्डामा अघि बढिरहेको
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A