मधेश प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्मस्ताको शानदार जित

  • वैशाख २, २०८२
  • समृद्धिपथ
alt

राजविराज । मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सले दमदार प्रदर्शन गर्दै कोशी दुहबी क्यापिटललाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

मंगलबार राजविराजमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको कोशी दुहबीले छिन्मस्तालाई ब्याटिङको निम्तो दिएको थियो। छिन्मस्ताले १८ ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो।

छिन्मस्ताका लागि शंकर राणाले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६५ रनको योगदान दिनुभयो। सन्तोष कार्कीले ३१ रन र रोहन विकले २२ रन बनाउँदै टिमको स्कोर मजबुत बनाउन साथ दिएका थिए। कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले समान तीन तीन विकेट लिँदै प्रभावशाली बलिङ प्रदर्शन गर्नुभयो।

१५५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको कोशी दुहबी १३.४ ओभरमै ९८ रनमा समेटियो। उसका लागि इसान पाण्डेले ३७, सोनु अन्सारीले २९ र दिपेश कडेलले १६ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानहरू धराशायी बने।

छिन्मस्ताका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। नारायण जोशी र दिनेश अधिकारीले समान ३–३ विकेट लिए भने अभिषेक कार्कीले २ र दिवान पुनले १ विकेट लिन सफल भए।

यसअघिको उद्घाटन समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ब्याटिङ गरेर प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको थियो।

एमपीएलको यो विजयी सुरुवातसँगै छिन्मस्ता रूपनी मधेश राइडर्सले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउँदै अगाडि बढेको छ।

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A