फिरोज सिद्दिकी लहान, सिरहा । लहान नगरपालिकामा उपमेयर रामचरित्र महतोमाथि कार्यकक्षमै हातपात भएको छ। उपमेयर महतोले बिहीबार लहान-२२ का वडाध्यक्ष श्याम अधिकारीसहित आएका एक समूहले आक्रमण गरेको आरोप लगाएको हो। नगरपालिकाका योजनाहरूको अनुगमन तथा उपभोक्ता समितिका विषयमा विवाद भइरहेका बेला घटनाको सुरुवात भएको हो। उपमेयर महतोका अनुसार नगरपालिकामा गुणस्तरहीन कामको कागजातमा हस्ताक्षर गराउन जबरजस्ती गरिएको छ। जब उनले अनुगमन बिना हस्ताक्षर गर्न अस्वीकार गरे, त्यही विषयलाई लिएर उनीमाथि हातपात भएको हो। महतोले नगर प्रहरीलाई बोलाउँदा समेत सहयोग नपाएको बताएका छन्। 'हातपात भइरहँदा नगर प्रहरीला
फिरोज सिद्दिकी लहान, सिरहा । मुस्लिम समुदायको पवित्र पर्व रमजानको अवसरमा युथ मुस्लिम वेलफेयर सोसाईटी नेपाल, लहान, सिरहाले ८० जना विपन्न हिन्दु-मुस्लिम परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ। रमजान पर्वमा दिनभरि रोजा बस्ने मुस्लिम धर्मावलम्बीहरूले साँझ धार्मिक विधिअनुसार इफतार गर्छन्। तर, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई रमजान मनाउन कठिनाइ हुने भएकाले सोसाइटीले सहयोग गरेको हो। ‘ईद सामग्री वितरण’ कार्यक्रम अन्तर्गत गरीब, विधवा, अनाथ तथा असहाय पीडित परिवारलाई प्राथमिकता दिँदै प्रति परिवार २५ केजी चामल, १ केजी सबई, १ केजी प्याज, आधा केजी चिनी, आधा लिटर तेल र ५ सय नगद सहितको
सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दीपक मल्लिकको घर भत्काइएको घटनामा प्रहरी प्रशासनको कमीकमजोरी देखिएको भन्दै सिरहाका प्रहरी प्रमुख रमेश पण्डितलाई हेडक्वाटर तानिएको छ। प्रहरी प्रधान कार्यालयले पण्डितलाई काठमाडौंस्थित हेडक्वाटरमा तान्दै, उनको ठाउँमा प्रहरी उपरीक्षक (एसपी) अनन्तराज शर्मालाई सिरहाको नयाँ प्रहरी प्रमुखका रूपमा पठाएको गृह मन्त्रालय स्रोतले जनाएको छ। उक्त घटनाका कारण स्थानीय प्रशासनको भूमिकाप्रति व्यापक आलोचना भएपछि यसअघि गत शुक्रबार सिरहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव दाहाललाई पनि गृह मन्त्रालय तानिएको थियो। औरही गाउँपालिकामा महायज्ञको
संजुकुमारी दास गोलबजार, सिरहा । गोलबजार नगरपालिकाको वडा नं. १३ का ३० जना किशोरीहरूको सहभागितामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। मुक्ति नेपाल, गोलबजारद्वारा आयोजित उक्त तालिममा किशोरीहरूलाई आफ्नै शरीरका भित्री तथा बाहिरी प्रजनन अंगहरूबारे गहिरो ज्ञान दिलाउँदै, तिनलाई स्वस्थ राख्ने उपायहरू सिकाउने उद्देश्य सहित तालिम सम्पन्न भएको हो। तालिममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले लिंग र लैंगिकता, लैंगिक हिंसा, समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासहरू र तिनले किशोरी तथा महिलाको स्वास्थ्यमा पार्ने असरबारे विस्तृत छलफल गरिन्। साथै, किशोरावस्था, प्रजनन स
सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु सदाय सामूहिक बलात्कार र शंकास्पद मृत्युको घटनामा पञ्चायती गर्ने एक जना कारागार चलान भएका छन्। सिरहा जिल्ला अदालतले मंगलबार वडा सदस्य नथुनी साहलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। सिरहा जिल्ला अदालतका मुख्य न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले साहलाई कारागार पठाउने आदेश दिएका छन्। अदालतका श्रेस्तेदार निरज पोखरेलका अनुसार, अदालतले पञ्चायतीमा भूमिका खेल्ने अन्य ६ जनासँग जनही डेढ लाखका दरले धरौटी माग गरेको छ। स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, रामदेव सदा, कारी सदा र अपहरण तथा बलात्कारका आरोपित दुई
जीवछ उदासी लहान,चैत १२ गते । सगरमाथा चौधरी आँखा अस्पतालले कान विभागमा देखिएको समस्या समाधान चाँडै गरिने अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले अस्पतालमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशाकीय प्रमुख अभिषेक रोशनले यस्तो बताउनु भएको छ । कान विभागका मेसु विजय चौधरीले त्यहि विभागमा कार्यरत अडियोमेट्रि सहायक सिमा महतोलाई मानसिक तनाव दिइएको घट्ना केहि दिन पहिले सामाजिक सञ्जाल र विभिन्न मिडियाहरुबाट बाहिरिएपछि अस्पताल प्रशासनले मङ्गलबार पत्रकार सम्मेलन गरेर आफ्नो अधिकारिक धारणा सार्वजानिक गरेको छ । पत्रकार सम्मेलनमा प्रशासन प्रमुख रोशनले भन्नुभयो,'
फिरोज सिद्दिकी सिरहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सिरहाले जिल्ला हुलाक कार्यालयको नियुक्ति प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विरोध गरेको छ। एमाले नगर कमिटी सिरहाका अध्यक्ष दिपक यादवको नेतृत्वमा एक टोलीले जिल्ला हुलाक कार्यालय सिराहालाई ज्ञापन पत्र बुझाउँदै अविलम्ब नियुक्ति प्रक्रिया बदर गर्न माग गरेको हो। ज्ञापन पत्रमा भनिएको छ कि हुलाक कार्यालयले हालै पदपूर्तिका लागि गरेको नियुक्ति प्रक्रियामा अनियमितता भएको छ। पार्टीका अनुसार योग्य र हकदार उम्मेदवारलाई बेवास्ता गर्दै पहुँच र प्रभावका आधारमा नियुक्ति गरिएको छ। एमाले जिल्ला कमिटीले २४ घण्टाभि
सिरहा । सिरहाको गोलबजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र एक शव फेला परेको छ। शव फेला परेको खबर पाएपछि इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुगेको छ। प्रहरीका अनुसार शवको पहिचान खुल्न सकेको छैन। तर सोही गाउँकी १३ वर्षीया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी थिइन्, जसका कारण स्थानीयहरूले शव उनकै हुन सक्ने आशंका गरेका छन्। बालिका खातुन गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनी फागुन २९ गते बिहान ९ बजे घरबाट निस्केकी थिइन् तर फर्केर नआएपछि उनकी आमा जाहेदा खातुनले चैत १ गते इलाका प्रहरी कार्यालयमा छोरी हराएको जानकारी गराउँदै नि
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। आज बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले काठमाडौँको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेका थिए। उनीहरूले कुलमान घिसिङलाई हटाउनु जनताको चाहनाविपरीत रहेको दाबी गर्दै सरकारको निर्णय तत्काल खारेज गर्न माग गरे। कुलमान घिसिङलाई हटाइएको विषयलाई लिएर चौतर्फी विरोध भइरहेका बेला विद्यार्थी संगठनहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छ
सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलित समुदायमाथि भएको ज्यादती प्रकरणमा पीडित परिवारले गाउँपालिका अध्यक्षसहित तीन जनाविरुद्ध जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन्। शनिबार, दलित समुदायका अगुवासहित जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका पीडितहरूले गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबालाई प्रतिवादी बनाएर जाहेरी दिएका हुन्। पीडित दीपक मल्लिककी श्रीमतीका अनुसार, उनीहरू अहिले पनि त्रासमा छन्। उनले भनिन्, “घरमा खानेकुरा केही छैन। गाउँपालिका अध्यक्षका छोराले पैसा लिएर आएर मिल्न भनेका थिए,
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A