राष्ट्रिय

    Showing ५८१-५९० of १,०९५ items.
  • एमाले प्रदेश अध्यक्षमा सिरहाका मण्डल सर्वसम्मत चयन

    जीवछ उदासी  लहान, असोज २६ गते । मधेश प्रदेशको प्रथम अधिवेशनबाट सिरहाका चन्देश्वर मण्डल अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा असोज (२४-२५) गते सम्पन्न प्रदेश अधिवेशनबाट मण्डल चयन हुनु भएको हो ।  उपाध्यक्षमा विचारी यादव (पर्सा), सचिवमा मनोज पौडेल (बारा), उपसचिवमा आरती भण्डरी (रौटहट) र उपसचिवमा मो. कैस (धनुषा) सर्वसम्मतबाट चयन हुनु भएको हो ।  जनप्रतिनिधिको रुपमा मेयर, उपमेयर, प्रतिनिधिसभा सांसद, प्रदेशसभा सदस्यमा निर्वाचितहरुले प्रदेश अध्यक्ष नहुने विधानमा व्यवस्था भएपछि प्रदेश अध्यक्ष समेत रहनु भएको सुखीपुर नगरपालिका प्रमुख रामऔतार यादव

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ८६४ पटक पढिएको
    • समृद्धिपथ
  • युएनले भन्यो, ‘४.२३ लाख प्यालेस्टाइनी घरबारविहीन भए, २४ करोड डलर सहयोग चाहियो’

    न्युयोर्क, २६ असोजव । संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालयले आपतकालीन अपील जारी गरेको छ।  संयुक्त राष्ट्र संघको यस कार्यालयले प्यालेस्टाइनीहरूलाई सहयोग गर्न विश्वभरका देशहरूबाट २४ सय करोड अमेरिकन डलर सहयोग माग गरेको हो । उसका अनुसार यो रकम १२ लाख मानिसलाई सहयोग गर्न प्रयोग गरिने छ । राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले इजरायल र हमासबीच जारी युद्धका कारण  भएको बताएका छन् । दुजारिकले गाजामा संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालित ९२ विद्यालयमा करिब २.१८ लाख मानिसले आश्रय लिएको बताएका छन् । उता, संयुक्त राष्ट्र संघले इजरायललाई गाजाको उत्तरी क्षेत्र खाली गर्ने

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३५९ पटक पढिएको
    • समृद्धिपथ
  • कोशी कांग्रेसमा किचलो बढयो, शेखर समुहलाई कारबाही गर्न बैठक बोलाइयो

    काठमाडौैं, २६ असोज । कोशी प्रदेशमा नेपाली कांग्रेस भित्र किचलो थप बढेको छ ।   कोशी सरकार निमार्णको सबालमा नेपाली कांग्रेसको एउटा समुहले बिद्रोह गरे पछि आन्तरिक किचलो थप बढेको हो । जसका कारण एक अर्कालाई कारबाही गर्नेसम्मका कुरा सुरु भएका छन ।  कोशी सरकारको भावी नेतृत्वका लागि शेखर कोइराला पक्षधरले नेकपा एमालेको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दावी गरे पछि कांग्रेसमा किचलो देखिएको हो । कार्की समुहले गरेको बिद्रोहका बारेमा निर्णय लिनका लागि कांग्रेस संसदीय दलको बैठक आज बोलाईएको छ ।  बिहान ११ बजे देखी सुरु हुने उक्त बैठकले कार्की समुहलाई कारबाही गर्ने कि नगर्ने भन्नेमा निर

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३२८ पटक पढिएको
    • समृद्धिपथ
  • कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने

    काठमाडौं, २६ असोज । कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ ।  शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेदवार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका बिषयमा निर्णय लिन उक्त बैठक बसेको थियो ।  सो बैठक पछि कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्बजनिक गर्दै प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए । ‘आवाश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले च

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३२२ पटक पढिएको
    • समृद्धिपथ
  • इजरायलको चेतावनीः ११ लाख गाजाबासी बाहिर निस्क, राष्ट्र संघले भन्यो, ‘परिणाम भयावह हुने देखियो’

    तेल अभिभ, २६ असोज । इजरायल र हमासबीच जारी युद्धको शुक्रबार सातौँ दिन भए पनि अहिले शान्तिको सम्भावना कतै देखिँदैन । यसको विपरित लगातार बढ्दो इजरायली सेनाले प्यालेस्टिनी समूहलाई ‘मेटाउने’ कुरामा अडिग रहेको इजरायली सरकारले जुनसुकै बेला जमिन आक्रमण गर्न सक्ने जनाएको छ । इजरायलले ११ लाख गाजाबासीलाइ २४ घन्टा भित्र बाहिर निस्कन भन्दै नभए मृत्युका लागि पर्खिन चेतावनी दिएकाे छ भने इजरायलकाे साे चेतावनी पछि संयुक्त राष्ट्र संघले भनेकाे छ, ‘परिणाम भयावह हुने देखियो, यसलाइ इजरायलले राेक्नु पर्छ ।’ यसैबिच शीर्ष अमेरिकी कूटनीतिज्ञ एन्टोनी ब्लिन्केनले बिहीबार तेल अभिभ

    • प्रकाशित मितिः असोज २६, २०८०
    • ३१६ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानमन्त्रीद्धारा रेशम चौधरीको ‘धरातल’ विमोचन

    काठमाडौं, २५ असोज। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीद्वारा लिखित ‘धरातल’ विमोचन भएको छ।  वुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयमा नै उक्त किताव विमोचन गरेका हुन्। प्रवासी जीवनदेखि कारावाससम्मको संस्मरण समेटिएको पुस्तक ‘धरातल’ चौधरीले डिल्लीबजार स्थित कारागारमा लेखेका हुन्। उनको नयाँ पुस्तक ‘धरातल’ असोज २४ (हिजो) देखि बजारमा आएको छ।  पुस्तक विमोचन पश्चात प्रधानमन्त्री प्रचण्डले चौधरी बहुआयामिक व्यक्तित्व भएको भन्दै प्रशंसा गरेका थिए।  ‘मैले उहाँको क्षमता र प्रतिभाबारे उहाँ डिल्लीब

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४८३ पटक पढिएको
    • समृद्धिपथ
  • बिहारमा लिकबाट बाहिर पुग्यो रेलः ४ को मृत्यु, ८० जना घाइते

    पटना, २५ असोज । बिहारको बक्सर नजिक नर्थ ईस्ट एक्सप्रेस पटरीबाट खसेको छ । टुरीगञ्ज र रघुनाथपुर बिच यो दुर्घटना भएको हो । रेलका २१ वटा डिब्बा पटरीबाट खसेका हुन् ।  दुर्घटनास्थलमा विहानैसम्म राहत तथा उद्धार कार्य जारी रहेको थियो । दुर्घटनामा कुल चार जनाको मृत्यु भएको छ भने करिब ८० जना घाइते भएका छन् ।  तीमध्ये केहीलाई रघुनाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, केहीलाई आराह र बक्सर तथा केहीलाई एम्स पटना र आईजीआईएमएस पटनामा भर्ना गरिएको छ। रेल अधिकारीहरू घटनास्थलमा उपस्थित छन्।  यो ट्रेन दिल्लीबाट कामाख्या जाँदै थियो।  

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४३० पटक पढिएको
    • समृद्धिपथ
  • नक्कली नोट बनाउने सामानसहित दुईजना पक्राउ

    नवलपरासी पश्चिम, २५ असाेज । बर्दघाट नगरपालिका-४ फलफुल चोकस्थित विनय रेष्टुरेन्टबाट नेपाली १ हजार दरको १ सय ३९ थान नक्कली नोट, नक्कली नोट बनाउन प्रयोग हुने सामानहरुसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-६ ठिमुरे बस्ने ३० वर्षीय कृष्ण बहादुर बिक र तनहुँ ऋषिङ गाउँपालिका-३ दानश्री बस्ने २५ वर्षीय सुरज बिक रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनीहरू बसेको उक्त रेष्टुरेन्टको कोठामा तलासी गर्दा नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने स्ट्याम्प प्याड ३ थान, चम्किलो स

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ७२९ पटक पढिएको
    • समृद्धिपथ
  • प्रहरीले गोदाममा छापा हानेको भन्दै महेन्द्रनगर बजार बन्द

    धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ। कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्। घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रबार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो। सरकारले

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ६२२ पटक पढिएको
    • समृद्धिपथ
  • करिब सात किलो चाँदीसहित एक पक्राउ

    बनेपा, २५ असोज । काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका-८ सिनागालबाट करिब सात किलो चाँदीको सिक्कासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। भारतको रक्सौल नागाटोल, पूर्वी चम्पार घर बताउने २९ वर्षीय आश्वानी शराफलाई सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। विरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसमा सवार शराफको साथमा ३ वटा पोकामा चाँदी जस्तो देखिने सेतो धातुको सिक्कालगायतको गरगहना फेला परेपछि नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको छ।

    • प्रकाशित मितिः असोज २५, २०८०
    • ४७६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A