राष्ट्रिय

    Showing ७२१-७३० of १,०९५ items.
  • धारिलो हतियार प्रहार गरी महिलाको हत्या गरेको आरोपमा दुई युवक पक्राउ

    लहान । जंगलमा घाँस काट्न गएकी महिलालाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सिरहा प्रहरीले दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका २ मल्हनिया टोल बस्ने २० वर्षीय राजकुमार महतो कोईरी र सोही नगरपालिका -१ बस्ने २० वर्षीय नितेश कुमार रजक रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मंगलबार करिब ३ बजे कर्जन्हा नगरपालिका-१० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी मिर्चैया २ मल्हनिया पिडारी टोल बस्ने २६ वर्षीया लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा खुकुरी प्रहार गरी हत्या गरिएको थियो। लक्ष्मिनीया श्रीमान् वैदेशिक रोजगारको क्रममा कतारमा हुँदा लक्ष्मिनीया र पक्राउ परेका राजकुम

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • ६६४ पटक पढिएको
    • समृद्धिपथ
  • यी हुन् राप्रपाले आयोगमा बुझाएका समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं, २४ मंसिर । राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।  राप्रपाले प्रतिनिधिसभातर्फ पशुपतिशमशेर जबरा,  बुद्धिमान तामाङ, रोशन कार्की, गीता बस्नेत, बीना लामा,  बीना जैसवाल र अनिषा नेपालीको नाम आयोगमा पठाएको हो ।  केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो ।   राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश सभातर्फ प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदे

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • ५३२ पटक पढिएको
    • समृद्धिपथ
  • माओवादी छान्यो १४ समानुपातिक सांसद, २ पुरुष, १२ महिला (सूचीसहित)

    काठमाडौं, मंसिर २४। नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनु भएको हो। १४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। आदिवासी महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी नारायणी शर्मा रुपासोसी चौधरी (थारु) दलित रणेन्द्र बराली सुशीला श्रीपाली ठकुरी मधेशी मिना यादव उमरावती देवी यादव पिछडिएको क्षेत्र कल्पना मियाँ

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • ४८० पटक पढिएको
    • समृद्धिपथ
  • नेसपाले उमरावती यादवलाई बनायो समानुपातिक सांसद, प्रदेशमा राजु नेपाली

    मंसिर २४ , काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उमरावती यादवलाई समानुपातिक सांसद चयन गरेको छ। त्यस्तै, सो पार्टीले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा राजु नेपालीको नाम छनोट गरेको छ। केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो।  नेसपाले माओवादी केन्द्रकै हसियाँहथौडा चुनाव चिह्नमा चुनाव लडेको थियो। त्यसैले यादवको नाम माओवादीले सिफारिस गरेको समानुपातिक सूचीमा समावेश छ। दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सो पार्टीले चुनावी समीक्षा पनि भएको जनाएको छ। साथै, पुस १५ भित्र राजनीतिक समितिको बैठक बस्ने निर्णय भएको सो पार्टीले जनाएको छ। नेसपाबाट सर्लाही २ मा मह

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • ५०० पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली कांग्रेसले प्रधानमन्त्री-गृहमन्त्री पत्नीलाई बनाए सांसद, को को बने समानुपातिक सांसद ? (सूचीसहित)

    काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसले प्रधानमन्त्री र गृहमन्त्रीको पत्नीलाई समानुपातिक सांसद बनाएको छ । समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाउँदा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश गरिएको हो । महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद हुनुभएको हो । प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ। समानुपातिकको ब्यवस्था पहुँच नहुनेका लागि आरक्षणका रुपमा राखिएको हो । तर सरकारको नेतृत्व गरेकै दल कांग्रेसले सभापति त

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • ५०७ पटक पढिएको
    • समृद्धिपथ
  • एकीकृत समाजवादीले छान्यो ९ समानुपातिक प्रदेश सांसद

    मंसिर २४ , काठमाडौँ । नेकपा एकीकृत समाजवादीले समानुपातिकतर्फको प्रदेश सांसदको नाम टुंगो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले नौ जना प्रदेश सांसदको नाम छनोट गरेको हो। सो पार्टीका तर्फबाट प्रदेश १ मा विद्या चाम्लिङ राई प्रदेश सभा सदस्य चयन भएकी छन्। मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम छनोट गरिएको छ। त्यस्तै, बागमतीबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ चयन भएका छन्। लुम्बिनीबाट भगवती अधिकारी, कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्तको नाम चयन भएको सो पार्टीका महासचिव बेदुराम भुसालले जनाएका छन्। बैठकले चुनावको सम

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • ४५५ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेले छानेका सातवटै प्रदेशका समानुपातिक सांसद (सूचीसहित)

    काठमाडौं, मंसिर २४ । नेकपा एमालेले सातवटै प्रदेशको समानुपातिकतर्फको सांसद चयन गरेको छ। पार्टी कार्यालय च्यासलमा शनिवार बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद चयन गरेको हो । बैठकपछि केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारी अनुसार प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सांसद चयन गरिएको छ । एमालेले आजै प्रतिनिधिसभातर्फको ३४ सांस्दको पनि टुंगो लगाएको छ । प्रदेशसभातर्फ पनि टुंगो लगाएको हो । यी हुन सातै प्रदेशका सांसद प्रदेश १ : शिलादिक्षित कार्की, तारादेवी

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • ४८५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाका सम्झना थपलिया र गंगाप्रसाद यादवसहित एमालेले छान्यो ३४ समानुपातिक सांसद

    मंसिर २४ , काठमाडौँ । नेकपा एमालेले समानुपातिक सांसद चयन गरेको छ। समानुपातिकतर्फ सबैभन्दा बढी मत प्राप्त गरेको सो पार्टीले ३४ जना सांसद चुनेको हो। आदिवासी जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकीमगर, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा चुनिएका छन्। त्यस्तै, खसआर्यतर्फ रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल छानिएका छन्। थारु क्लस्टरबाट आश्माकुमारी चौधरी र शान्ति चौधरी चयन भएका छ

    • प्रकाशित मितिः मंसिर २४, २०७९
    • १,२३५ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एकीकृत समाजवादीको भविष्य छैन : तारा लामा तामाङ

    कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता तारा लामा तामाङ यतिबेला निकै चर्चामा हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी तथा पूर्वमन्त्री बिना मगरलाई महागठबन्धनबीच हराएर निर्वाचित भएपछि लामाको चर्चा चुलिएको हो । सत्ताको चरम दुरुपयोग, पैसाको चलखेलसहित गठबन्धनभन्दा आधा भन्दा बढी मतले पछि रहेको एमाले उम्मेदवार लामाले जीत निकाल्नु भएको छ । कसरी संभव भयो त जीत ? अवको योजना र प्राथमिकता के हो भन्ने बिषयमा जनताटाइम्सले लामासँग लामो कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीका सम्पादित अंश  सत्ता गठबन्धनको बलियो उम्मेदवार बीना मग

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • २,०८४ पटक पढिएको
    • समृद्धिपथ
  • महाभियोग निष्क्रिय हुने संसद् सचिवालयको पत्रमा कार्यान्वयन नगर्न आदेश

    काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतको संवैधानिक इजलासले निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाभियोग निष्क्रिय हुने भनी संघीय संसद्‌का महासचिव भरत गौतमले लेखेको पत्रमा कुनै कानुनी आधार नदेखिएको टिप्पणी गरेको छ। सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधान

    • प्रकाशित मितिः मंसिर २३, २०७९
    • ४५८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A