आँपको उचित मूल्यको लागि कृषि सहकारी सक्रिय हुनुपर्ने

  • जेठ २५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी  

लहान, जेठ २५ गते । आँपको राजधानीको रुपमा चिनिएको सिरहाको लहानमा कृषकहरुले उचित मूल्य  पाउन सकेको छैन । स्थानीय कृषि सहकारीहरु सक्रिय नहुँदा कृषकहरु प्रत्येक वर्ष मारमा पर्ने गरेको छ ।  कोरोना भाइरसको महामारीले विश्व नै अक्रान्त रहेको वेला नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीले अझै कृषकहरु मारमा पर्ने हो कि चिन्ता सर्वत्र देखिएको छ । 

लहान नगरपालिकामा २१ वटा कृषि सहकारीहरु दर्ता भएपनि कृषकहरुको हकहितमा काम गर्न नसकिरहेको अवस्था रहेको लहान कृषि शाखाका प्रमुख प्रकाश साहले बताउनुभयो ।

उहाँको अनुसार एक वर्ष विराएर फल्ने आँप यस वर्ष निकै मज्जर लागेपनि वेलामा कृषकहरुले औषधी छर्न नसक्दा मज्जरको २० प्रतिशत आँप मात्रै फलेका  छन् । बजारमा ल्याएको आँपको  उचित मूल््य पाउन सकिरहेको छैन  ।

उचित मूल्य पाउनको लागि स्थानीय कृषि सहकारीहरु सक्रिय हुनुको अर्को कुनै विकल्प छैन् । रुखमा फलेको आँप सस्तो मूल्यमा विचौलियाहरु खरिद गरेर एक आध महिनामै राम्रो कमाई गरिहाल्छ, किसान हेरेको हेरै हुन्छ । यहि समस्या तरकारी उत्पादन गर्ने कृषकहरुलाई पनि छ । लहान २ का कृषक श्याम लाल यादव भन्नुहुन्छ, दुई हजारको क्विन्टल मालदह आँप विक्री गर्नुपर्याे । कहाँ  गएर विक्री गर्ने ? खेतिपातीको समय आयो धान रोपाँई गर्ने कि आँप विक्री गर्न जाने ? कृषि सहकारीहरुले आँप खरिद गरेर उचित मूल्यमा विक्री गर्न पाए हुन्थ्यो तर नाम मात्रको लागि कृषि सहकारीहरु च्उयाउ उम्रे झै उम्रेका छन् । यहाँ त मलखाद्य पनि समयमा उपलब्ध हुँदैन । व्यवस्था परिवर्तन भयो तर कृषकको अवस्था परिवर्त भएन । कृषकले मेहनेत गर्छ,फाइदा बिचौलियाले लिने गरेको छ । यसतर्फ स्थानीय सरकारको चासो जानु आवश्यक छ । 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A