मरुती सिमेन्टमा काम गर्ने भारतीय मजदुरको मृत्यु

  • जेठ २५, २०७७
  • समृद्धिपथ

समृद्धिपथ समाचारदाता

लहान, जेठ २५ गते ।  सिरहाको गोलबजार नगरपालिका ९ स्थित मारुती सिमेनट फैक्ट्रीमा काम गर्ने ४० वर्षिय एक मजदुरले अचानक लडेर घाइते  भएपछि थप उपचारको लागि फूलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लग्ने क्रममा आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  

 सिरहा प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार आइतवार भारत विहारको बक्सर जिल्ला गुहाटी घर भएको मोहर अलि फैक्ट्रीमा रहेको प्रि हिटरमा पाइप लगाउने क्रममा अचानक लडेर घाइते भएपछि उपचारको लागि मिर्चैया स्थित मंगलम अस्पतालमा ल्याएको थियो । थप उपचारको आवश्यक्ता देखिएपछि कर्जन्हा स्थित फूलकुमारी मेमोरियल अस्पतालमा लैजाने क्रममा बाटोमा नै मजदुर अलिको मृत्यु भएको थियो ।

अलिको मृतक शरीर इलाका प्रहरी कार्यालय मिर्चैयामा ल्याएर थप अनसन्धानको लागि सिरहा प्रहरी कार्यालयबाट अनुसन्धान टोली खटाएको प्रवक्ता डिएसी घिमिरेले जानकारी दिनुभयो ।  

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A