लहानका दस जना कोरोना जितेर घर फर्के

  • जेठ २७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी / फिरोज सिद्दिकी 

लहान । मंगलबार लहान नगरपालिकाका विभिन्न वडाका दस जना एकैदिन कोरोना जितेर घर फर्केका छन् ।

लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम सुन्दर यादवका अनुसार   फर्केका लहान ७ का २१ वर्ष र लहान २४ का २० वर्षका युवक  जनकपुरधाम उपमहानगरपालिका गोपाल धर्मशाला  र वाँकी आठ  जना धनगडीमाई ११ स्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट घर फर्केका हुन् ।

यसैगरी सिरहाको धनगडीमाई नगरपालिका ११ मा अवस्थित महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालबाट आज मंगलबार कोरोना सङ्क्रमित २० जना डिस्चार्ज भएको अस्पतालका प्रमुख सुभाष मण्डलले जानकारी दिनु भएको छ । 

उहाँको अनुसार गत जेठ ३,५, ६ र १२ गते स्वाब स्वाब संकलन गर्दा कोरोना संङ्क्रमित भएकाहरुमध्ये सखुवानन्कारकटि गाँउपालिका १ लतियाहीका ३० वर्षिय एक जना,लहान नगरपालिकाका १९ वर्षदेखि ४५ वर्ष सम्मका ८ जना,धनगडीमाई नगरपालिकाका ३४ देखि ३८ वर्षसम्मका तीन जना,बरियारपटि गाँउपालिकाका १८ देखि ४० वर्षका ४ जना,लक्ष्मीपुर पतारी गाँउपालिकाका २० वर्षका १ जना,नवराजपुर गाँउपालिकाका १८ वर्षिय पुरुष एक जना,औरही नगरपालिकाका पुरुष एक जना,कल्याणपुर नगरपालिकाका पुरुष एक जना,सप्तरी रुपनी गाँउपालिकाका ३५ वर्षिय पुरुष एक जना गरी २० जना डिस्चार्ज भएका हुन् ।

महेन्द्र गेनाई अस्पतालमा २० जना एकै दिन डिस्चार्ज भएपछि ६ जना मात्रै आइसोलेसन उपचारमा रहेका अस्पतालका प्रमुख डाक्टर मण्डलले जानकारी दिनुहुँदै  सबैको अवस्था सामान्य रहेको बताउनुभयो । 

धनगडीमाई स्थित महेन्द्र गेनाई अस्पतालबाट डिस्चार्ज भएका सबैलाई सिरहा प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले फूलको माला दिएर स्वस्थ्य जीवनको कामान गर्दै घर पठाउनु भएको थियो । मंगलबार सिरहा नगरपालिकामा ११ र सुखीपुर नगरपालिकमा एक गरी १२ जना पुष्टि भएका सङ्क्रमितहरुलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइररहेको प्रजिअ गुरागाईले बताउनुभयो । 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A