जिवछ उदासी
लहान । लहान नगरपालिकाको १ र २ को सीमाना रहेको भवरा नहरमा कल्भर्ट निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेपछि स्थानीयहरु खुसी देखिएका छन् ।
प्रत्येक वर्ष लहानको मिलन चोकदेखि पश्चिम जाने नहर वर्षाको महिनामा भत्केर वर्षमा ६ महिना नै बाटो बन्द हुने नियति प्रत्येकवर्ष स्थानीयहरुले भोग्दै आइरहेको पीडा स्थानीय महिला मानव अधिकारवादी रेणु कर्णले पोख्दै कल्भर्ट निर्माणले आधा घण्टा समय लागाएर अन्य टाढाको घुमाउरो बाटो जानुपर्ने बाध्यताको अन्तय भई १० मिनेटमै लहानको मुख्य चोक पुग्न सकिने खुसी व्यक्त गर्नुभयो ।
कल्भर्ट निर्माण समितिका अध्यक्ष मनिलाल साहका अनुसार हामी स्थानीयहरुले लहान नगरप्रमुख मुनि साहलाई गरेको आग्रलाई ध्यानमा राखेर १७ लाख ७१ हजार ६८६ रुपैया बजेट विनियोजन गरेपछि लकडाउनको समेत प्रभाव नगरी थालेको निर्माण कार्यको ७० प्रतिशत काम सम्पन्न भैसकेको छ वाँकी काम पनि आधा असारसम्म सम्पन्न गरी कल्भर्ट संचालनमा आउने बताउनुभयो ।
कल्भर्ट निर्माण भएपछि लहान २० र २१ नम्वर भएर जाने नवराजपुर गाँउपालिकासम्म जोडने सडक निर्माणको लागि लहान १ र २ को ऐलानी जग्गामा रहेका दलित वस्तीहरुलाई व्यवस्थापन गरी सडक खुलाउन समेत लहान नगरपालिकाले पहल थाल्नुपर्ने स्थानीय शिक्षक कृष्ण देव महतोले भन्दै कल्भर्ट निर्माणले यस वर्षको वर्षातमा गत वर्षहरुमा बाटो नै अवरुद्य हुने झन्झटबाट यसवर्ष मुक्त हुने हर्ष व्यक्त गर्नुभयो ।
यता लहान नगरप्रमुख मुनि साह भन्नुहुन्छ, लहान १ र २ को विकासको क्रमलाई जोडदै लहान १९, २०, २१ र २३ नम्वरको ग्रामीण भेगका वडाहरुको सडक सडक समस्या समाधान गर्न लहान नगरपालिका लागि परेको छ । लहान १ मा वस पार्क सञ्चालनमा आएपछि लहान १ र २ नम्वरका सडकहरु फराकिलो बनाउने कार्य यसैवर्ष ग्राभेल गर्ने योजना भएपनि लकडाउनले सोचे अनुसार सम्पन्न हुन नसकेपनि आउने आर्थिक वर्षमा प्राथमिकतामा राखेर अघि बढ्ने छौ ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A