जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

  • असार ५, २०७७
  • समृद्धिपथ
alt

काठमाडौँ । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु९याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जनाएको छ ।

कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग र विराटनगर–बथनाहा रेलमार्गका विभिन्न खण्डमा निर्माण जारी रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले बन्दाबन्दी जारी राखे पनि विभागले निर्माणलाई निरन्तरता दिएको छ । विभागले रेलमार्ग निर्माणलाई बन्दाबन्दीको समयमा समेत जारी राखेको छ । उहाँले भन्नुभयो, “बन्दाबन्दीका कारण केही दिन रोकिए पनि त्यसपछि काम भइरहेको छ ।”

बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्र्याक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ । नेपाली लगानीमा निर्माणाधीन सो रेलमार्ग निर्माण नेपाली निर्माण व्यवसायीले नै गरिरहेका छन् । लालबन्दी–निजगढ खण्डलाई विभिन्न आठ प्याकेजमा विभाजन गरिएको छ । सामाजिक दूरी कायम गरेर जिल्ला प्रशासन कार्यालयहरुको समन्वयमा निर्माण अघि बढाइएको हो ।

विभागका अनुसार जनकपुर–विजुरापुरा खण्डमा रेल्वे ट्र्याकको काम भइरहेको छ । जयनगर–जनकपुर सम्पन्न भएर सञ्चालनको तयारी हुँदा जनकपुरबाट बिजुरापुरासम्मको ट्र्याक निर्माण भइरहेको छ । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी भइरहेको जनाइएको छ । यसका लागि रेल्वे कम्पनीमार्फत रेल सञ्चालनका लागि सरकारले कर्मचारी व्यवस्थापन अघि बढाएको छ । दुई रेल सेट सीमा नजीकै आइसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रेल सेट आइसकेको छ अब मात्रै हामीले कर्मचारी व्यवस्थापन गर्र्न बाँकी छ ।”

राष्ट्रिय गौरवको पूर्व–पश्चिम रेलमार्गमा अध्ययन तथा मुआब्जा वितरणसँगै रेलमार्ग निर्माणको भइरहेको उहाँले जानकारी दिनुभयो । विभिन्न स्थानमा पुल निर्माणको काम भइरहेको छ । सो रेलमार्गअन्तर्गत बर्दिवासमा पुल निर्माण भइरहेको छ । कांकडभिट्टा इनरुवा खण्डमा आगामी आवमा ठेक्का सम्झौता गरेर निर्माण अघि बढाइनेछ । रेलमार्गका कतिपय स्थानमा मुआब्जा बाँड्ने काम बाँकी छ । बर्दिवासलगायत जिल्लामा मुआब्जा बाँकी छ । उहाँले भन्नुभयो, “आगामी वर्ष थप काम अघि बढ्नेछ ।”

बन्दाबन्दीको समयमा झण्डै चार सय जना निर्माणस्थलमा काम गरेको विभागले जनाएको छ । झण्डै १२ स्थानमा पुल निर्माण भइरहेको छ । कतिपय स्थानमा रूख कटानका काम पनि यो समयमा भइरहेको छ ।

सरकारले रेलमार्ग निर्माणलाई विगतका वर्षदेखि नै महत्व दिइरहेको छ । स्थल यातायातको सबैभन्दा भरपर्दो र सस्तो साधनका रुपमा यसलाई लिइन्छ । सरकारले आगामी आवका लागि रेलमार्ग निर्माण र अध्ययनका लागि रु आठ अर्ब ६६ करोड विनियोजन गरेको छ । जयनगर–जनकपुर–बिजुरापुरासम्म आगामी आवमा रेल सञ्चालन गरिने भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्वाङले हालै प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिनुभएको थियो । पूर्व–पश्चिम विद्युतीय रेलमार्गको अध्ययन नभएका स्थानमा सम्भाव्यता अध्ययन गरिने सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख छ । सोही रेलमार्गको कांकडभिट्टा–इनरुवा खण्डको निर्माण आगामी आवमा शुरु गरिनेछ । आगामी आवमा नै बर्दिवास–निजगढ खण्डको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

रसुवागढी–काठमाडौँ र वीरगञ्ज–काठमाडौँ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, दक्षिणी सीमा नाकाबाट पूर्व–पश्चिम विद्युतीय रेलमार्गको इटहरी, निजगढ, बुटवल र कोहलपुर जोड्ने रेल्वे लाइन पनि निर्माण अघि बढाइनेछ । (रासस/हिमालय टाइम्स)

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A