विवाह, व्रतबन्ध, मृत्यु संस्कार कार्यमा १५ जनाभन्दा बढी सहभागी गराउन नपाउने "अव राती १० बजेदेखि विहान ५ बजेसम्म हिँड्न नपाईने"

  • असार ५, २०७७
  • समृद्धिपथ
alt

सिरहा । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको समयमा सरकारले थप कडाई गरेको छ ।

बन्दाबन्दीको समयमा नागरिकको सुरक्षालाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो ।

कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको गृहमन्त्रालयले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाउने व्यवस्था गरेको हो।

आवतजावत गर्नुपरेमा वा कार्यस्थलमा २ मिटरको सामाजिक दूरी बनाइ काम गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । तोकिएको कार्यस्थलमा स्यानिटाइजर मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ।

गृहमन्त्रालयले अनावश्यक काममा बाहिर आवतजावत नगर्न सबैमा आग्रह गरेको छ।
‘विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत सामाजिक तथा सांस्कृतिक कार्य तथा गतिविधिमा १५ जनाभन्दा बढी सहभागी हुन नपाउने र अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरेको छ। वृद्ध मानिस, अशक्त तथा सुत्केरी, महिला र १० वर्ष तलका बालबालिकालाई बाहिर ननिस्कन प्रोत्साहन गर्नुस्स’, विज्ञप्तिमा भनिएको छ, ’मालवाहक सवारीसाधनमा चालक र सहचालक मात्रै ओसार पसार गर्नुपर्नेछ ।

भारत वा अन्य मुलुकबाट आउनेले स्वेच्छिक क्वारेन्टाइन वा होटलमा बस्दा शान्तिपुर्ण तरिकाले बस्नुपर्ने छ । सामाजिक दूरी अनिवार्य पालन गर्नुपर्ने छ।’

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A