बाँसको तामा अचूक औषधी, खाँदा हुने फाइदाहरु

  • साउन १०, २०७७
  • समृद्धिपथ
alt

बाँसको कलिलो भागलाई तामा भन्ने गरिन्छ। बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न देशमा यसको सैयौं परिकारमा यसको प्रयोग गरेको पाइन्छ । बाँसको कलिलो मुन्टालाई काटेर स९साना टुक्रा बनाएर केहीबेर घाममा सुकाउनु पर्छ ।

घाममा सुकाएको तामामा बेसार हालेर मोल्ने र त्यसलाई सफा भाडोमा हावा नछिर्ने गरी बन्द गरेर । हामीले तामालाई जति लामो समय राख्ने गर्छौं त्यति नै यसमा अमिलोपन बढ्दै जान्छ । यसमा भिटामिन ’बी’, ’ई’ र ’ए’, नियासिन, रिबोफ्लाभिन, थियामिन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु पाइने गर्छ ।

तामामा कार्बोहाइड्रेड र क्यालोरीको मात्रा अत्यन्तै कम हुने भएकोले यसको सेवनले शरीरको बोसो घटाएर तौललाई नियन्त्रणमा राखेर अत्याधिक कोलेस्टेरोल तथा मधुमेह रोगीको लागि निकै फाइदाजनक हुने गर्छ । तामाले मुटु रोग, रक्तचाप, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । तामाको नियमित सेवनले हाम्रो पाचन समस्यामालाई पनि हटाउने गर्छ ।

पेटमा ग्यास बढ़ेर पेट फुल्दा, पेटको दुखाइ, झाड़ा–पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्याहरुमा औषधीको रुपमा काम गर्दछ । प्रोटिनको मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउनुका साथै स्वास–प्रस्वासका कतिपय समस्याहरूलाई कम गर्न मद्दत गर्छ । साथै, फोक्सो सम्बन्धी समस्या होस् या रुघाखोकीको समस्या होस् यसको सेवनले हामीलाई निकै फाइदा हुन्छ ।

तामामा रहेको क्लोरोफिल, एमिलेज र फ्लोभिन जस्ता फाइटो स्टेरोल्सहरूले शरीरमा क्यान्सर विकास गर्ने तत्वलाई नष्ट गर्न मद्दत गर्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई तथा पिसाबघरका समस्याहरूलाई पनि तामाले कम गर्छ । गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । गर्वास्थाको अन्तिम महिनामा तामा खुवाउने गर्दा आमा तथा पेट भित्र रहेको बच्चालाई निकै फाइदा हुने गर्छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A