सिरहामा कोरोना संक्रमित मृतकको संख्या चार पुग्यो

  • भदौ ९, २०७७
  • समृद्धिपथ
alt

समृद्धिपथ समाचारदाता,

लहान ९ गते । लहान नगरपालिका २४ का २२ वर्षिय एक युवकको मृत्युसंगै सिरहामा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या चार पुगेको छ ।

लहान नगरपालिका स्वास्थ्य प्रमुख रामसुन्दर यादवका अनुसरा लहान २४ गोबिन्दपुरका २२ वर्षिय युवकलाई धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लैजाँदा कोरोना पुष्टि भएको युवकको ८ गते सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।

लहान १७ का ६५ वर्षिया एक महिलालाई विराटनगर स्थित नोभेल अस्पतालमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमित पुष्टि भएपछि आइसोलेशनमा राखी उपचार भइरहेको छ । लहानमा अहिलेसम्म ७१ जना कोरोना संक्रमित भएकोमा ३० जना निको भइ घर फर्किसकेका छन भने एक जनाको मृत्यु र ४० जनाको आइसोलेशनमा उपचार भइरहेको प्रमुख यादवले बताउनुभयो ।

लहान २४ नम्बरका वडाध्यक्ष कमलदेव यादवले भन्नुभयो, मृतक युवकको नेपाली सेनाले अन्तिम संस्कार नजिकै रहेको सरे खोलामा गरि सकेको छ । मृतक युवकका आमा बुवामा समेत कोरोना पुष्टि भएको छ । अन्य सम्पर्कमा हुनेहरुको कन्टयाक्ट ट्रेसिङग हुनुपर्ने सम्बन्धित निकायलाई वडा कार्यालयले ध्यानाकर्षण गराइ सकेको छ ।

सिरहाका्े गोलबजार नगरपालिकामा एक युवक, मिर्चैया नगरपालिकामा एक वृद्ध र विष्ष्णुपुर गाँउपालिकामा एक ४० वर्षिय युवक गरी चार जनाको मृत्यु भैसकेको छ भने तीन सय भन्दा बढी जिल्लामा संक्रमित भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले जानकारी दिनु भयो । उहाँले संक्रमणलाई फैलिन नदिन जिल्लाको १७ वटै स्थानीय तहमा लकडाउन जारी रहेको बताउनुभयो ।

लहान नगरपालिका इलाका प्रहरी कार्यालय लहानमा रहेको प्रहरी थुनुवा, स्वास्थ्यकर्मी र लहान १७ र २४ मा स्थाानीयहरुमा देखिएको संक्रमणले लहान नगरपालिकामा कोरोना संक्रमण सामुदायमा फैलिसकको अवस्था देखिएको लहान नगरप्रमुख मुनि साहले भन्दै जनहितमा जारी सुचनालाई ध्यानमा राखी बन्दाबन्दीको पूर्ण पालना गर्न सम्पूर्ण नगरवासीहरुमा आग्रह गर्नुभएको छ ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A