सहमति भएपछि आइतबार बेलुकादेखि उठ्न थाल्यो फोहोर

  • भदौ १४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरगपालिकाका सहरी क्षेत्रमा थप्रिएको फोहोर आइतबार सहमति भएपछि फोहोर उठ्न सुरु भएको छ । लहान नगरपालिका,सुरक्षा निकाय र वडा नम्बर ४ बीच सहमति भएपछि फोहोर उठ्न थालेको हो ।

aajdekhi uthna thalyo fohor aajdekhi news.photo 2

प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियार र सशस्त्र प्रहरी प्रमुख दिपेन्न्द्र गिरी लहान नगरप्रमुख मुनि साह उपप्रमुख सरियार कुमारी चौधरी सम्पूर्ण वडाध्यक्षहरु र अवरोध सृजना गरेको लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितबीच भएकोृ सहमति अनुसार तीन महिनासम्म वडा नम्बर ४ को वाटोबाट फोहोर ढुवानी गर्ने गाडीलाई अवरोध नगर्ने हाल रहेको ल्याण्डफिलदेखि उत्तर फाल्ने सहमति भएको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले जानकारी दिनुभयो ।

aajdekhi uthna thalyo fohor aajdekhi news.photo 3

लहान नगरप्रमुख मुनि साहले भन्नुभयो,हाम्रो लहान सुन्दर लहानको अभियानमा फोहोर अडकाएर स्थानीयहरुलाई भडकाएर उत्पन्न गराएको समस्या तत्कालको लागि समाधान भएपनि यसको दीर्घकालिन समाधानको लागि डम्पिङगसाइटको सुचारु र फोहोरबाट मोहोर निकाल्ने परियोजना सफल पार्न लहान ४ का स्थानीयहरुले सकारात्मक भइ सहयोग गर्नेमा विश्वस्त भएको छु । लहानको फोहोर व्यवस्थापनको लागि सिरहा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल , प्रहरी प्रमुख उमाशंकर पंजियार, सशस्त्र प्रहरी प्रमुख दिपेन्द्र गिरी र सम्पूर्ण वडाध्यक्षहरु र खास गरेर लहान ४ का वडाध्यक्ष रामनाथ पण्डित आफै फोहोर उठाएर सहयोग गरेकोमा लहान नगरपालिकाका हार्दिक धन्याद ज्ञापन गर्दछ ।

aajdekhi uthna thalyo fohor aajdekhi news.photo 4

प्रमुख जिल्ला अधिकारी सिरहा आएदेखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रिय भइ जनप्रिय कामहरु गर्न थाल्नु भएको छ । भर्खरै गोलबजार नगरपालिकाको बनको जग्गा व्यक्तिको नामबाट फिर्ता गराउनु , लहानको फोहोर उठाउन पहल गर्नु र कोभिड १९ नियणत्रणको लागि सक्रियता देखाउनुले उहाँको क्रियाकलाप जनपक्षीय रहेको आएको थोरै समयमा जिल्लाभरि चर्चाको विषय भएको छ 

 
लहान नगरप्रमुख साहसँग समृद्धिपथले फोहोर कहिलेसम्म उठने जिज्ञासा राख्दा आइतबारसम्म उठ्ने बताउनु भएको थियो । भनेकै अनुसार फोहोर व्यवस्थापन गर्न सफल हुनु भएकोमा लहान नगरपालिकाको यो प्रयासलाई नगरवासीहरुले सराहना गर्दै अबदेखि फोहोर उठाउन अवरोध सृजना नहोस धारणा स्थानीयहरुले खुसी हुँदै व्यक्त गरेका छन् ।

aajdekhi uthna thalyo fohor aajdekhi news. photo 5
प्रेस संगठन सिरहाका सदस्य युमना खनालले सहमति सहकार्य र एकताको माध्यमबाट लहानको विकासमा अघि वढनुपर्ने अबदेखि फोहोरमा फोहोरी राजनीति कहिल्यैपनि नहुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A