१२३४ दलित समुदायलाई छाँक टार्न राहत वितरण

  • भदौ २२, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, सखुवानन्कारकटि गाँउपालिकाले दलित समुदायका घरपरिवारलाई राहत वितरण सुरु गरेको छ ।स्थानीय अजय रामको सक्रियचतामा चुजी संस्थाको सहयोगमा राहत वितरण गर्न लागिएको गाँउपालिकाले जनाएको छ ।


त्यस गाँउपालिकामा रहेको १२३४ दलित घरपरिवारलाई राहत दिन सुरु गरिएको हो । राहतमा जिरा मसिनो चावल २५ किलो, गहुँको पिठो १० किलो, चना १ किलो, मसुरोको दाल १ किलो, तेल १ लिटर र सावुन ६ पीस रहेको छ ।

rahat bitran newsphoto 1
पाँच वटै वडामा रहेका दलित समुदायले निशेधाज्ञाको समयमा रोजगारी पाउन नसकेर राहतको लागि गाँउपालिकामा माग गर्न थालेपछि गाँउपालिकाले विभिन्न संघ संस्थाहरुलाई समेत सहयोगको लागि आग्रह गरिएको थियो ।


गाँउपालिका अध्यक्ष केदारनाथ यादवका अनुसार दलित आवद्ध चु जी संस्थाको सहयोगमा यो राहत प्याकेज वितरण भइरहेको छ । तीन पटक राहत वितरण गरिसको भन्दै अध्यक्ष यादवले यस गाँउपालिकाको गरीव दलितलाई भोको रहन नदिइने गरी राहत वितरणको कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।

rahat bitran news.4 photo
सखुवानन्कारकटि ५ का दुर्गा राम र तेतरी रामले राहत वितरण गरेर गाँउपालिकाले गरीव दलितहरुलाई भोको रहन नदिने जनप्रतिनिधि र सहयोग गर्ने संस्थाहरुले साथ दिदै आइरहेको खुसी व्यक्त गर्नुभयो ।


स्थानीय शिक्षक राजदेव यादवका अनुसार यस गँउपालिकाका बन्दाबन्दीमा पनि स्थानीय सरकारले गरीव जनताको दुख सुखमा सहभागी हुनुको साथै शिक्षा, स्वास्थ्य, कृषि र सडक निर्माण कार्यलाई समेत निरन्तरता दिँदै आइरहेको छ ।

rahat bitran news.4 photo 1
त्यस गाँउपालिकामा गरवि दलित हरुवा चरुवा परिवारका वालवालिकाहरुलाई शिक्षा पोषण र राहत वितरणमा आर्थिक सहयोग समृद्धि फाउन्डेशन लहान ४ ले गर्दैै आइरहेको छ । पछिलो चरणमा चु जी संंस्थाले समेत सहयोगको लागि हातेमाले गरेको गापा अध्यक्ष केदारनाथ यादवले बताउनुभयो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A