आधुनिक शपिङग कम्पलेक्स निर्माणको लागि तरकारी बजारका फुसका घर टहरा हटाइयो

  • भदौ २२, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहानको मुख्य चोकमा रहेको अव्यवस्थित तरकारी बजार निर्माणको लागि फुस तथा टहरा घरहरु खाली गराएको छ । आधुनिक तरकारी बजार निर्माण कार्यले चोक व्यवस्थित हुने भन्दै स्थानीयहरु खुसी भएका छन् ।


न्यू ड्राइगन निर्माण सेवा काभ्रेले भ्याट काटेर चार करोड ११ लाखमा निर्मााण गार्न लिएको ठेक्कामा १५ महिनामा निर्माण सम्पन्न गरिसक्ने निर्माण व्यवसायी शालीकराम गिरीले जानकारी दिनुभयो । यस्तै आधुनिक नयाँ बजार निर्माणको लागि १५ करोडको लागतमा निर्माण हुन टेण्डर हुनै लागेको छ ।

aadhunik  shoping complex  nirman news 2 photo
लहान १ का मनिलाल साह र तरकारी बजारमा रहेको गुप्ता फार्मेसीका संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ताले लहान नगरपालिकाले तरकारी बजार निर्माण कार्य अघि बढाएर ठूलो कार्यको थालनी गरेको भन्दै यसले लहानको विकासमा मद्यत पुग्नुको साथै चोकको आकर्षण नै बढ्न खुसी व्यक्त गर्नुभयो ।


तरकारी बजार खाली गराएपछि तरकारी खरिद विक्री सडकमा नै भइरहेकोले यसको वयवस्थापन गर्न नगरपालिकाले विकल्प दिएको ठाँउमा गएर तरकारी हटिया लाग्नुपर्ने र यसको लागि नगरपालिकाले सक्रियता देखाउनुपर्ने स्थाानीयहरुको माग रहेको छ ।

aadhunik  shoping complex  nirman news 3 photo
लहान नगरपालिका प्रमुख मुनि साहले आफू चुनावमा गरेको सवै प्रतिवद्धता पुरा गर्नेगरी विकास निर्माणको कामहरु अघि बढाएको प्रष्टयाउदै भन्नुभयो,चोकको तरकारी बजार र नयाँ गुद्री बजारको वयवस्थापन शहरको सौन्दर्यकरण लगायत लहान वडा नम्बर १ ,२, ३ मा समेत धुलो मुक्त सबै सडक बनाउन नसकेपनि हिलो मुक्त गराउन ग्रभेलको कार्य यस वर्ष सम्पन्न गरिनेछ । कोभिड १९ ले गर्दा विकासका रफतारमा केहि समस्या भएपनि सबै चुनौतीहरुलाई चिर्दै समयमै विकासका कामहरु गर्न नगरपालिका दत्तचित्त भएर काम गरिरहेको छ ।

aadhunik  shoping complex  nirman news 4 photo
लहानको शहरी र ग्रमीण भेगको विकासमा सन्तुलन गर्न नगरपालिकाले गरिरहेको काम सन्तोषजनक नै रहेको लहान २ को स्थानीय राम औतार महतोले भन्दै नगरपालिकाले गरिरहेको विकासको काममा सबैले साकारात्मक रुपमा सहयोग गर्नुपर्ने तर्क गर्नुभयो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A