जनप्रतिनिधि र कर्मचारी साझा प्रयासबाट मात्रै समृद्धि संभव ; नगरप्रमुख हरि नारायण चौधरी

  • असोज १, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, असोज १ गते । सिरहाको धनगडीमाइ नगरपालिकाको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख हरि नारायण चौधरीले जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासबाट समृद्धि र विकास संभव हुने बताउनु भएको छ ।

पाँच वर्ष अगाडि आजैको दिन ६ वटा गाविसहरु मिलेर बनेको धनगडीमाइ नगरपालिकाको समृद्धि र विकासको लागि सहमति सहकार्य र एकचताको माध्यमबाट अघि वढिरहेको उहाँले प्रष्टयाँउदै भन्नुभयो, सीमित श्रोत र साधनबाट नगरपालिकामा जनप्रतिनिधिहरुले नमूना नगरपालिका बनाउन लागि परेको छ । जनप्रतिनिधिबाट मात्रै संभव छैन । कर्मचारी समूह र राजनीतिक दलहरु समेत सकारात्मक रुपमा सहयोग गरिरहेकोले धनगडीमाई विकासको दौडमा अघि रहेको छ । विभिन्न दलहरुबाट आएका आलोचनात्क सुझावहरुलाई समेत नगरपालिकाले सकाकारत्मक रुपमा लिएर निष्ठापूर्वक काम गरिरहेको छ 

jaggadata samanit news dhngadhimai.news photocapsion lahan

पाँचौ स्थापना दिवसको अवसरका दत्तचित्त भएर निष्ठाका साथ कामगरिहेका उत्कृष्ट दुई जना कर्मचारीलाई पुरस्कृत र सम्मान गरेर अन्य कर्मचारीहरु पनि प्रतिस्पर्धामा पुरस्कृत हुने भावनाले काम गर्ने उद्येश्यले यस वर्ष जनस्वास्थ्य अधिकृत विलट नारायण राय र सुचना प्रविधि अधिकृत मनिष कुमार कार्णलाई सम्मनित गरिएको हो ।

jaggadata samanit news dhngadhimai.5

धनगडीमाई नगरपालिका १ र ४ नम्बर वडामा स्वास्थ्य चौकी स्थापनाका लागि वडा नम्बर १ का बालेश्वर महतोले २ कठा दस धुर र वडा नम्बर ४ मा शिव नारायण सिंहले ५ कठा जग्गा दान गर्ने दाताहरुलाई समेत सम्मानित गर्दैै नगरप्रमुख चौधरीले धनगडीमाई नगरपालिकाको विकासको लागि चौतर्फी सहयोग भइरहेकोले जनप्रतिनिधिहरु उत्साहित भएर काम गरिरहेको विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत उपसचिव शिवराज चौलागाइले बैज्ञानिक मापदण्ड बनाएर दुई जना कर्मचारीलाई उत्कृष्ट र हवालदारबाट एक जनालाई अशयमा वढुवा र दुई जना प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेर नगरपवालिकाले राम्रो थीति बसालेको बताउनुभयो । उहाँले भन्नुभयो,कर्मचारीलाई सजाय र दण्डको नीतिबाट प्रोत्साहित र निरुत्साहित गर्न सकिने प्रावधानलाई नगरपालिकाले व्यवहारिक रुप दिएको छ । कोरोना संक्रमण (कोभिड १९ ) को समयमा जन स्वास्थ्य अधिकृत राय र सूचना प्रविधिको उच्चतम प्रयोग गरेर नगरपालिकाको विकासको लागि योदान गरेका सुचना अधिकृत कर्णलाई पुरस्कृत गरेर अन्य कर्मचारीहरुले समेत राम्रो र उत्कृष्ट काम गर्न लाग्ने संस्कृति बसाउन लागेका छौ ।

jaggadata samanit news dhngadhimai.photo 2

कार्यक्रममा नेपाली काँग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवले धनगडीमाइ नगरपालिकाले जनताको भावना बुझेर काखा पाखा नगरी सबैको काम पारदर्शी भएर गर्नुपर्ने र विकास निर्माणको अनुमनमा ध्यान दिनुपर्नेमा जोडदिनुभयो । उहाँले भन्नुभयो,राम्रो काम गरे नेपाली काँग्रेसले सधै सहयोग गर्ने जनताले सासती पाउने र आर्थिक अनियमितता देखिए चुप लागेर बस्ने छैन ।

उत्कृष्ट कर्मचारीद्वय राय र कर्णलाई जनही २५ हजार पाँच यसको दरले नगद पुरस्कार ग्रहण गर्दै उहाँहरुले आफूहरु उत्कृष्ट भएकोमा गौरवान्ति महसुु भइरहेको छ । उत्कृष्ट हुनको लागि नगरप्रमुख उपप्रमुख लगायत सम्पूर्ण कर्मचारी मित्रहरुले समेत सहयोग गरेको अनुभव व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा नगरप्रमुखखका प्रत्यासी रहनु भएका शिव शंकर महतो, पञ्चलाल महतो र नेकपाका जिल्ला कमिटि सदस्य उत्तर बाहादुर जर्घा मगर लगायतकाहरले नगरपालिकाको विकासको रफ्तार अघि बढाउन नगरपालिकाले सबैको सल्लाह सझाव लिएर अघि वढ्नुपर्ने शुभकामना व्यक्त गर्नुभयो ।



मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A