कोरोना सङ्क्रमणको वेलामा पनि महिला हिंसा बढ्यो

  • असोज ५, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, लहान नगरपालिकामा कोरोना सङ्क्रमणको बेलामा महिला हिंसा बढेको नगरउप्रमुख तथा नयायिक समितिका संयोजक सरियार कुमारी चौधरीले बताउनुभयो ।

नगरपालिकाको ५, १८, २३ र २४ नम्बर वडामा महिला हिंसासम्बन्धी उजुरी नै न्यायिक समितिमा आएको उपप्रमुख चौधरीले भन्दै पति र परिवारको अन्य सदस्यहरुबाट हिंसामा महिलाहरु हिंसामा परेकी उहाँले बताउनुभयो ।
लहान नगरपालिकाको २४ वटै वडाहरुमा गठित मेलमिलाप समितिले समेत वडा स्तरमा मेलमिलाप गराउन काम गरिरहेकोले पहिलेको तुलनामा सहज भइरहेको उपप्रमुख चौधरीले प्रष्टयाउनुभयो ।

साउन यता हालसम्म १३ वटा महिला हिंसाको घट्ना दर्ता भएको छ । महिला हिंसा बाहेक लेनदेनस समिा साँध सम्बन्धी आएको निवेदनमा समेत न्यायिक समितिले सक्रियतापूर्वक काम काम गरिरहेको न्यायिक समितिका सदस्य शान्ती देवी सदायले बताउनुभयो ।

२०७५÷०६ मा दर्ता भएको ९० मुद्दाहरु मध्ये २३ वटा फैसला भैसकको र २३ वटा फैसला हुन बाँकी रहेको प्रष्ट न्यायिक समितिका अर्का सदस्य देवशरण पण्डितले लहान नगरपालिकामा न्याय समपादन व्यवसिथत तरिकाले भइरहेको भएपनि कोरोना महामारीको समयमा धेरै प्रक्रियाहरु संचालन गर्न समस्या भइरहेको बताउनुभयो ।

सिरहा जिल्लामा नै व्यवस्थित न्यायिक समिति लहान नगरपालिकाको रहेको महिला मानव अधिकारकर्मी रेणु कर्णले भन्दै कतिपय स्थानीय तहहरुमा अझैपनि न्यायिक समितिको काम व्यवस्थित हुन नसकेका चिन्ता प्रकट गर्नुभयो ।
उहाँले भन्नुभयो, भौतिक विकास मात्रै विकास नभएर सामाजिक न्याय पनि विकासकै अर्को पाटो भएकोले स्थानीय तहमा रहेका न्यायिक समितिहरु सक्रिय हुन आवश्यक छ ।

कारोना महामारीको समयमा श्रीमान (पति)बाट नै वढी हिंसाको चपेटामा परेको अर्का महिला अधिकारकर्मी गीता साहको बुझाइ रहेको छ । यस्तो विषम परिस्थितिमा पनि लहान नगरपालिकाको न्यायिक समिति सक्रिय रहेको छ । न्यायिक समतिका संयोजक उपप्रमुख जतिवेला पनि पीडित महिलाहरुको फोन रिसिभ गरेर सक्ने सहयोग फोन गरेर पनि गरिरहनु भएको छ ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A