ओरेक नेपालद्वारा सिरहा कारागारका कैदीबन्दीहरुका लागि राहत सामग्री हस्तान्त्रण

  • असोज १०, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । ४१औं सामाजिक सेवा दिवसको अवसरमा ओरेक नेपाल सिरहा शाखाले सिरहा कारागारमा रहेका कैदीबन्दीहरुका लागि राहत सामग्री हस्तान्त्रण गरेका छन् ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलको उपस्थितिमा निमित्त कारागार प्रमुख बविता कुमारी महतोलाई राहत सामग्रंी हस्तान्त्रण गरिएको हो ।

राहत सामग्रीमा तीन सयवटा झुलका साथै महिलाहरुका लागि डिगनिटी किट जसभित्र नुहाउने साबुन ३ थान, लुगाधुने साबुन ३ थान, काइयो १ थान, नेलकटर १, ब्रस १, टुथपेष्ट १, रबर १, प्याड १, गम्छा १ र पेन्टी २ थान रहेको ओरेक नेपालका कार्यक्रम तथा संचार अधिकृत अनिता चौधरीले जानकरी दिनुभयो ।

कोभिड–१९ को समयमा कारागारमा लामखुट्टेको समस्याका साथै कैदी बन्दीहरुमा कोरोनाको संक्रमण समेत देखा परेकोले त्यसबाट कारागारमा रहेका कैदीबन्दीहरुलाई विभिन्न रुपमा समस्या हुने गरेको निमित्त कारागार प्रमुख महतोले जानकारी दिनुभयो । उहाँले राहत सामग्री पलब्ध गराई सहयोग गर्ने ओरेक नेपाल सिरहा शाखालाई अभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नु भएको छ ।

गत साता जिल्ला कारागार सिरहाका ५ सय ९७ कैदीबन्दीमध्ये ५ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A