मन्त्री श्रेष्ठद्वारा अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास

  • कार्तिक १०, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान, नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठले गोलबजार नगरपालिका ७ मा सुविधा सम्पन्न १५ शैयाको अस्पताल र असाहय वृद्ध सेवा सदन भवनको शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रममाा मन्त्री श्रेष्ठले स्थानीय तहबाट भ्याउने स्थानीय कामहरु स्थानीय तहले गर्ने , मझौला कामहरु प्रदेश सरकारले र ठूला कार्यहरु संंघीय सरकारबाट गरिने बताउनुभयो ।

lilanath 2 photo

उहाँले भन्नुभयो,सिरहा जिल्लाको गोलबजार नगरपालिकामा अस्पताल वृद्धा आश्रम निर्माण गरेर यस भेगका जनाताको लागि नगरपालिकाले राम्रो कार्यको थालनी गरेको छ । शिलान्यास भएपछि दु्रत गतिमा निर्माण कार्य सम्पन्न होस् ।

नौ करोड मूल्य बराबरको जग्गा दान गर्नु हुने दाताहरुको उच्च मूल्याङकन सामाजले पनि सधै गरिरहने मन्त्री श्रेष्ठले थप्नुभयो,‘आफू काम गर्नको लागि मन्त्री भएको छु । महिला बालबालिका र ज्येष्ठ नागरिककको समस्या समाधान गर्न लाग्ने छु । विकासको लागि काखा पाखा गर्दिन, सबैको सकारात्मक सहयोगको अपेक्षा गरेको छु ।’

lilanath 3 photo

आफ्ना माता–पिताको सम्झनामा नौ करोड मूल्य बराबरबो जग्गा निशुल्क दान गर्नुहुने केदार श्रेष्ठ,हिरा श्रेष्ठ,मोतिलाल श्रेष्ठ,जवाहरलाल श्रेष्ठ र डा विष्णु प्रसाद श्रेष्ठलाई गोलबजार नगरपालिकाका नगरप्रमुख देवनाथ साहले सम्मान गर्नु भएको थियो ।

lilanath 4 photo

कार्यक्रममा वडा नम्बर ७ का ज्येष्ठ,महिला तथा अपाङग नागरिकहरुलाई सम्मान गर्नुको साथै लाठि वितरण गरेको थियो ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A