एक शौचालय हस्तान्तरण अर्को निर्माण कार्यको शुभारम्भ

  • मंसिर ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,लहान नगरपालिका विकन परियोजना अन्तर्गत वाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको सक्रियतामा विहिबार लहान ११ पडरियामा दलित बस्तीमा लहान नगरप्रमुख मुनि साह सुँडलिे निर्मित आधुनिक शौचालय एक कार्यक्रमकोबीच विहान हस्तान्तरण गर्नु भएको छ । दिउसो खुटी खोलाको डिलमा लहान ४,५, र ६ नम्बरका गरवि दलितहरुले प्रयोग गर्ने उद्येश्यले अर्को शौचालय निर्माणको शुभारम्भ उहाँले गर्नु भएको छ ।

लहान ११ पडरियामा पासमान र सदाय समुदायका ३० घर परिवारको लागि २८ लाखभन्दा बढीको लागितमा निर्मित शौचालयले खुल्ला दिसामुक्त अभियानबाट पूर्ण सरसफाइको लागि बाटो खोलि दिएको प्रमुख साहले बताउनुभयो ।

bihan beluka shauchalay news 4 mansir.2 photo

उहाँले भन्नुभयो,वाटरएडले लहानको खानेपानी र शौचालय निर्माणमा गरेको सहयोग सराहनीय रहेको छ । पडरियामा एकिकृत बस्ती निर्माण अन्तर्गत १२ घर परिवारको लागि पक्की भवन निर्माण नगरपालिकाले गरी दिएको छ भने पडरियाकै ३० दलित समुदायको लागि आधुनिक शौचालय निर्माण गरेको छ । क्रमशः यस अभियानलाई नगरपालिकाको २४ वटै वडामा विस्तार गरिने उद्येश्य नगरपालिकाले लिएको छ ।

bihan beluka shauchalay news 4 mansir.photo 4

कार्यक्रममा नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीले अरु ठाँउमा भ्रमणमा गएपछि देखेको आधुनिक शौचालय निर्माण यस वडामा गरेर लहानको सरसफाइलाई व्यवस्थित गर्ने अभियानलाई अगाडि बढाएको प्रष्टयाउनुभयो ।

bihan beluka shauchalay news 4 mansir.photo 5
नेकपा प्रदेश २ का सदस्य राजेन्द्र प्रसाद चौधरीले लहान नगरपालिकाले बाटरएडको सहयोग र दलित जनकल्याण युवा क्लवको अगुवाईमा आधुनिक शौचालय निर्माण गरेर साँचो हस्तान्तरण गरेपछि उपभोक्ता दलित समुदायहरुले संरक्षण र रेखदेखमा ध्यान दिनुपर्ने सचेत गराउनुभयो ।

 

वाटरएडको निर्देशक महेश ढुङगानाले परियोजनाले शौचालय निर्माणको कार्य थालेपछि स्थानीयहरुबाट साकारात्मक सहयोग भएको भन्दै शौचालय हस्तान्तरण भएको आजैको मितिदेखि मन्दिर जस्तो सरसफाई गर्न सबैले ध्यान दिन सबैमा आग्रह गर्नुभयो ।

वडानम्बर ११ का वडाध्यक्ष राज कुमार साहले यस वडाको लागि दलित बस्ती निर्माण र आधुनिक शौचालय निर्माण नमूना कार्य मात्रै होइन गौरव गर्न लायकको काम भएकोमा यस कार्यको लागि लहान नगरपालिका सहयोग गर्ने गैर सरकारी संघ संस्थाहरु मुरीमुरी धन्यवादको पात्र भएको हर्ष व्यक्त गर्नुभयो ।

shauchalay news. photocapsion jibachh lahan

दलित जनकल्याण युवा क्लवका निर्देशक विनोद बिसुन्केले दलित समुदायको शिक्षा स्वास्थ्य र आत्म निर्भर बनाउन दलित जनकल्याण युवा क्लवले काम गर्दै आइरहेको स्मरण गराउदै लहान नगरपालिकाका दलित बस्तीहरुमा विकन परियोजना अन्तर्गत शौचालय निर्माण कार्यलाई अघि बढाएको बताउनुभयो ।


दिउसो जथाभावी दिसापिसाव नगरौ, आफ्नो घर वरपर सफा राखौ छठको पूजा स्थल खुटी खोला सफा राखौ मूल नाराको साथ सुलभ शौचालय निर्माण कार्य खुटी खोलको पश्चिमी किनारा लहान ५ शिव चौकमा शौचलय निर्माण कार्यको शुभारम्भ गर्दै नगरप्रमुख साहले विदेश भ्रमणको क्रममा मलेसियाको क्वाललमपुर देखिएको सुलभ शौचालय कार्यक्रमलाई लहान नगरपालिकामा समेत व्यवहारमा ल्याउन लागेको धारणा राख्नुभयो ।

bihan beluka shauchalay news 4 mansir.photo 6

वडा नम्वर ५ का वडाध्यक्ष सुलेमान अन्सारी मियाँले खुटी खोलालाई सुफा राख्न खुलला दिसा नगर्न स्थानीबासीहरुसँग आग्रह गर्नुभयो ।

 

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A