कोरोनाका कारण बन्दगरिएका नयाँ श्रम स्वीकृति खुल्यो, अब नेपाली श्रमिक कतार जान पाउने

  • मंसिर ८, २०७७
  • समृद्धिपथ
alt

काठमाडौँ । रोजगारीका लागि कतारमा नयाँ श्रम स्वीकृति लिएर जानेका लागि बाटो खुलेको छ । यसअघि बिदामा गएकालाई लिँदै आएको कतार सरकारले अघिल्लो साता सूचना निकालेर नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक लिनका लागि श्रम अनुमोदन गर्नसक्ने बताएसँगै नेपाली श्रमिकका कतार जाने बाटो खुलेको हो ।

कतारस्थित नेपाली दूतावासले पनि आइतबारदेखि नयाँ मागपत्र प्रमाणीकरणको काम थाल्ने जनाएको छ । कतार सरकारको सूचना आएसँगै दूतावासले नयाँ मागपत्र प्रमाणीकरण थाल्ने जानकारी गराएको हो ।

कोरोनाका कारण यसअघि कतारले नेपालसहित विभिन्न देशलाई उच्च जोखिमको सूचीमा राखेको थियो । उच्च जोखिममा राखेको देशका नागरिकका लागि कतार सरकारले नयाँ श्रम पनि खुलाएको थिएन तर अब भने त्यो प्रतिबन्ध हटाउँदै कतारले नेपालसहित विभिन्न देशबाट नयाँ श्रमिक पनि कामका लागि लिने भएको छ ।

कतारले गरेको पछिल्लो घोषणाअनुसार अब वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले माग ल्याएमा दूतावासले प्रमाणीकरण गर्ने कतारका लागि नेपाली दूतावासले जानकारी गराएको छ । दूतावासका अनुसार कतारले खुला नगर्दासम्म कामको माग ल्याउँदा पनि हामीले प्रमाणीकरण गर्नसक्ने अवस्था थिएन । अब कतारले नै खुलाएपछि दूतावासले नगर्ने भन्ने नै हुँदैन । मागपत्र आउनासाथ प्रमाणीकरण हुन्छ ।

कतारस्थित नेपाली दूतावासले नयाँ श्रमिकको माग प्रमाणीकरण गर्न थालेसँगै कतारमा ठूलो सङ्ख्यामा नेपाली श्रमिकका लागि रोजगारी खुल्ने जानकारी दिनुभयो । ढिला भए पनि दूतावासले प्रमाणीकरण खोलेको नेपाल वैदेशिक रोजगारी महासङ्घका अध्यक्ष विष्णु गैरेले तत्काल कतारमा ५० हजार नेपाली श्रमिकको माग आउने जानकारी दिनुभयो ।

विश्वमा महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण लामो समययता वैदेशिक रोजगारीका लागि नयाँ मागपत्र प्रमाणीकरण हुन सकेको थिएन । कतिपय गन्तव्य मुलुकले श्रमिकको माग गरे पनि विदेशस्थित नेपाली दूतावासले नेपाली श्रमिकका लागि पेस भएका मागपत्र प्रमाणीकरणको काम नगरेको भन्दै म्यानपावर व्यवसायीले गुनासो गरेका थिए ।

मागपत्र प्रमाणीकरणको कामलाई निरन्तरता दिन म्यानपावर व्यवसायीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा लिखित निवेदनसमेत पेस गरेका थिए । सो निवेदनपछि मागपत्र प्रमाणीकरणको काम गर्न दूतावासलाई निर्देशन दिन आग्रह गर्दै श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको थियो । मलेसियालगायत कतिपय रोजगारदाता मुलुकले कोरोना सङ्क्रमणको अवस्था सामान्य भएपछि मात्रै श्रमिक लैजाने बताउँदै आएका छन् । गोरखापत्र अनलाइनबाट

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A