सातवटै प्रदेशमा बहुआयमिक ग्राम बनाउने मन्त्री श्रेष्ठको प्रतिवद्धता

  • मंसिर २७, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले सात वटै प्रदेशमा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्येश्यले बहुआयमिक ग्राम बनाउने कार्यक्रम ल्याउन लागेको बताउनु भएको छ । गृह जिल्ला सिरहा गोलबजार आइपुग्नु् भएको मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो ।

एक महिना २५ दिन मन्त्री पद सम्हालेको छोटोसमयमा मन्त्रालयले गर्ने कामहरुको बारेमा अध्ययन गर्ने काम सकेर महिला बालबालिका र ज्येष्ठ नागरिकको पक्षमा गर्न सक्ने कामहरुको बारेमा विज्ञहरुसँग छmलफलपछि बहुआमिक ग्रामको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउने ज्ञान सीप र प्रविधि सिकाइने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

महिला हिंसाको तथ्याङक हेर्ने हो भने प्रदेश २ मा हिंसा बढी भएकोले यस प्रदेशमा विशेष कार्यक्रम ल्याउन लागेको मन्त्री श्रेष्ठले प्रष्टयाँउदै भन्नुभयो, ‘सातैवटा प्रदेशमा अन्तरष्ट्रिय स्तरको अपाङगताग्राम सवै प्रदेशमा बहुआयामिक ग्राम र बेद्धाश्रम भवन निर्माणको योजना प्राथमिकतामा रहेको छ । बहुआयिमक ग्राममा महिलाहरुलाई सीप ज्ञान र आत्मनिर्भर बनाउने कार्यक्रमलाई रहेको छ ।’
महिला हिंसामा पहिलो र शिक्षामा कर्णालीपछि दोश्रो स्थानमा रहेको प्रदेश २ को लागि विशेष प्याकेज ल्याउन लागेको छौ,उहाँले भन्नुभयो ।

राष्ट्रिय अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुबाट भइरहेको महिला , बालबालिका, अपाङगता र ज्येष्ठ नागरिकको लागि भइरहेको १८ अर्बको विभिध कार्यक्रमहरुलाई समाजकल्याण परिषदबाट एकद्वार प्रणली अन्तर्गत विनियोजित गरी समयमै कार्य सम्पन्न गर्ने गरी मन्त्रालयले तयारी थालेको उहाँले जानकारी दिनुभयो ।

७५३ वटै स्थानीय तहमा महिला , बालबालिका तथा ज्येष्ठ नागरिकको अवस्था बुझ्न सहजकर्ता खटाइाने छ । कुनै पनि बालबालिका शिक्षा र सुरक्षबाट बञ्चित नरहने सरकारको नीतिलाई कार्यन्वयन गर्न योजना अनुसार काम अघि बढाइने छ , उहाँले भन्नुभयो ।

नेकपाको केन्द्रिय सदस्य समेत रहनु भएको मन्त्री श्रेष्ठले नेकपामा भएरहेको विवाद मिलेर पार्टी एक ढिका भएर जनताको हितमा काम गर्ने भन्दै अहिले देखिएको विवाद दुबै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाले मिलेर पार्टी र सरकारलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

आफू गुटको पक्षपोषण नगरी जनताको पक्षमा काम गर्न मन्त्री पदको मार्यादालाई कायम गरी जनहितको काम गर्न कहिलेपनि पछि नपर्ने दृढता व्यक्त गर्दै पार्टी र सरकारलाई यतिवेला कमजोर बनाउन देशी विदेशी शक्तिहरु लागि परेकोले जिल्ला स्तरीय नेता कार्यकर्ताहरुले समेत पार्टी एकता अक्षुण राख्न शिर्ष नेताहरुलाई खबरदारी गर्न नेकपाका नेता कार्यकर्ताहरुलाई अपिल गर्नुभयो ।


अर्को वर्षसम्म सिरहामा फुसको घर विस्थापित गर्ने गरी सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस वर्ष सिरहा ३ मा १२ सयमा जस्ता पाता राख्न प्रति परिवार ५० हजारको दरले दिइने गरी ६ करोड बजेट विनियोजन भएको बताउनुभयो ।

मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण आउने असार महिनासम्ममा कमला र बलानमा पुल निर्माणको कार्य सम्पन्न गरी हुलाकी सडक संचालन हुने जानकारी दिदै लगडीगोठ–गोलबजार जोड्ने सडक निर्माण कार्यको शिलान्यसा मंसिर २९ गते हुने कार्यक्रम तय रहेको स्पष्ट गर्नुभयो ।

नेपालभरीमा नै ८० वटा राष्ट्रिय राजमार्गहरु बनामउने कार्यक्रम रहेकोमा त्यसमध्ये चारवटा राष्ट्रियमार्ग सिरहामा नै निर्माण हुन लागेको छ । माडर,चोहर्वा मिर्चैया हुादै मध्य पहाडी मदनभण्डारी मार्गमा जोडने , त्यसैगरी लगडीगोठ गोलबजार ,बन्दीपुर बेलसोत र ठाडी कदमाहा हुदै जाने राजमार्गहरु रहेका छन् । चारवटै राजमार्ग निर्माण भएपछि तराई पहाडको मालसमाना आवत जावततमा सुगमता भइ आर्थिक रुपले सम्पन्नतातर्फ अघि वढने मनत्री श्रेष्ठले दावी गर्नुभयो ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A