नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को अध्यक्षमा शिवनाथ सिंह निर्वाचित "१७ सदस्यीय कार्यसमिति चयन "

  • पुस १२, २०७७
  • समृद्धिपथ
alt

फिरोज सिद्दीकी,

सिरहा । नेपाल औषधि व्यवसायी संघ प्रदेश नम्बर २ को प्रथम प्रादेशिक अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट शिवनाथ सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा राकेश कुमार साह, थोक उपाध्यक्षमा सुमन कुमार कयाल, खुद्रा उपाध्यक्षा विनोद चन्द्र देव, महासचिवमा पप्पु कुमार झा, कोषाध्यक्षमा सुनिल लखोटिया, सचिवमा नन्दलाल प्रसाद साह, उपकोषाध्यक्षमा मानव राजपाल चयन भएका छन् ।

त्यस्तै, सदस्य आयात/खुद्रामा निरंजन प्रसाद साह र सुनिल कुमार, महिला सदस्यमा मन्दीरा भट्टराई, सदस्य खुद्रामा प्रमोद कुमार यादव र गणेश प्रसाद साह, सदस्य खुल्लामा श्याम सुन्दर झा, उमाशंकर साह, महेश कुमार मोदक र तापस कुमार सरकार निर्वाचित भएका छन् ।

थोकउपाध्यक्ष, कोषाध्यक्ष, सचिव, महिला सदस्य र ४ जना खुल्ला सदस्य निर्विरोध निर्वाचित भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश २ का निर्वाचन अधिकृत अधिवक्ता राजदेव यादवले जानकारी दिनुभयो ।

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A