‘देशैभरि सरकारको पक्षमा जनलहर’

  • माघ २, २०७७
  • समृद्धिपथ
alt

जिवछ उदासी
लहान,माघ १ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रचण्ड–माधव समूहले फैलाएको भ्रम चिर्दै गएपछि सरकारको पक्षमा देशैभरी जन लहर फैलिएको बताउनु भएको छ ।

विहिबार सिरहाको सुखीपुर नगरपालिका–४ वडा कार्यालयले ज्येष्ठ नागरिक,दलित, अपाङग तथा विपन्नलाई शीतलहर छल्न आयोजना गरेको सिरक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

नेकपाका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज समेत रहनु भएको मन्त्री श्रेष्ठले भन्नुभयो,‘पाँच वर्षको लागि चल्ने स्थीर सरकारलाई ढाल्न पार्टीकै अर्का अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपालले षडयन्त्र गरेर कामै गर्न नदिएर अप्ठयारोमा पारेपछि संसद विघट्न गरेर चुनावमा जानु परेको हो ।’

जनपक्षीय काम थालेको सरकारको पक्षमा देशैभरी जनलहर सृजना भएको अवस्थामा पार्टीभित्र आन्तरिक किँचलो थालेर सरकारलाई अप्ठयारो परिस्थिति आएपछि संसद विघट्नको अर्को कुनै भरपर्दो विकल्प नभएर चुनावको घोषणा गर्नु परेको उहाँले प्रष्टयाउनुभयो ।

manrti lilanath shreshtha news magh 2 photo 2

चुनाव हुन्छ कि हुँदैन यो दुविधा हटाएर चुनावको लागि वातावरण बनाउन लाग्नुपर्ने मन्त्री श्रेष्ठले जोडदिँदै भन्नुभयो,‘६४ प्रतिशत समर्थन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारलाई रहेको अवस्थामा ३६ प्रतिशतले सरकार बनाउने अवस्था नरहेकोले संविधानको धारा ७६ को उपधारा ७ अनुसार संसद विघट्न गरिएको छ ।’

संविधान र लोकत्रन्त्रको रक्षाको लागि निर्वाचनमा जानुको विकल्प पनि छैन,यो भन्दा अर्को अग्रगामी बाटो पनि छैन । सडकमा नारा जुलुस आन्दोलन गरेर अग्रगामी हुने र चुनावमा जानु प्रतिगामी हुने यो कस्तो बिडम्बना भएको मन्त्री श्रेष्ठले तर्क गर्दै चुनावमा जानु बाहेकको अर्को कुनै बाटो नहिड्न सबैलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री केपी ओली भारतीय टिभी जी नयुजको पत्रकार सुधीर चौधरीलाई दिएको अन्तर्वातामा राष्ट्र र नेपाली जनताको शीर ठाडो पर्ने काम गरेको स्मरण गराउदै मधेशको हुलाकी सडक निर्माण १३ सय करोड,२१ तराई – मधेशका २१ वटा जिल्ला सदरमूकामको आधुनिकीकरण गर्न चार सय करोड विनियोजन गरेर विकासको ढोका खोल्नु भएको उहाँले बताउनुभयो ।

manrti lilanath shreshtha news magh 1.photo 4

सिरक वितरण कार्यक्रममा लुम्बिनि प्रदेश प्रमुख धर्मनाथ यादवले माघे संक्रान्ति पर्वको अवसरमा सुखीपुर नगरपालिका ४ नम्वर वडाले शतिलहर छल्न ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेर राम्रो कार्य गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।


सुखीपुर नगरपालिका प्रमुख राम औतार यादवले सुखीपुर नगरपालिकाका जनतालाई खुसी बनाउन भौतिक विकासतर्फ सडक निर्माण,शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक न्यायमा जोड दिएको स्पष्ट पानुभयो । वितरण कार्यक्रम वडाध्यक्ष रामलोभित यादवको अध्यक्षतामा सम्पन्न भएको सिरक वितरण कार्यक्रमाा वडाका दुई सय जनालाई बाक्लो सिरक वितरण गरिएको थियो ।

manrti lilanath shreshtha news magh 3 photo

कार्यक्रममा सिरहा नगरपालिकामा नगरप्रमुखको प्रत्यासी रहनु भएको नेकपा जिल्ला कमिटि सदस्य डा. नविन यादव, सिरहा १८ नम्वरका वडाधयक्ष राम स्वागारथ यादव र पत्रकार जिवछ उदासीले पनि सुखीपुर नगरपालिका ४ नम्बर वडाले शितलहरको समयमा सिरक वितरण गरेर राम्रो काम गरेको शुभकामना दिनु भएको थियो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A