जिवछ उदासी
लहान, माघ २ गते । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा युवा नेता महेश वस्नेतले देश र जनताको ढुकढुकी प्रधानमन्त्री केपी ओली रहेको बताउनु भएको छ ।
मोरङग, सुनसरीको युवा भेला कार्यक्रम सकेर शुक्रबार सर्लाहीको कार्यक्रममा सहभागी हुन जाने क्रममा लहानको विशाल होटेलमा नेता कार्यकर्ताहरुसँग गरेको छोटो भेटघाटमा यस्तो बताउनु भएको हो ।
लहान नगरपालिकाको सडक डिभिजन कार्यालयमा भएको अधिवेशनबाट आफू युवा संघको अधयक्षमा चुनिएको सम्झना गर्दै उहाँले प्रदेश–२ मा पनि नेकपा मजबुत भइरहेको दाबी गर्नुभयो ।

जनकपुरमा देखिएको नेता कार्यकर्ताको दशौ हजारको उपस्थितिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले चालेको कदम सहि रहेको यस प्रदेशले समेत प्रमाणित गरिसकेको छ । संसद विघट्न रहरले होइन, माधव–प्रचण्डको गुटवादी शैली र षडयन्त्रको बाधयता भएको नेता बस्नेतले प्रष्टयाउनुभयो ।
लोकप्रिय सरकारलाई अलोकप्रिय बनाउन र पार्टीमा मन्त्री, राजदुत लगायतका नियुक्तिहरुमा सधै किचलो झिकेर सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएपछि संसद विघट्न गरेर चुनावमा जानु परेको उहाँले तर्क गर्नुभयो ।
प्रदेश सभाको चुनाव गर्नुभन्दा गाँउपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरप्रप्रमुख र उपप्रमुखलाई प्रदेश सभाको सदस्य सरह हैसियत दिएर प्रदेश सरकारको संरचना बन्नाउन आवश्यक रहेको भन्दै प्रदेश सरकारको लागि अलगै चुनाव गर्न नपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो ।

माधव–प्रचण्ड समूहले फैलाएको भ्रम चिर्न देशैभरि भेला गरिरहेको युवा भेला प्रभावकारी भइरहेको नेता बस्नेतले जोड दिँदै नेपालमा जनप्रतिनिधि नभएको वेला भएको दलीय संयन्त्रले भ्रष्टाचारलाई संस्थागत गरेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो,‘भ्रष्टाचारमुक्त नेपाल युवा अभियान चलाउनुपर्ने आवश्यक्ता छ । नेपालको कायाकलट प्रधानमन्त्री केपी ओलबिाटै संभव पनि छ ।’
लहान नगरप्रमुख मुनि साहसँग छोटो कुराकानी गर्दै नेता बस्नेतले हाम्रो लहान, सुन्दर र सम्पन्न लहानको नारा कार्यान्वयनमा हामी आफ्नो स्तरबाट सहयोग गर्न सधैं तयार रहेको बचनवद्धता समेत वयक्त गर्नुभयो । नेतासँग युवासंघका केन्द्रिय सचिव वचन वज्राचार्य केस सिता सुवेदी र अनेरास्वियु केन्द्रिय सदस्य सरिता सापकोटा लगायतका युवा नेताहरु हुनुहुन्थ्यो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A