कला संस्कृतिको उजागर गर्न तेश्रो झण्डा महोत्सव हुँदै

  • फागुन १३, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान,सखुवानन्कारकटी गाँउपालिकाले कला संस्कृति उजागर गर्ने उद्येश्यले‘कला संस्कृति हाम्रो स्वभिमान,समृद्ध सखुवानन्कारकटि हाम्रो पहिचान’ मूल नाराका साथ तेश्रो झण्डा महोत्सव हुने भएको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।


नेकपा प्रचण्ड–माधव समूहको अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाट्न गर्नु हुने कार्यक्रम तय भएको सखुवानन्कारकटि गाँउपालिका तेश्रो झण्डा महोत्सव २०७७ का संयोजक गाँउपालिका अध्यक्ष केदारनाथ यादवले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।


हेलिकप्टरद्वारा पुष्पवृष्टि,उदघाट्न समारोहको दिन विहान ८ बजेदेखि हजारौको संख्यामा कलश यात्रा,स्थानीय भेषभुषा तथा परम्परा झल्कने स्थानीय झँकी प्रदर्शन,झण्डा महोत्सव झल्किने आकर्षण ‘राष्ट्रियझण्डा’आन्तरिक तथा वाहय पर्यटक भित्रयाउन पहल,व्यापार तथा व्यवसय प्रवर्धन, शिक्षा, स्वास्थ्य, कृषि र विभिन्न संस्कृतिहरुको सम्वर्धन गर्न महोत्सव आयोजना गर्न लागिको अध्यक्ष यादवले प्रष्टयाउनुभयो ।


पत्रकार सम्मेलनमा सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादवले प्रत्येक वर्ष हुने महोत्सवबाट यस गाँउपालिकाको मात्रै होइन, छिमेकी गाँउपालिकाहरुलाई समेत महोत्सवमा हुने प्रदर्शनहरुबाट लाभ भइरहेको भन्दै महोत्सवको उद्येश्य समृद्धि विकास शिक्षा र चेतनाको लागि पनि महत्पूर्ण रहेको बताउनुभयो ।


महोत्सवबाट हुने वर्षेनी लाखौ खर्चबाट खासै उपलब्धी नभएको भन्दै नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका स्थानीय नेताहरुले महोत्सव रोक्न माग गरेका थिए । नेपाली काँग्रेसका संजय यादवले महोत्सव उपलब्धी विहिन रहेकोले महोत्सवमा हुने खर्चले गरीव दलितको आवास निर्माणमा खर्च गर्दा राम्रो हुने समृद्धिपथलाई जानकारी गराउनुभयो ।


आयोजित पत्रकार सम्मेलन नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताको विशेष उपस्थितिमा सिरहा झण्डै तीन दर्जन विभिन्न मिडियाका पत्रकारहरु सहभागी भएका थिए ।



मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A