जिवछ उदासी
लहान, लहान नगरपालिका प्रमुख मुनि साहले चुनावमा लहान नगरपालिकाका जनतासँग प्रतिवद्धता गरेका ९० प्रतिशत कामहरु पुरा गर्ने दृढता व्यक्त गर्नु भएको छ ।
अहिलेसम्म ७० प्रतिशत काम पुरा हुनै लागेको अवस्थामा पुगेको हो भने बाँकी काम पनि त्रव्र गतिमा अघि बढिरहेको छ । समृद्धिपथ अनलाइनसँग छोटो कुराकानी गर्दै उहाँले लहान–५ मा निर्माण हुन लागेको ग्रीन पार्कमा वृक्षारोपण गर्दै यस्तो बताउनु भएको हो ।
लहान नगरपालिकामा हवाइमैदान र चिडियाखाना लगायत १० प्रतिशत काम बाहेक सबै कामहरु अगाडि बढिरहेको भन्दै यसको लागि लहान नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी टिम सक्रियताका साथ लागेको प्रमुख साहले जानकारी गराउनुभयो ।
बोलीलाई व्यवहारमा उतार्नुलाई नै राजनीतिक धर्म र जनप्रतिनिधिले गर्नुपर्ने कर्म ठानेर अघि बढिरहेको उहाँले धारणा व्यक्त गर्दै दिल र दिमागमा लहान नगरपालिकाको चित्र राखेर विकास निर्माणको कार्यलाई प्राथमिकता दिएको स्पष्ट गर्नुभयो ।
‘हाम्रो लहान समृद्ध लहान’को नारालाई ध्यानमा राखेर शनिबार वा विदाको दिन पनि काममा लागेका हुन्छौ, उहाँले भन्नुभयो । अहिले लहानको सहरी क्षेत्रमा निर्माण भइरहेको भवरापार्क,नहर निर्माण ग्रीनपार्क, घण्टाघर निर्माण,सडक सुधार विभिन्न ट्रयाक खोल्ने कार्य, विद्यालय निर्माण र स्वास्थ्यकेन्द्र निर्माणका कार्यहरु तीव्र गतिमा अगाडि बढिरहेको प्रमुख साहले जानकारी दिनुभयो ।
लहान नगरपालिकाको सहरी र ग्रामीण क्षेत्रको विकासलाई सन्तुलित रुपमा अगाडि बढाँउदै सहरलाई सुन्दर र व्यवस्थित, गाँउलाई सहर उन्मुख कृषि शिक्षा , पर्यटन र स्वास्थ्य क्षेत्रलाई बजेटले भ्याएसम्म कामहरु अघि बढिरहेको उहाँले दावी गर्नुभयो ।
लहान नगरपालिकाले समयमा काम गर्ने ठेकेदारलाई पुरस्कृत कामै नगरी बहाना बनाउने ठेकेदारको ठेक्का पनि रद्द गर्ने नीति लिएर कालाई गति दिएको प्रमुख साहले तर्क गर्दै लहान–५ मा निमर्माण भइरहेको ग्रीन पार्कमा मोर्निङग वाक,अपेनजीम,ब्याडमिन्टन कोट,फन पार्क र मैथिली संस्कृति झल्किने गरी बनाउन लागेको प्रष्टयाउनुभयो ।

ग्रीनपार्क,भवरादह पार्क र नहर निर्माणको कार्यलाई यति दिन प्राविधिक इन्जििनियर एकमणि सिफलियाले सक्रियताका साथ लाग्नु भएकोमा उहाँलाई नगरप्रमुख साहले धन्यवाद दिनुभयो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A