जिवछ उदासी
लहान, लहान नगरपालिका प्रमुख मुनि साहले मास्टर मिटर जडानपछि कृषि मिटरको सम्पूर्ण बील लहान नगरपालिकाले तिर्ने उद्घोष गर्नु भएको छ । लहान–१९ छरापटिमा शिब मन्दिरको शिलान्यासपछि आयोजित कार्यक्रममा यस्तो उदघोष गर्नु भएको हो ।
‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई कार्यान्वयन कृषि धार्मिक पर्यटन,शिक्षा,स्वास्थ्य,सडक, खानेपानी लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख साहाले भन्नुभयो,‘लहान नगरपालिको सहरी र ग्रामीण क्षेत्रको विकासलाई सन्तुलनमा राखेर अघि बढ्दा निकै चुनौती र अवरोध खडा भएपनि लहानका जनताका माया स्नेहले सबै कार्यहरु सफलतातर्फ उन्मुख भइरहेको छ ।’
लहान नगरपालिकाका ग्रामीण भेगका कृषकहरुको विजुली महसुल नगरपालिकाले नै तिरिदिने गरी कार्यक्रम अघि बढिरहेको उहाँले जानकारी गराउँदै थप्नुुभयो,‘चुनावमा गरेको प्रतिवद्धता अनुसार खुटी नहरको संचालनको लागि निर्माण कार्य अघि बढिसकेको छ । सिंचाइ, विउ विजन औषधी र प्राविधिक ज्ञान दिएर लहान नगरपालिकाले कृषकहरुको जीवन स्तर उकास्न निकै काम गरेको छ ।’
लहान–१९का वडाध्यक्ष मो. हकिमले हिन्दु र मुस्लिमको आधा आधा जनसंख्या रहेको छरापटिमा मुस्लिमहरुहरु भव्य मस्जिद थियो । वडाध्यक्षमा निर्वाचित भएपछि शिव मन्दिर निर्माण गर्ने प्रतिवद्धता अनुसार आज शिवमन्दिरको शिलान्यास भएपछि आफू निकै खुसी भएको बताउनुभयो ।
कार्यक्रममा शिव मन्दिर शिलान्यास भएपछि ग्रामीण भेगका धार्मिक पर्यटनमा ठूलो मद्यत पुग्ने लहान –११का वडाध्यक्ष तथा प्रवक्ता राज कुमार साह र स्थानीय नेकपा एमालेका नेता राम अधिन यादवले शुभकामना दिनुभयो ।
संजीव यादवको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रमको संचालन जगदीश साहले गर्नुभएको कार्यक्रमको अध्यक्ष मन्दिर निर्माण समितिका उपभोक्ता समितिका अध्यक्ष संजीव यादवले गर्नुभएको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A