कञ्चनपुर–कमला राष्ट्रिय राजमार्ग चार लेन निर्माण शुरु, स्थानीय खुसी

  • चैत ४, २०७७
  • समृद्धिपथ
alt

जिवछ यादव

लाहान । कञ्चनपुर–कमला राष्ट्रिय राजमार्गको चार लेन निर्माण कार्य लहान नगरपालिका क्षेत्रमा तीव्र गतिमा अगाडि बढिररहेको छ । कुल ८७ किलोमिटर मध्ये लाहान क्षेत्रमा पर्ने पाँच किलोमिटर सडकको निर्माण वर्षा लाग्नुभन्दा अगावै सक्ने गरी काम अगाडि बढाइएको छ । सडक निर्माण कार्य अघि वढेपछि स्थानीय खुसी छन् ।

कञ्चनपुर–कमला परियो्जना अन्तगर्त दुई प्याकेजमा काम सञ्चालन गरिएको परियोजनाका सुपरीक्षक अनिल ढुङगानाले जानकारी दिँदै कुनै बाधा अडचन नभए र यही गतिमा काम अगाडि बढिरहे निर्धारित तीन वर्षभित्रमा सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म करिब ८७ किलोमिटर निर्माणकार्य सम्पन्न हुने बताउनुभयो ।

परियोजनाका सुपरीक्षक ढुङगाना अनुसार अहिले सिरहाको दुई ठाँउबाट र सप्तरीको रुपनीबाट दुई प्याकेजमा निर्माण कार्य अघि बढाउने लक्ष्य अनुसार काम भइरहेको छ । लहान क्षेत्रमा पाँच किलोमिटर राष्ट्रिय मार्गमा दुबैतिरबाट माटो पुर्ने र रुख कटान काम अघि बढेको हो । बलान नदीमा १२ मिटर चौडाइको पुल निर्माण कार्यको थालनी गर्न तयारी भइरहेको छ ।

लहान नगरपालिकामा ओभर फलाईङग पुल र तलबाट सडक निर्माणकार्यलाई वर्षातपछि गरिने बताउनु भयो । बजार क्षेत्रमा प्रवेश गरेपछि निर्माण कार्यलाई झन् गति दिएर गर्नुपर्ने जानकारी दिनुभयो ।

राष्ट्रिय राजमार्गसँग जोडिएका सिरहा सप्तरी दुबै जिल्लाका स्थानीय तह पालिकाहरुसँग समन्वय गरेर कार्य अघि बढाँउदा स्थानीय तहहरुबाट निकै सहयोग हुँदा निर्माण कार्य सहज भइरहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय राजमार्गलाई विस्तार गर्न चाइना रेलवे–२ ले निर्माण कार्यलाई लहान क्षेत्रमा गति दिएको लाहान नगरप्रमुख मुनि साहले भन्नुहुँदै चार लेनको सडक निर्माण सुरु भैसकेकपछि स्थानीयमा उत्साह थपिएको छ । गोरखापत्रबाट

4-len-sadak 1

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A