रामरति रामपछि जानकी राम गृहणी महिलादेखि सांसदसम्म

  • चैत १७, २०७७
  • समृद्धिपथ
alt


जिवछ उदासी
गोलबजार सासु र लहान–१ माइती रहकी जानकी राम नेकपा एमालेको कोटाबाट समानुपातिक संसद चुनिनु भएको छ । नेकपा एमालेले एकपटक फेरि जनमनको आवाजलाई सुनेको छ । जानकी राम लहानमा भएको सिनो आन्दोलनदेखि दलित आन्दोलनमा सक्रिय एक संघर्षशलि महिलाको रुपमा भूमिका बनाउनु भएको छ । दलित आवद्ध संघ संस्थाबाट दलित अधिकारको पक्षमा सशक्त आवाज उठाउनुको साथै सधै नेकपा एमालेको एक सशक्त कार्यकर्ता भएर लागि रहनुभयो ।
आफू कुनै दिन सांसद पनि चुनिएला भन्ने आशा गर्नु भएको थिएन । विशुद्ध गृहणी महिलाको रुपमा रहेकी जानकी राम पति बद्री राम पनि दलित संघ संस्थामा लागेर उहाँमा राजनीतिक चेतना अरु गृहणी महिलाभन्दा बढी अनुकूलता रहयो । नेकपा एमालेले सिरहाका दलित महिलाहरुलाई स्थान दिँदै आइरहेको कुराले दलित समुदायमा एमालेको पकड राम्रै देखिन्छ । लहानको सिनो फाल्ने आन्दोलनबाट दलित आन्दोलनले उर्जा पाएकै हो । राम (चमार) समुदाय अन्य दलित समुदायको तुलनामा शिक्षा राजनीतिक र आर्थिक रुपमा सवलपनि हुँुदै जान थालेको छ ।
सिरहा र सप्तरीमा मधेशी दलितहरुको संख्या सबैभन्दा बढी रहेकोले पनि दलित आन्दोलन संगठित भएको हो । नेकपा एमालेबाट रामरति राम संविधानसभा सदस्य हुनुभयो । अहिले उहाँ नेकपा एमालेको केन्द्रिय सदस्य हु्नुहुन्छ । नेकपा एमालेको इमानदार संगठक नेता धर्मनाथ यादव (मास्टर सहाब) पनि प्रदेश ५ का प्रमुख चुनिनुभयो । यसैगरी नेकपा माओवादीबाट महेन्द्र पासवान संविधानसभा सदस्य निर्वाचित भइ भूमिसुधार मन्त्रीसम्म पुग्नुभयो । कर्जन्हा नगरपालिकाको मेयरको रुपमा गंगा पासवान पनि मेयरमा चुनिनु भएको छ । भन्नुको तात्पर्य दलितहरुको आवाज गरीवहरुको पीडा पोख्नेहरु बाम आन्दोलनमा लाग्नेहरु चाहे एमालेबाट होस् चाहे माओवादीबाट राजनीतिक उचाई सिरहामा हासिल गरेकै हो । रामरति राम र जानकी राम मधेशका दलित महिलाहरुमा सहासिक र संघर्षशील महिलाको रुपमा सुपरिचित अनुहार र नाम हुन् । जसले औपचारिक शिक्षा प्राप्त गर्न स्कूल क्लेज जाने अवसर नपाएपनि वर्गीय आन्दोलनलाई व्यवहारबाटै सिक्नुभयो । संघर्षलाई व्यवहारमै उतारेर देखाउनुभयो ।
गरीवी र विभेदका व्यथा पोखि रहनुभयो । आन्दोलनमा डटेर हिस्सा लिनुभयो । सत्यतथ्य बोल्न रतिभरपनि बिच्चलित हुनुभएन । मञ्च पाँउदा आफ्नै मातृभाषामा आँखाले देखेको गरीव दलितका समस्याहरु राख्न पछि पर्नु भएन । उहाँहरु जस्तो सहासी महिलाहरु राजनीतिमा उचाई पाँउनु भनेको तराई मधेशमा पछि परेका महिलाहरुको लागि प्रेरणाको श्रोत पनि हो । तराई मधेशका जिल्लाहरुमा गाँउ गाँउमा हरेक दलित वस्तीहरुमा रामरति राम र जानकी राम जस्तो महिला नेतृत्व तयार भयो भने मात्रै विभेद असमानाताको अन्तय र समाजमा जागरण हुनेछ । अन्य राजनीतिक दलहरुले समेत आफनो दलमा रामरति र जानकी जस्तै नेतृहरुलाई अवसर दिनु आवश्यक छ ।
तराइ मधेशका जिल्लाहरुमा देखिएको महिलाहिंसाको तस्बीरहरुले हिंसामुक्त समाज निर्माण हुन सकिरहेको छैन । हुनेखाने वर्गले शौख शान मान र आफ्नो हैसियत देखाउन दाइजोप्रथालाई दिएको बढावाको विकृतिमा दलित समुदाय पनि पर्न थालेका छन् । महिला हिंसाको मूल कारण दाइजोप्रथा रहेको छ । समाजमा विद्यमान विकृतिहरुको जरो उखेल्न रामरति राम र जानकी राम जस्ता महिला नेतृ आवश्यक छ । जबसम्म हरेक दलले पछि परेको समुदाय वर्गलाई उचित स्थान राजनीतिमा दिादेन तबसम्म परिवर्तन संस्थागत हुने छैन । मधेशी समुदायमा महिलाहरु राजनीतिक रुपमा पनि अघि बढ्न उकुसमुकुसको अवस्थामा पुगेका छन् । ती महिलाहरुको लागि नेकपा एमालले सिरहामा रामरति राम र जानकी रामलाई संसदसम्म पुरयाएर परिवर्तनको पक्षमा ऐतिहासिक काम गरेकै हो । यसको लागि साधुवाद भन्नैपर्छ ।
मधेशी समाजमा रहेका रामरति र जानकी राम जस्ता महिला नेतृत्व उत्पादन र चयनमा समेत दलीय दृष्टिकोण प्रष्ट हुनुपर्छ । एकैसौ शताब्दीमा देखिएको छुवाछूत,दाइजो, बोक्सी र महिलाहरुलाई समान सहभागिताबाट बञ्चित गराउने सामन्ती सोचको अन्तयको लागि पनि रामरति र जानकी राम प्रेरणाको श्रोत हुनुहुन्छ र उहाँहरु एक गृहिणी महिलाबाट संसद भवनसम्मको यात्रा गर्न सफल हुनुभयो । यसको लागि नेकपा एमाले सिरहा र केन्द्रिय कमिटिका नेताहरु निकै विवेकपूर्ण निर्णय गरेको छ । प्रसूतिको व्यथा अरुलाई के थाहा भने झै गरीव दलित समुदायबाट पनि राजनीतिमा सहभागीता गराउनु आवश्यक छ ताकि सामाजमा रहेका तमामा विभेदहरुको अन्तय होस् । रामरति र जानकी जस्ता सहासी महिलाहरुले निर्भकतापूर्वक उत्त्पीडित समुदायको आवाज उठाउन उठाइ रहुन । रामरति राम पछि जानकी रामले संसद भवनमा प्रवेश गर्ने खबरले चरैतिर खुसी छाउनु स्वभाविक पनि हो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A