जिवछ उदासी
नेकपा एमालेलाई सवल र पार्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व्मा रहेको सरकारलाई सफल बनाउन युवाहरु अभियान लिएर गाँउ गाँउमा पुग्न नेकपा एमालेका क्ेन्दिय नेता तथा राष्ट्रिय युवा संघ नेपालका अगुवा नेताहरुले अहवान गर्नु भएका छन् । राष्ट्रिय युवा संघ सिरहाले आयोजना गरेको युवा संघको भेलालाई सम्बोधन गर्दै सिरहाको चोहर्वामा यस्तो बताउनु भएका हुन् ।
नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश २ का सह इन्चार्ज समेत रहनु भएको कानून न्याया तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जहाँ सूर्य, त्याँहा एमाले जहाँ एमाले त्यहा समृद्धि र विकास रहेको सन्देस युवाहरुले प्रवाह गर्दै समान्तर कमिटि गठन गरेर नेकपा एमालेलाई ध्वस्त बनाउन लागेकाहरुलाई पराजित गर्न युवा अभियान आवश्यक रहेको बताउनुभयो ।
सामाजिक न्यायको अभावमा समृद्धि संभव नहुने भएकोले देशैभरिका स्थानीय तहमा रहेका न्यायपालिकालाई प्रभावकारी बनाउन तालिम ज्ञान सीप दिन मन्त्रालयले योजना बनाएर अघि बढिरहेको बताउनुभयो । जनताले चाहेको सामाजिक न्यायको प्रत्याभूति गराउन खास गरेर प्रदेश न २ का स्थानीय तहका अधिकांश न्यायपालिकाहरु आफ्नो जिम्माको काम गर्न नसकिरहेको अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले गहन गृहकार्यमा लागेको प्रष्टयाउनुभयो ।
युवाहरुलाई स्वरोजगार दिनको लागि प्रदेश २ मा सुनकोशी कमला मरिण डाइभर्सन कार्यक्रम अन्तर्गत सिंचाइ पुरयाएर कृषिलाई आधुनिकीकरण व्यवसायीमुखी बनाएर आत्मनिर्भर बनाउन सरकारले काम अगाडि बढाइसको मन्त्री श्रेष्ठले भन्दै सरकारलाई स्वस्थ्य भएर काम गर्न नदिएको प्रतिकूल अवस्थामा पनि देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गरिरहेको विश्वास दिलाउनुभयो ।
उहाँले थप्नुभयो,‘नेपालको इतिहासमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता, जनजीविका र विकास निर्माणको लागि गरेको काम कुनै सरकारले गर्न सकेको थिएन । सरकारलाई काम गर्न प्रतिकूलता सृजना गर्न पुष्पकमल दाहाल(प्रचण्डं) र माधव नेपाल समूहले गरेको असहयोगले सरकारलाई काम गर्न समस्या भएपनि आफ्नो प्रतिवद्धता पुरा गर्न इमानदारीपूर्वक काम गरिरहेको छ ।’
नेकपा एमालेका केन्द्रिय सदस्य र प्रदेश २ का सह इन्चार्ज समेत रहनु भएको मन्त्री श्रेष्ठले माधव नेपाल समूहले पार्टीलाई ध्वस्त बनाउन समान्तर कमिटि बनाउन लागेको भन्दै देशैभरी भ्रम सृजना गरेर अन्यौलता र अस्थिरता सृजना गर्न लागेको तर्क गर्नुभयो ।उहाँले युवाहरुलाई अहवान गर्दै भन्नुभयो,‘नेकपा एमाले र सरकारलाई दुर्घट्नामा पार्न भइरहेको गलत गतिविधिहरुलाई रोक्न युवा नेतृत्वहरु गाँउगाँउ र वडा वडामा गएर पार्टी र सरकारले गरेको राम्रो कामको प्रचार गर्न लाग्न जरुरी छ ।’
एक वडा एक स्वास्थ्य चौंकी, ७० वर्ष उमेर पुगेकाहरुको लागि स्वास्थ्य बीमा,३५७ वठा अस्पताल निर्माणको लागि रकम विनियोजन,१६५ वटै निर्वाचन क्षेत्रमा रणनैतिक सडक विस्तार,चार लेन सडक , हुलाकी सडक निर्माण अन्तिम चरणमा , मेलम्ची खानेपानी आयोजना पुरा, प्रदेश २ का डुम र मेस्तर समुदायका सुरक्षित आवास निर्माण,सिरहामा जिल्लामा उत्तर दक्षिण चार वटा राष्ट्रिय राजमार्ग चार हजार फुसको घर विस्थापित , एक क्षेत्र एक नमूना विद्यालय र प्रत्येक स्थानीय तहमा प्रविििधक विद्यालय कार्यक्रम सरकारले अगाडि बढाएको प्रष्टयाउनुभयो ।
कार्यक्रममा नेकपा एमालेको केन्द्रिय सदस्य तथा युवा इन्चार्ज समेत रहनु भएको पूर्व उद्योग मन्त्री महेश बस्नेतले सरकारले गरिरहेको राम्रो काम देख्न नसकेर सरकार र पार्टी दुबैलाई असफल बनाउन लागेको गुटलाई ध्वस्त पार्न युवा जागरण र अभियान आवशक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,‘प्रदेश २ का युवाहरु वैदेशिक रोजगारमा जानु पर्ने बाध्यतालाई अन्तय गर्न बर्तमान सरकारले विकासको पूर्वाधारहरु तयारी गरी सफलतातर्फ उन्मुख भइरहेको वेला सरकार पार्टी दुबैलाई ध्वस्त पार्न लागेको गुट र समूहको योजना असफल पार्न युवाहरु एक पटक फेरि संगठित हुनुपर्ने वेला भएको छ ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग सिरहाका अध्यक्ष तथा सिरहा जिल्लाका प्रजातान्त्रिक राष्ट्रिय युवा संघ सिरहाका संस्थापक अध्यक्ष गंगा प्रसाद यादव, राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष वचन बाहादुर सिंह, महासचिव रमेश आचार्य, सह अध्यक्ष किरण पौडेल उपाध्यक्ष, उपाध्यक्ष पुष्पराज श्रेष्ठ लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम युवा संघ सिरहाका संयोजक इन्देश राउतको अध्यक्षतामा भेलाको उदघाट्न कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन राममणि मिश्रले गर्नु भएको थियो भने कार्यक्रमको व्यवसपन तथा संयोजन युवा संघका स्थायी कमिटिका सदस्य वैधनाथ साहले गर्नु भएको थियो ।
कार्यक्रममा सुखीपुर नगरपालिकाका नगरप्रमुख राम औतार यादव,लहान नगरपालिका प्रमुख मुनि साह युवा नेता डा. नविन यादव चर्चित नेता राम शङकर यादव लगायत नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A