डाक्टर शैलेन्द्र र राखी दम्पतिको सेवा लिलामदन अस्पतालमा

  • वैशाख ८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान–१ स्थित लिलामदन अस्पतालमा डाक्टर शैलेन्द्र साह र राखी साहले सेवा दिन थाल्नु भएका छन् । उहाँहरु सर्जन र प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ । लहानबाट स्वास्थ्य उपचारको लागि बाहिर जानुपर्ने परिस्थितिको अन्तय गर्न लहानलाई कर्म थलो बनाउन लाग्नु भएका हुन् ।


एपेन्डिक्स,गल ब्लाडर ,पथरी हर्निया पायल्स,पिस्टुलाको सर्जन चिकित्सक शैलेन्द्र साह एमबिबिएस एमसी पाटन अस्पतालमा विगत चार वर्षभन्दा बढी सेवा प्रदान गरेर अनुभव हासिल गर्नु भएको छ भने डाक्टर राखी साह युकेबाट एमबिबिएस गर्नु भएको छ भने काठमाण्डौ स्थित नर्भिक अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।


साह दम्पतिले समृद्धिपथसँग छाटो कुराकानी गर्दै भन्नुभयो,‘हामी लहानमै जन्मेर बाहिर रहेरु पढयौ । पढेर आफ्नो लक्ष्मयमा पनि पुग्यौ । अब हाम्रो उद्येश्य आफ्नो मातृभूमि लहानको सेवा गर्ने भावले समर्पित भएर स्वास्थ्य सेवा प्रदान गर्न हामी लिला मदन अस्पतालबाट सेवा दिन मनसाय बनाएर लहान आएका छौं ।’

तपाईहरु काठमाणै छाडेर लहानमै सेवा दिन किन समर्पित हुनुभयो भने जिज्ञासामा लहान मातृभूमि भएकोले आफूहरुले सिकेको ज्ञान सीप प्रविधि प्रयोग गरेर लहानको स्वास्थ्य क्षेत्रमा योगदान दिनको लागि लिला मदन अस्पतालबाट सेवा दिन तयार भएको बताँउदै लिला मदन अस्पतालका सञ्चालक डा दिलिप साहसँग सामुहिक स्वास्थ्य सेवा दिन लागेको प्रष्टयाउनुभयो ।


लहान क्षेत्रका विरामीहरु लहानभन्दा बाहिर जानुपर्ने बाध्यतालाई अन्तय गर्न सामुहिक रुपमा स्वास्थ्य उपचार दिननको लागि हामी समर्पित भएको भन्दै ग्रामीण भेगका विरामीहरुलाई समय समयमा स्वास्थ्य शिविरको माध्यमबाट पनि स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


लहान नगरप्रमुख मुनि साहको छोरा बुहारीको परिचयभन्दा एक असल चिकित्सकको रुपमा आफ्नो पहिचान बनाउने धारणा राख्दै लहान नगरपालिकाले दिएको हाम्रो लहान समृद्ध लहानको नारामा स्वास्थ्य सेवाको माध्यमबाट योगदान दिन आफ्नो मातृभूमिलाई नै रोजेको तर्क गर्नुभयो ।


अन्तयमा उहाँहरुले कोरोना महामारीको यस अवस्थामा जोगिनको लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर लहानलाई सुरक्षित राख्न सबैमा आग्रह गर्नुभयो ।

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A