गुणस्तरहिन र सम्झौता विपरित कार्य गरेमा कारवाही हुन्छः नगरप्रमुख साह

  • वैशाख १८, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिका प्रमुख मुनि साहले नगरपालिकासँग भएको सम्झौता अनुसार कार्य नगरेमा कार्वाही गर्ने बताउनु भएको छ । लहानको मुख्य चोकदेखि घण्टा घरसम्मको सडक पेटी पेभियन कार्यको स्थलगत निरिक्षण गर्दै यस्तो बतउनु भएको हो ।


प्रमुख साहले भन्नुभयो,‘हाम्रो लहान, समृद्ध र सुन्दर लहानको परिकल्पना गरेर अघि बढ्न सम्झौता गरे अनुसारको गुण स्तरीय कार्य आवश्यक छ । नगरवासीसँग गरेको सारा प्रतिवद्धता पुरा गर्न कटिवद्ध भएर कार्य भइरहेको छ । यस पेभियन निर्माणको लागि ठेक्का लिएको झण्डै तीनवर्ष हुन लाग्यो एक त काम समयमा सम्पन्न भएन अर्को गुणस्तरीय पनि छैन ।’

ठेकेदार, साइड इन्चार्ज प्राविधिकलाई समेत कारवाही गर्ने उहाँले भन्दै समयसीमा भित्र राम्रो काम गर्ने ठेकेदार र प्राविधिकलाई पुरस्कृत गर्ने लापरवाही गर्नेलाई कारवाहीको प्रक्रियामा लगिने घोषणा गरिसकेकोले सोहि अनुरुप गर्ने प्रतिवद्धता पुनः दोहोराउनुभयो ।

paving news.photo 2
मीठो बोली बोलेर झुक्याउने भन्दा तोकिएको निर्धारित समयमा काम गरिदिने ठेकेदार, कर्मचारी, प्राविधिक र जनप्रतिनिधिलाई प्राथमिकतामा राख्ने गरेको प्रष्ट्याँउदै नगरप्रमुख साहले लहानको विकास निर्माणमा उत्पन्न भएको तगारो अदालती झमेल ाझेलेर पनि ९० प्रतिशत प्रतिवद्धता पुरा गर्नेगरी सबै कार्य अघि बढिसकेको बताउनुभयो ।

paving news.photo 3
लहानको समृद्धि र विकास बाहेक देश दुनियाँमा कहाँ के भइरहेको कुरालाई प्राथमिकतामा नराख्ने लहान नगरप्रमुख साह शनिबारको दिन पनि नगरपालिकाको विकास निर्माण कार्यलाई तीव्रता दिइरहनु भएको नगरप्रालिका पवक्ता तथा लहान ११ नम्बरका वडाध्यक्ष राज कुमार साहले भन्दै शहरी क्षेत्र र ग्रामीण क्षेत्रको विकास सन्तुलित रुपमा अघि बढाउन खोज्दा आइरहेको समस्या समाधान गरेर विकास र निकासलाई तीव्रता दिएको प्रष्टयाउनुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A