लहानको मुख्य बजार राममन्दिर क्षेत्रमा प्रवेश निःशेध

  • वैशाख २९, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान नगरपालिकाको मुटुको रुपमा रहेको राममन्दिर क्षेत्रमा कोारोना सङक्रमितहरुको संख्या बढेपछि लहान नगरपालिकाले मङगलबारदेखि सील गरी प्रवेश निःशेध गरिएको छ ।


लहान नगरपालिका –७ मा आधा दर्जन जति व्यक्तिहरुमा कोरोना सङक्रमित देखिएपछि यस क्षेत्रलाई सील गर्न पुगेकको त्यस वडाका वडाध्यक्ष राकेश रोशन गुप्ताले समृद्धिपथलाई जानकारी दिनुभयो ।


लहान नगरपालिकाले दोस्रो लहर चलिरहेको कोरोना सङक्रमणको तेस्रो लहर पनि आउने स्वास्थ्य विज्ञहरुले दिइरहेको जानकारीलाई ध्यानमा राखेर लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताललाई कोरोना अस्पताल र पशुपति आदर्श माध्यमिक विद्यालयललाई २५ वेडको आइसोलेसन केन्द्रको तयारी अन्तिम चरणमा पुगेको लहान नगरपालिका प्रवक्ता राज कुमार साहले बताउनुभयो ।

koronf sil lahan 7.photo 2
लहान नगरपालिका प्रमुख मुनि साहका अनुसार २५ बेडको आइसोलेसन, अक्सिजन सिलिण्डर,एम्बुलेन्सको वयवस्था, आरडिटी र पिसिआर टेष्टको लागि नगरपालिका व्यस्थापन गर्नुको साथै तत्कालै प्रत्येक वडा कार्यालयहरुमा मास्क, हान्ड स्यननिटयाजर र होम सयानिटयाजर पठाइ सकेको सकेको छ ।


उहाँले आग्रह गर्दै भन्नुभयो,‘यस वैश्विक महामारीको सङक्रमणबाट जोगिन जनहितमा जारी स्वास्थ्य मापदण्डलाई ख्याल गरेर सचेत र सर्तक रहन हेलचेक्रयाई नगरौ । युस सङकटको समयमा नगरपालिकाले थालेको प्रयासमा सबैको सहयोग आवश्यक छ ।’

koronf sil lahan 7.photo 3

जेठ २ बाट कक्षा ८ र कक्षा १ देखि ७ र ९ को परीक्षा समेत अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमनन्दन भुषालले विज्ञप्ती प्रकाशित गरी जानकारी दिनुभयो ।

 

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A