जेसिसका पूर्व अध्यक्ष पञ्जियारद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

  • जेठ ३, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर जनतालाई सुरक्षा र स्वास्थ्य मापदण्ड पालना गराउन अहोरात्र खटिने इलाका प्रहरी कार्यालय लहानलाई लहान सिटी जेसिसका पूर्व अध्यक्ष समेत रहनु भएका हार्डवेर व्यापारी सत्य नारायण पञ्यिारले स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।


इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. तपन दाहाललाई पञ्जियारले एक कार्यक्रमकोबीच ५ हजार थान सर्जिकल मास्क,५० लिटर सेनिटाइजर,५ पीस थर्मल गन,र ५ पीस फेस शिल्ड सहयोग गर्नु भएको हो ।


लहान सिटी जेसिसका पूर्व अध्यक्ष पञ्जियारले महामारीको वेला आफ्नो हैसियत अनुसार व्यापारी सम्पन्न व्यक्तहरुले सहयोग गरेर मानवता देखाउनु पर्ने आवश्यक्तालाई महसुस गरेर सहयोग गरेका भन्दै कोभिडसँगको लडाई जित्न सबैले सकारात्मक सोच र सहयोगको भावना राख्नुपर्ने बताउनुभयो ।


इलाका प्रहरी कार्यालय लहानका प्रमुख नायव उपरीक्षक डा. दाहालले प्रहरीलाई गरेको सहयोगले अहोरात्र खटिने सुरक्षाकर्मीहरुको मनावल उच्च भएको भन्दै कोभिड विरुद्धको लडाइमा जीत हासिल गर्न सबैको उत्तिकै सहयोग रहेको बताउनुभयो ।


प्रहरलिाई स्वास्थ्य सामग्री उपलब्ध गराउन लहान सिटी जेसिसका पूर्व अध्यक्ष तथा नेकपा एमालेका युवा नेता रियासत लिमिले पहल गर्नु भएको थियो ।

 

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A