लहान सिटी जेसिसको पहलमा ‘हेलो डाक्टर’ कार्यक्रम सुरु

  • जेठ १०, २०७८
  • समृद्धिपथ
alt


जिवछ उदासी
लहान सिटी जेसिस २०२१ का अधयक्ष अजय कुमार जयसवाल र निवर्तमान अध्यक्ष बसन्त साहको पहलमा तीन जना युवा डाक्टरहरुले हेलो डाक्टर कार्यक्रम अन्तर्गत निःशुल्क सेवा परामर्श सुरु गरेका छन् । यो सेवा वेलुका तीन बजेदेखि साँझ सात बजेसम्म सुचारु रहने जनाएको छ ।


बढ्दो कोरोना सङक्रमणको वेला समान्य स्वास्थ्य समस्या हुँदा कहा जाने के गर्ने भन्ने समस्या सामाधानको लागि लहान सिटी जेसिसको पहलमा घरै बसी फोनबाट निःशुल्क परामर्शको लागि ‘हेलो डाक्टर’ कार्यक्रम सुरु गरिएको अध्यक्ष जयसवालले जानकारी दिनुभयो ।


दिउँसो तीन बजेदेखि साँझ सात बजेसम्म चल्ने हेलो डाक्टर कार्यक्रममा नवजात शिशु तथा बालरोग विशेषज्ञ अनिल कुमार यादव ल्याप्रोस्कोपी सर्जन डा. शैलेन्द्र कुमार साह र मधुरोग, थाइरेड तथा मुटु रोग विशेषज्ञ डा. दिपेन्द्र प्रसाद साहले सेवा सञ्चालन गरेको लहान सिटी जेसिसका नि वर्तमान अध्यक्ष बसन्त साहले जानकारी दिँदै सामान्य स्वास्थ्य समस्यामा भयभित हुने उपचारको लागि कहाँ जाने सहि परामर्शको अति आवश्यक देखिएकोले हेलो डाक्टर कार्यक्रम सञ्चालनमा ल्याएको हो ।


लहान–२० का जितेन्द्र कुमार साहले हेलो डाक्टर कार्यक्रमले लहान नगरपालिकाका २४ वटै वडाका स्थानीयहरुले ठूलो राहत पाएको भन्दै सहि परामर्शको अभावमा यतिवेला सामान्य स्वास्थ्य समस्या हुँदा पनि चिकित्सकीय परामर्शको अभावमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
हेलो डाक्टर कार्यक्रमका डा. शैलेन्द्र साहका अनुसार समयमा सहि परामर्श दिएर कहा उपचारको लागि जानुपर्ने र हेलो डाक्टरको टीमले के सेवा दिएर कारोना महामारीबाट जोगाउन सकिने उद्येश्यले यो सेवा सुरु गरेको प्रष्टयाउनुभयो । निःशुल्क सेवाको लागि तीनै जना डाक्टरले आफ्नो मोवाइल नम्बर समेत सार्वजानिक गर्नु भएको छ ।


कोरोना महामारीबाट जोगाउन आफ्नो योग्यता क्षमताले जे सहयोग गर्न सकिन्छ त्यो गर्नुपर्ने मानवीय धर्म समेत भएकाले तीन जना युवा डाक्टरले थालेको निःशुल्क सेवा परामर्श कार्यक्रम अति नै उपयोगी भएकोले अन्य निजि स्वास्थ्य संस्थाहरुले समेत यस्तो सेवा दिनुपर्ने लहान नगरपालिकाका प्रवक्ता समेत रहनु भएको ११ नम्बरका वडाधयक्ष राज कुमार साहले बताउनुभयो ।

 

 

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A